नायक कि खलनायक

नायक कि खलनायक


क्रिकेट अध्यक्षमा बबुरो !
हालै सम्पन्न नेपाल क्रिकेट सङ्घ
-क्यान)को निर्वाचन अहिले चर्चाको शिखरमा छ । ६ दशकपछि भएको क्यानको ऐतिहासिक निर्वाचनमा माओवादीका कमाण्डर टंक आङबुहाङ अध्यक्षमा निरि्वरोध चयन भएपछि क्यानको निर्वाचनले व्यापक चर्चा पाएको हो । क्रिकेटसँग गोरु बेचेको साइनोसमेत नभएका विशुद्ध माओवादी कार्यकर्तालाई क्यानको ‘शान’ बनाएर क्रिकेटका धुरन्धरहरूले आफ्नो खुट्टामा आफंै बन्चरो हान्ने काम गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले क्यानको विघटन गर्दा आफूलाई पार्टीले किन र के प्रयोजनका लागि क्यानमा ल्याएकोबारे समेत बेखबर रहेका आङबुहाङ अहिले क्यानको अध्यक्ष भएर टुपिल्किँदा ….लाई भन्दा देख्नेलाई लाज भएको छ । आफ्नो चाहनाभन्दा पनि पार्टीको स्वार्थ र केही क्रिकेट पदाधिकारीहरूको सल्लाह र सहयोगले क्यानको अध्यक्ष बन्न पुगेका आङबुहाङ अहिले पनि क्रिकेटसँग अनविज्ञ छन् भन्दा अतिशयोक्ति नहोला ।र्
वर्तमान अवस्थामा क्यानको निर्वाचनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । जसमा एकले अर्कोलाई आरोप-प्रत्यारोप लगाएर आफूलाई दूधले नुहाएको व्यक्तिको रूपमा सावित गर्न खोजेका छन् । तर, विडम्बना, कसले माओवादीको हातमा क्रिकेटको बागडोर सुम्पने कार्य गर्‍यो त्यसबारे कसैले ‘चँु’समेत गरेका छैनन् । वास्तविक रूपमा भन्नुपर्दा घरको झगडालाई घरमै मिलाउनुको साटो सडकमा छताछुल्ल पार्ने क्रिकेटका पदाधिकारीले गरेका थिए । त्यही जुँगाको लडाइँले गर्दा नै दुई बिरालाको झगडामा बाँदरले फाइदा मात्रै उठाएको हो । क्रिकेटमा भएको पनि यस्तै हो, जुन अहिले क्रिकेटका पदाधिकारीहरूले बुझ्नुपर्ने जरुरी भइसकेको छ । बाँदरको हातमा जुनसुकै सुन्दर वस्तु परे पनि त्यसको दर्ुदशा कस्तो हुन्छ त्यसको वास्तविकता सायदै भनिरहनुपर्ला ।
टंक आङबुहाङ र क्रिकेटको सम्बन्धबारे चर्चा गर्दा नाक खुम्च्याउन मात्र सकिन्छ । उनको बारेमा योभन्दा बढी विश्लेषण गर्दा पाप पनि लाग्छ । उनले पार्टीको निर्देशनलाई एक वफादार सिपाहीले जस्तै निभाएका मात्रै हुन् । तर, यहाँ क्रिकेटका धुरन्धर भन्नेहरूले जुन घिनौलो खेलमा आफूलाई समावेश गरे त्यसले क्रिकेटको भविष्यमाथि ठूलो घात गरेको छ । उनीहरूले क्रिकेट घाँटीलाई भुते खुकुरीले रेट्ने कार्य गरेका छन् । आफूलाई क्रिकेटको विज्ञ भन्ने तर सुन र पित्तलको समेत पहिचान गर्न नसक्नेले केको फुर्ती गर्ने ? अहिले पूर्वअध्यक्ष विनयराज पाण्डे र टंक पनेरूलाई पन्छाएर बाघ मारेको फर्ुर्ती लगाउँदै हिँडेकाहरूले सर्वप्रथम आफ्नो मुखमा ऐना हेर्नु जरुरी भइसकेको छ । त्यसपछि उनीहरूको मुखमा पोतिएको दाग कस्तो र कत्रो छ त्यसको अन्दाज हुनेछ । त्यसपछि आफूले खेलेको घिनौनो खेलको उनीहरूलाई आभास हुनेछ ।
