खेलकुदमा गाईजात्रा

खेलकुदमा गाईजात्रा


हिटलरी पारामा पार्टीको मुखुण्डो
पञ्चायती व्यवस्थाको अवशानपछि खेलकुदले काँचुली फेर्ने कुरामा सबैको विश्वास थियो । खेलकुदमा तानाशाहीको अन्त्य र प्रजातन्त्रको उदयसँगै सबैले राहतको श्वास पनि फेरेका थिए । त्यसबेलामा खेलकुदमा देखिएको शासन पद्धति कुनै क्रूर शासकको भन्दा कम थिएन । यसैले खेलकुदमा परिवर्तन हुनुपर्छ भन्ने सबैको सोच थियो । दशरथ रंगशाला काण्डले तानाशाहहरूको विरासतलाई हल्लाउने कार्य गरे पनि शक्तिका अगाडि सबैले शिर निहँर्‍याउनुपरेको थियो । र पनि, भित्रभित्रै दन्किएको आगोले तानाशाहलाई पतन गर्न सफल भएको थियो । त्यसमा अग्रणी भूमिका राजनीतिक पार्टीहरूले गरेका थिए । खेलकुदको आमूल परिवर्तनका लागि राजनीतिक पार्टीहरूले निभाएको त्यो भूमिका आफैंमा स्वागतयोग्य थियो । कसैले यसमा खोट लगाउने दुस्साहस गरेनन् पनि । तर, विडम्बना † राजनीतिक नियुक्ति र पार्टीको मुकुन्डो लगाएर आउनेहरूले खेलकुदको विकासभन्दा बलात्कार गर्ने कार्य गर्दा अहिले नेपाली खेलकुद बद्मानीको शिखरमा पुगेको छ । जुन समग्र खेलकुदका शुभचिन्तकहरूका लागि निकै कुठाराघात भएको छ ।
प्रजातन्त्रको उदयसँगै घमाइलो घामको प्रतीक्षा गरेका खेलकुदकर्मी तब सशङ्कित भए जब खेलकुदमा राजनीतिक नियुक्ति भयो । राजनीनिक नियुक्तिसँगै उक्त पार्टीका कार्यकर्ता खेलकुदमा सलबलाउन थालेपछि खेलकुद राजनीतिक थलोको रूपमा परिणत भएको थियो । खेलकुदको महत्त्वलाई बुझ्दै नबुझी पार्टीको अखडाको रूपमा विकास गर्ने रणनीतिले गर्दा खेलकुदले अहिलेसम्म जर्ुमुराउने अवसर पाएको छैन । राजनीतिक शक्तिको आडमा कहिले काङ्ग्रेस, कहिले एमाले, कहिले राप्रपा, कहिले मधिसे र कहिले माओवादीको बुटमुनि खेलकुद पिसिँदै आएको छ । यद्यपि सो कार्यले निरन्तरता पाइरहेको छ । आखिर कहिलेसम्म त ? अहिले यो प्रश्न अहम् बने पनि कसैको ध्यानाकर्षण भएको पाइएको छैन । जुन समग्र नेपाली खेलकुदको विकासका लागि दुर्भाग्यको विषय बनेको छ ।
खेलकुदलाई गाईजात्रामा परिणत गर्ने कार्य राजनीतिक पार्टीले गरेका हुन् भन्दा अतिसयोक्ति नहोला । युवा परिचालनको उद्गम थलोको रूपमा रहेको खेलकुदलाई राजनीतिक पार्टीहरूले उल्टो अर्थमा व्याख्या र विश्लेषण गर्दा आज खेलकुदको यस्तो हरिविजोग भएको हो । सीमित साधन र स्रोतमा पनि आफ्नो उपस्थितिलाई गौरवमय बनाइरहेको खेलकुदमा जब राजनीतिक पार्टीहरूको गिद्देनजर पर्‍यो त्यसपछि नेपाली खेलकुद अधोगतितिर लाग्यो । पार्टीले आफ्नो स्वार्थमा खेलकुदलाई पेलेर तेल निकाल्ने क्रममा खेलकुदका सबै निकायमा हस्तक्षेप गर्दा अहिले खेलकुद नाम मात्रको खेलकुद रहन पुगेको छ । वास्तविक रूपमा भन्नुपर्दा खेलकुद राजनीतिक पार्टीका कार्यकर्ताले भरिसकेका छन् । एउटा रचनात्मक ठाउँमा जब राजनीति यसरी हावी हुन्छ भने त्यो दुर्गतिको बाटोमा अग्रसर हुनु स्वाभाविकै हो । जुन नेपाली खेलकुदको मार्गचित्र हेर्दा स्पष्ट रूपमा थाहा पाउन सकिन्छ । पञ्चायतकालमा खेलकुद फलेको थियो, फुलेको थियो, त्यसैले त्यो काललाई खेलकुदको स्वर्ण युग भनिन्थ्यो ।