क्यानको निर्वाचन हुनुपर्ने थियो, त्यो अहिले भएको मात्र छ । विधानसम्मत भयो कि भएन भन्दा पनि माओवादीले के खोजेको थियो त्यो पूरा भयो कि भएन ? त्यसतर्फ ध्यान दिँदा सबैको कल्याण हुनेछ । तर्सथ क्यानको निर्वाचनमा माओवादी स्वार्थ पूरा भयो भने त्यसलाई सफल मान्नुपर्छ । अन्यथा योबारे कुनै नियम, कानुन र विधानको कुरा उठाउनु भनेको मूर्खता मात्रै हुनेछ । खेलकुद कब्जा गर्ने रणनीतिमा लागेको माओवादीबाट आखिर के नै अपेक्षा गर्न सकिन्थ्यो र –
शक्तिको आडमा साम दाम डण्ड भेद चारै नीति अवलम्बन गरेर लागेको माओवादीले आखिर जे गर्नुपर्ने थियो त्यो गरेर देखाइदिएको छ- बालक बबुरोलाई अध्यक्षमा विराजमान गराएर । अझ तिनै बालक बबुरोले मनोनीत गर्दा अन्य कति बबुरोहरूलाई मनोनीत गर्ने हुन् त्यो अहिले चासो र प्रतीक्षाको विषय बनेको छ । थाहा भएअनुसार क्यानको निर्वाचनप्रति माओवादी पार्टी खासै सन्तुष्ट देखिएको छैन । शक्तिखोर नजिकै पुर्‍याए पनि क्रिकेटको कार्यसमितिमा काङ्ग्रेस र एमालेको बिगबिगी देख्दा माओवादीको मन कुँडिएको हो । जसले गर्दा अब मनोनीत गरिने सबै कोटामा माओवादीका कार्यकर्तालाई मनोनीत गर्न बालक बबुरो आङबुहाङलाई निर्देशन दिइएको सूत्रले बताएको छ । तर, आफूलाई अध्यक्ष बनाउन पर्दापछाडिबाट अहम् भूमिका निर्वाह गर्ने सहयोगीलाई पनि मनोनीत गर्नुपर्ने भएकोले पार्टीको निर्देशन आङबुहाङका लागि टाउको दु:खाइ बनेको छ ।
क्यानका पूर्वमहासचिव टंक पनेरूले वर्तमान अध्यक्ष टंक आङबुहाङलाई चुनौती दिने र आफ्ना लागि लबिङ गर्न काठमाडौंबाट केही सञ्चारकर्मीलाई आफ्नो गाडीमा सँगै चितवन लगेर गएका थिए । चितवनमा पनेरूको उपस्थिति अवैधानिक भएपछि उनको क्यानको निर्वाचनमा सहभागिता जनाउने र अध्यक्ष बन्ने सपना अधुरै रहेको थियो । त्यसपछि उनले क्यानको निर्वाचन भाँड्न गरेका अनेक प्रयत्न असफल भएपछि उनी तिनै सञ्चारकर्मीलाई साथमा लिएर राजधानी फर्केका थिए । बाटोमा सिग्नेचरका बोटल खोल्दै सञ्चारकर्मीको दिमाग भुट्दै आएका पनेरूले आफू अब कानुनी लडाइँ लड्ने बताएका थिए । उनका यिनै कुरालाई आत्मसात् गर्दै अर्थात् नुनको सोझो गर्ने क्रममा ती सञ्चारकर्मीहरूले पनेरूलाई दूधले नुहाइदिएका छन् । पनेरूलाई क्रिकेटको मसिहाको रूपमा प्रस्तुत गरेका छन् । उनको गुनगानमा थुप्रै शब्द खर्च गरेका छन् । तर, पनेरू पनि क्रिकेटमा छिर्दा उनको हैसियत के थियो र एमाले उनलाई कसरी क्रिकेटमा घुसाएको थियो त्यसबारे कुनै टिप्पणी गरेका छैनन् । वास्तविक रूपमा भन्नुपर्दा पनेरू क्रिकेटमा घुस्दा वर्तमान अध्यक्ष आङबुहाङको जस्तै हालत थियो ।
राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद सङ्घहरूको तदर्थवाद अन्त्य गर्नका लागि चालेको कदम स्वागतयोग्य भए पनि विवादरहित भने बन्न सकेको छैन । सङ्घको निर्वाचनको निहँुमा माओवादीले आफ्ना कार्यकर्ताको अखडाको रूपमा खेलकुदलाई रूपान्तर गर्ने कोसिस गरेको प्रस्ट देखिएको छ । त्यसको पछिल्लो उदारहणको रूपमा क्रिकेट पनि देखिएको छ । आन्तरिक कहलमा रुमलिएको क्रिकेट सङ्घलाई सम्हाल्ने र सही मार्गमा डोर्‍याउने वहानामा राखेपले क्रिकेटलाई पनि माओवादी सङ्घको रूपमा परिणत गरिदिएको छ । क्रिकेटको राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुन र विधानलाई धोती लगाउदै आफ्नो निरङ्कुशतालाई गाँज्ने कार्य गरेको छ । जसको प्रभाव निकट भविष्यमा देखिने पक्का छ । र पनि नेपालमा राजनीतिक स्थायित्व नभएको र कुनै बेला पनि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनसक्ने भएकोले आउँदो सरकारले त्यस्ता विवादित विषयमा पुनरि्वचार नगर्ला भन्न सकिँदैन । तर्सथ अहिले जति पनि खेलकुद सङ्घका निर्वाचन भएका छन् ती राखेपको एक दिनको बोर्डबैठकको निर्णयले उल्ट्यायो भने आर्श्चर्य मान्नुपर्ने छैन । त्यसपछि खेलकुदमा अर्को महाभारत शुभारम्भ नहोला भन्न सकिँदैन ।
बढ्दै छ साम्बोको लोकप्रियता
रसियामै हुँदा पनि साम्बो खेलबारे धनञ्जय श्रेष्ठलाई कुनै जानकारी थिएन । रसियामा साम्बो खेल्न आएको नेपाली टोलीसँग जम्काभेट भएपछि उनले यो खेलबारे जानकारी पाएका थिए । अलपत्र परेको नेपाली टोलीलाई सम्हाल्ने क्रममा श्रेष्ठलाई साम्बोको सल्लाहकार बन्ने प्रस्ताव आएपछि उनी साम्बोमा प्रवेश गरेका थिए । यसपछि साम्बो खेलको विकासमा लाग्ने प्रतिबद्धतासहित श्रेष्ठले साम्बो खेल सिकेका थिए । एक दिन नेपालमा पनि साम्बो खेलको विकास गर्नुपर्छ भन्ने लक्ष्यका साथ साम्बो सिक्न थालेका श्रेष्ठले केही वर्षको अन्तरालमा नै आफूलाई उत्कृष्ट खेलाडीको रूपमा रसियामा चिनाउन सफल भएका थिए ।
प्रबल इच्छाशक्ति भएरै होला, त्यसपछि मस्कोमा भएको साम्बो च्याम्पियनसिपमा श्रेष्ठले प्रतिपस्र्धा गर्ने आँट गरेका थिए । विदेशी सहर, विदेशी खेलाडी, मनमा हिच्किचाहट भए पनि श्रेष्ठ निकै आत्मविश्वासी भएर प्रतिस्पर्धामा उत्रिएका थिए । फलस्वरूप उनले उक्त च्याम्पियनसिपमा विजय हासिल गर्दै आफूलाई उत्कृष्ट खेलाडीको रूपमा उभ्याउन सफल भएका थिए । यो विजयसँगै उनको भाग्योदय भएको थियो । त्यसपछि उनलाई एसियन साम्बो फेडेरेसनले सहयोगका लागि अपिल गरेकोे थियो । फेडेरेसनको सोही प्रोत्साहन र सल्लाहका कारण उनी विगत एक वर्षदेखि साम्बोको अध्यक्ष भएर नेपालमा साम्बो खेलको विकास र विस्तारका लागि दत्तचित्तले लागेका छन् ।
साम्बो खेलको विकासमा निरन्तर होमिएका श्रेष्ठले केही महिना पहिले उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी गराएका थिए । उक्त प्रतियोगितामा नेपालले एउटा कास्य पदक पनि जित्न सफल भएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामा नै पदक जित्न सफल भएपछि निकै हौसिएका श्रेष्ठले त्यसपछि दक्षिण एसियाली साम्बो प्रतियोगिता आयोजना गर्ने सोच बनाएका थिए । जुन हालै काठमाडौंमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपाललगायत अफगानिस्तान, भारत र पाकिस्तानले सहभागिता जनाएका थिए ।