त्यसबेला तानाशाहीको बिगबिगी रहे पनि खेलकुदमाथि कसैको हस्तक्षेप थिएन । खेलकुदको समग्र विकासका लागि दर्ीघकालीन योजना बनाइएको थियो । फलस्वरूप तत्कालीन समयमा पचहत्तरै जिल्लामा खेलकुदका भौतिक पूर्वाधारको निर्माण भएको थियो । तर, विडम्बना † प्रजातन्त्रको उदयसँगै अन्य थुप्रै भौतिक संरचनाको निर्माण हुनुपर्नेमा भएका ती संरचनाहरू पनि खण्डहरमा परिणत भएका छन् । यसको कारण स्पष्ट छ, खेलकुदमा खेलकुदको विकासभन्दा राजनीति हावी हुनु ।
खेलकुदको अस्मिता लुट्न सबै राजनीतिक पार्टी पछि नपरे पनि यसको रक्षा र महत्त्वलाई आत्मसात् गर्ने पार्टी भने अहिलेसम्म देखिएको छैन । खेलकुद राजनीतिको दलदलमा भासिँदा पनि यसको उद्धारभन्दा विनासमै पार्टीहरू अग्रसर देखिएका छन् । जुनसुकै पार्टीको सरकार बन्दा पनि खेलकुदप्रति गरिएको सौताको व्यवहारले पनि यो कुरालाई प्रमाणित गर्दछ । खेलकुद बजेट बनाउँदा राखेपका पदाधिकारीहरूले सरकारसमक्ष पेस गर्ने बजेट र सरकारले विनियोजन गर्ने बजेटबाट पनि यो कुरा प्रस्ट हुन्छ । विकास बजेट नगन्य हुनु र दिएको बजेटले कर्मचारीलाई तलब मात्र खुवाउन पुग्नुले खेलकुदप्रतिको सरकारको रवैया कस्तो छ त्यो घाम जस्तै र्छलङ्ग छ । यस्तो अवस्थामा सरकार परिवर्तनसँगै खेलकुदको जिम्मेवारी सम्हाल्ने पार्टीले खेलकुदलाई राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्रको रूपमा विकास गर्नुले खेलकुदको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । जसले गर्दा स्थायी कर्मचारीले समयमा तलब खान पाएका छैनन् भने करार र ज्यालादारीमा नियुक्ति पाएकाहरूले खेलकुदमा राजनीतिक बखेडा निकाल्दै खेलकुदको हर्ुमत लिने कार्य गरेका छन् । जुन खेलकुदको विकासको अवरोधको कडी पनि बन्दै गएको छ ।
अन्य पार्टीले खेलकुदको हुर्मत लिने कार्य गरे पनि माओवादीवाट भने खेलप्रेमीहरूले ठूलो आशा र अपेक्षा गरेका थिए । तर, अहिले माओवादीपनि अन्य पार्टीकै सुर र तालमा चल्दा उसमाथिको विश्वास पनि टुटिसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँले खेलकुदप्रति देखाउनुभएको सदासयतालाई कदापि बिर्सन सकिँदैन । उहाँले पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि २५ करोड दिएर खेलकुदमा ठूलो गुन लगाउनुभएको थियो । त्यसबेला वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई अर्थमन्त्री