साम्बो एकप्रकारको मार्सल आर्टस् खेल हो । यसको स्थापना इ.स. १९३६ मा रसियामा भएको हो । यो खेल स्थापना भएको ३० वर्षसम्म रसियाली सेनालाई मात्र गोप्य रूपमा खेलाइन्थ्यो । वर्तमान अवस्थामा यो खेलको विकास विश्वका ८६ मुलुकमा भइसकेको छ । यो खेल दुई किसिमले खेलाउने गरिन्छ । पहिलो स्पोर्टस् साम्बो, जसमा उचाल्ने, पछार्ने र लक लगाइन्छ । दोस्रो कम्ब्याट साम्बो, जसमा उचाल्ने, पछार्ने, बक्सिङ, किक र लक सबै लगाएर खेल्न सकिन्छ । यो खेल रसियाका पूर्वराष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिनको सबैभन्दा प्रिय खेल हो । वर्तमान अवस्थामा यो खेलको अन्तर्राष्ट्रिस्तरमा बढ्दै गएको लोकप्रियताका कारणले ओलम्पिक खेलमा पनि समावेश गरिने सम्भावना बढ्दै गएको छ ।
नेपाल साम्बो फेडेरेसनको आयोजनामा प्रथम दक्षिण एसियाली साम्बो प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल केन्द्रमा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको पहिलो दिन स्पोर्टस् साम्बोअन्तर्गत विभिन्न तौलसमूहका खेल सम्पन्न भएका थिए । महिलातर्फ ६ र पुरुषतर्फ ९ स्पर्धाका फाइनल खेल सम्पन्न हुँदा नेपालले ६ स्वर्ण हात पारेको थियो । जसमा महिलातर्फ चार पुरुषतर्फ दुई गरी ६ खेलाडीले स्वर्ण जितेका थिए । महिलाको ४८ केजीमा नेपालकी नवीना लामा, ६० केजीमा सन्तोषी घले, ६४ केजीमा गीता रानामगर, ६८ केजीमा सुनिता मगर, ५२ केजीमा भारतकी नीतु सिंहले नेपालकी भगवती माझी तथा ५६ केजीमा भारतकी भावना शर्माले नेपालकी अस्मिला छन्त्याललाई हराउँदै पहिलो स्थान हात पारेका थिए । त्यस्तै पुरुष स्पोर्टस् साम्बोतर्फ अफगानिस्तानको वर्चस्व रहेको थियो । कुल नौ स्पर्धामध्ये अफगानिस्तनले ६ स्वर्ण जितेको थियो भने नेपाल दुई र भारत एक स्वर्णमा सीमित भएका थिए । नेपालका रुद्र लिम्बूले ९० केजी तथा पूर्ण घिसिङले ५७ केजीमा स्वर्ण जितेका थिए ।
प्रथम दक्षिण एसियाली साम्बो प्रतियोगिताको अन्तिम दिन नौवटा स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा अफगानिस्तानले पाँच स्वर्ण पदक जितेर आधिपत्य जमाएको थियो भने नेपाल र भारतले दुई-दुई स्वर्ण पदक चित्त बुझाएका थिए । ५२ केजी तौलमा भारतका रवि साइनी, ५७ केजी तौलमा भारतका ललितकुमारले स्वर्ण पदक जितेका थिए । त्यस्तै ६८ केजी तौलमा अफगानिस्तानका इलियास अमेनायर, ७४ केजीमा अफगानिस्तानका मोहम्मद मुस्तफा, ८२ केजीमा अफगानिस्तानका शहिद पुल्नाई, ९० केजीमा नेपालका रुद्र लिम्बूले स्वर्ण पदक जितेका थिए । यसैगरी सय केजी तौलमा अफगानिस्तानका इकमुद्दिनले वाजी मारेका थिए । । यो प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, भारत, पाकिस्तान र भुटानका एक सय ३५ खेलाडीको सहभागिता रहेको थियो ।
दक्षिण एसियाली साम्बो प्रतियोगिता सफलताका साथ सम्पन्न भएपछि अध्यक्ष धनञ्जय श्रेष्ठले नेपाली खेलाडीहरूको उत्कृष्ट पर््रदर्शनका लागि विशेष तयारीमा जुट्ने बताएका छन् । श्रेष्ठले खेलाडीको स्तरवृद्धिका लागि रसियाबाट म्याट ल्याएर प्रशिक्षण गराउने बताएका छन् । उनले अन्तर्राष्ट्रिय साम्बो फेडेरेसनको सहयोगमा म्याट नेपालमा भित्रिने प्रक्रियामा रहेको पनि जानकारी गराएका थिए । साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीलाई सहभागी गराउन एक-दुई महिनाभित्रैमा दुईजना उत्कृष्ट नेपाली खेलाडीलाई उज्वेकिस्तान लगेर विशेष प्रशिक्षण दिने तयारीसमेत भएको खुलासा गरेका थिए ।
आकर्षक राशिको महिला भलिबल
आकर्षक पुरस्कार राशिको ढोरपाटन ‘ब्लु स्काई कप’ महिला डबल लिग भलिबल प्रतियोगिताको सातौँ संस्करण भोलि बिहीबारदेखि सञ्चालन हँुदै छ । आयोजक ढोरपाटन स्पोर्टस् ट्रेनिङ क्लबले हालै पत्रकार सम्मेलनमार्फत प्रतियोगिता पुस १४ देखि सुरु हुने जानकारी गराएको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूमा डिफेन्डिङ च्याम्पियन पोखराको ज्ञानुबाबा उमावि, नेपाल पुलिस क्लब, पोखराको टप्स उमावि, पुरानो नैकापको न्यु डायमन्ड एकेडेमी, मनमैजुको एन्जल्स हर्ट मावि, रामेछापको चन्डेश्वरी युवा क्लब, पोखराको फिस्टेल एकेडेमी, डल्लुस्थित विजेश्वरी ज्ञान मन्दिर, सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् । उपत्यकाबाहिरका टिमलाई आवास, बसोवासलगायत खर्चबापत ४७ हजारका दरले रकम प्रदान गरिने आयोजकका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । उनले उपत्यकाभित्रका टिमलाई विविध खर्चबापत आठ हजारका दरले रकम दिने र प्रत्येक टिमलाई तयारीका लागि ६-६ थान भलिबल प्रदान गर्ने बताए ।
प्रतियोगितामा शीर्ष सातौँ स्थानसम्ममा रहने टिम नगद पुरस्कारको हकदार हुनेछन् । अधिकतम् पुरस्कार राशि दुई लाख २० हजार तथा न्यूनतम १० हजार रुपैयाँ रहेको छ । त्यस्तै दोस्रोले एक लाख १० हजार, तेस्रोले ५५ हजार, चौथोले ३० हजार, पाँचौँले २० हजार तथा छैटौँले १५ हजार नगद पुरस्कार जित्नेछन् । महिलाको पहिलो संस्करणको उपाधि विजेताले ४० हजार नगद पुरस्कार पाएको थियो । प्रतियोगिताकै उत्कृष्ट घोषित हुने खेलाडीलाई टीभीएस स्कुटर दिइने बताइएको छ । त्यसको छनोट दर्शक मतका आधारमा हुनेछ । प्रतियोगिताको समापनका अवसरमा एक खेलाडीलाई ‘ढोरपाटन टीभीएस प्लेयर अफ द एयर’ घोषणा गरी टीभीएस स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ । उक्त खेलाडीको चयन केबी रानाको संयोजकत्वमा गठित पाँच सदस्यीय प्राविधिक समितिले गर्नेछ । खेलाडी छनोट गर्दा उक्त प्रतियोगिताबाहेक वर्षभरि अन्यत्र खेल्दाको पर््रदर्शनलाई समेत आधार मानिनेछ । प्रतियोगिताको उत्कृष्टतर्फ स्पाइकर, सर्वर, लिफ्टर, ब्लकर, क्विकर, डिफेन्डर, प्रशिक्षक र व्यवस्थापकलाई एक-एक थान डिस होम प्रदान गरिनेछ । चौधदिने प्रतियोगिताको अनुमानित बजेट २७ लाख रुपैयाँ रहेको छ । खेलहरू गोंगबुस्थित नयाँ बसपार्कमा हुनेछन् ।
पदकविजेता खेलाडी सम्मानित
नेपाल सितोरियो कराते डो सङ्घ उत्तरी प्रमुख शाखा डोजो बुढानीलकण्ठले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदकविजेता खेलाडीलगायत विभिन्न व्यक्तित्वलाई हालै सम्मान गरेको छ । डोजोको १४औँ वारि्षकोत्सवको अवसरमा भारतको राजधानी नयाँदिल्लीमा भएको दक्षिण एसियाली करातेमा कास्यपदक विजेता नेपाली खेलाडी सरोज श्रेष्ठ, सिर्जना अधिकारी र विकासलाई एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्मान गरेका थिए । सो अवसरमा उक्त प्रतियोगितामा उत्कृष्ट खेल पर््रदर्शन गर्ने पुनम लामालाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट चारैजना खेलाडीले ३० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । सो सम्मान कार्यक्रममा बुढानीलकण्ठ क्षेत्रका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा र क्रिकेटका कप्तान पारस खड्कालाई समेत विशेष सम्मान गरिएको थियो ।
थुपै्र व्यक्तित्वलाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरीका एआईजी नवराज ढकाल, कल्याण तिमल्सिना, भीष्म प्रर्साईं, सशस्त्र प्रहरीका एआईजी दर्ुजकुमार र्राई, आङछिरिङ लामा, केशवकुमार बुढाथोकी, राजु श्रेष्ठ, विशन मोते, श्यामबहादुर खड्का, केशव न्यौपाने, प्रकाश श्रेष्ठलगायतलाई नेता नेपालले सम्मान गरेका थिए । उक्त अवसरमा नेपालले पुलिस र आर्मीले झैंै अन्य क्षेत्रले पनि रोजगारीको अवसर सिर्जना गर्नर्ुपर्ने बताउँदै खेलकुदलाई पेसाका रूपमा अगाडि बढाइनुपर्ने कुरामा जोड दिएका थिए । राष्ट्रिय खेलकुद परिषद्ले केदारबाबु सिवाकोटी अध्यक्ष रहेको सितोरियो कराते सङ्घ विघटन गरेको भए पनि सो उत्तरी शाखाले भने सिवाकोटीकै अध्यक्षतालाई मान्यता दिँदै सो सङ्घबाट खेलाडीलाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराएको थियो । उक्त अवसरमा कराते महासङ्घका अध्यक्ष पुरेन्द्र लाखेले आफ्नो महासङ्घ मात्र आधिकारी महासङ्घ भएको बताएका थिए । स्मरण रहोस्, केही महिनाअघि मात्र दक्षिण एसियाली कराते महासङ्घमा लाखे उपाध्यक्ष र सिवाकोटी सदस्यमा निर्वाचित भएका थिए । सिवाकोटीले अन्तर्राष्ट्रियले आफ्नो सङ्घलाई मान्यता दिएकाले नेपालमा अर्काे सङ्घ नभएको प्रस्ट पारेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप नेपाल, नायक शिव श्रेष्ठको उपस्थिति थियो ।
विभूति र संरक्षक च्याम्पियन
१०औँ जयकर स्मृति जुनियर राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत यु-१४ गल्र्स सिंगल्सको उपाधि विभूति कार्कीले जितेकी छिन् । त्यस्तै यु-१२ ब्वाइज सिंगल्सको उपाधि संरक्षकभूषण बज्राचार्यले जिते । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा विभूतिले विजिशा श्रेष्ठमाथि ६-१ र ६-१ को सहज जित निकालिन् । विभूतिले १७ हजार पाँच सय तथा विजिशाले नौ हजार नगद पुरस्कार पाए । अर्को उपाधि भिडन्तमा संरक्षकले दीपेश खत्रीको चुनौती ६-३ र ६-३ को सोझो सेटमा समाप्त पारेका थिए । संरक्षकले १२ हजार पाँच सय तथा दीपेशले ६ हजार पाँच सय नगद प्राप्त गरे । संरक्षक प्रतियोगितामा दोहोरो एकल उपाधि जित्ने एक्लो खेलाडीसमेत बने । यसअिघ संरक्षकले यु-१० ब्वाइज एकलको उपाधि पनि हात पारेका थिए । विजेतालाई आयोजक मन-जयकर टेनिस एकेडेमीकी अध्यक्ष एवम् अखिल नेपाल लनटेनिस सङ्घकी उपाध्यक्ष ज्योति राणाले पुरस्कृत गरेकी थिइन् । गत सातादेखि सुरु भएको प्रतियोगितामा ब्वाइजतर्फ ६ तथा गल्र्समा पाँच स्पर्धामा ५३ गल्र्ससहित एक सय ७७ प्रतियोगीले सहभागिता जनाएका थिए । प्रत्येक स्पर्धामा पहिलो र दोस्रो हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
छन्त्याल सङ्घलाई उपाधि
प्रथम हालदम्बा ल्होसार आर्चरी प्रतियोगिताको समूहगत स्पर्धाको उपाधि नेपाल छन्त्याल सङ्घले जितेको छ । छन्त्याल सङ्घले १५ डोरमा एक सय ४३ अङ्क बटुल्दै उपाधि उचालेको हो । उपत्यकामा भएको यसप्रकारको अन्य प्रतियोगिताको उपाधि छन्त्याल सङ्घले हात पारेको यो लगातार पाँचौँपल्ट हो । आफ्नो समूहलाई विजयी गराउन विजेताका गोविन्द छन्त्यालले २६, कमल छन्त्यालले २१, प्रताप छन्त्यालले २७, बद्री छन्त्यालले २२, दीपक छन्त्यालले २६ तथा नरभूपाल छन्त्यालले २१ अङ्क योगदान गरे । त्यसैगरी दोस्रो स्थान हात पारेको आयोजक लक्ष्मी हुन्र्डाई मनाङ मर्स्याङ्दी क्लबले एक सय ४० अङ्क जोड्यो । प्रतियोगितामा ३० तीरमध्ये २९ मा सही निशाना साध्दै मुङबार थकाली किचेनका थम गुरुङ सर्वोत्कृष्ट धनर्ुधर घोषित भए भने आयोजक मनाङका नोर्बु गुरुङ र जित घले वरिष्ठ धनर्ुधर चुनिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरे । कुल १५ डोरको प्रतियोगितामा प्रत्येकले एक डोरमा दुईका दरले ३० तीर प्रहार गरेका थिए ।
युथ विन्टर ओलम्पिकमा विवाश
अस्टि्रयाको विन्सवर्गमा हुने प्रथम युथ विन्टर ओलम्पिक गेम्सका लागि नेपालबाट विवाश लामा छनोट भएका छन् । नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठले हालै पत्रकार सम्मेलनमार्फत जानकारी गराएअनुसार विवाशले पुरुषको स्लाम र जाइन्ट स्लालमा भाग लिनेछन् । विन्टर ओलम्पिक जनवरी १३ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ ।
-राजनसिंह भण्डारी