हुनुहुन्थ्यो । तर, यी दुई प्रधानमन्त्रीको खेलकुदप्रतिको दृष्टिकोणमा आकाश-पातालको भिन्नता देखिएको छ । अर्काको पार्टीले खेलकुदको जिम्मेवारी सम्हाल्दासमेत त्यत्रो रकम दिने प्रचण्डले अहिले आफ्नै सरकार र आफ्नै मन्त्रीले खेलकुद हाँक्दासमेत छैंटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलेको जति रकमसमेत जुटाउनु सक्नुभएको छैन । स्मरण छ, त्यसबेला राष्ट्रिय प्रतियोगिता काठमाडौंमा भएको थियो भने अहिले कुनै भौतिक पूर्वाधार नभएको सुदूरपश्चिमा हँुदै छ । र, पनि ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं माओवादी पनि खेलकुदको विकासभन्दा कसरी आफ्ना कार्यकर्तालाई खेलकुदमा भित्र्याउन सकिन्छ त्यसैमा दत्तचित्त भएर लागेको छ । यसरी वास्तविक रूपमा भन्नुपर्दा माओवादी पनि ‘उही ड्याङको मूला’मा परिणत भएको छ भन्दा सायदै कसैलाई शङ्का होला ।
वर्तमान अवस्थामा मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसकेको छ । तर दुर्भाग्य, खेलकुद भने त्यही कुवाको भ्यागुतोसरि ट्वारट्वार गरिरहेको छ । उसले कहिलेसम्म यसरी नै ट्वारट्वार गरेर बिताउनुपर्ने हो त्यसको कुनै अत्तोपत्तो छैन । खेलकुदका दिन फेरिने विश्वासमा आँखा लगाएका खेलकुदका शुभचिन्तकहरूका आँखाहरू पनि अहिले टट्टाइसकेका छन् । र, पनि खेलकुदको भविष्यको शुभसङ्केत देखिएको छैन । यसरी मरुभूमिमा एक प्यासीझैं छटपटाइरहेको खेलकुदलाई कसले वैतरणी तराउला त्यो प्रतीक्षाको विषय बनेको छ । हेरौँ, काले, माले र झालेमाले राजनीतिक अखडाको रूपमा विकास गरेको खेलकुदलाई अब कसले आफ्नो पेवा बनाउँछ त्योचाहिँ गम्भीर विषय बनेको छ । तर्सथ खेलकुदबारे नानाथरीका चर्चा, परिचर्चा र विश्लेषण गर्नुभन्दा कसले सदाका लागि वैकुण्ठ पुर्‍याउँछ त्यसको खोजी गर्नु आवश्यक भइसकेको छ । वर्षौंदेखि राजनीतिक पार्टीहरूको अन्याय र अत्याचारको सिकार बन्दै आएको खेलकुदले अन्त्यमा ‘नारायण, नारायण, नारायण भन्न पायो भने पनि उसको गतिपर्ने कुरामा दुईमत छैन ।

ओसीएसँग चार एजेण्डामा सहमति
युवा तथा खेलकुदमन्त्री कमला रोकाको नेतृत्वमा गतसाता कुवेतस्थित ओलम्पिक कमिटी अफ एसिया -ओसिए) को हेडक्वाटरमा गएको चार सदस्यीय प्रतिनिधिमण्डल हालै फर्किएको छ । उक्त प्रतिनिधिमण्डलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधान र नेपाल ट्राइथोलन सङ्घका अध्यक्ष गणेशमान पुनसमेत सदस्य रहेका थिए । नेपालमा ओलम्पिक कमिटीको विवाद केही समयअघिदेखि कायम रहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको निर्देशन र विवाद अन्त्यका लागि माननीय युवा तथा खेलकुदमन्त्रीले देखाउनुभएको चासो र सक्रियतालाई मध्यनजर गर्दै यो भ्रमण गरिएको राखेपले जनाएको छ । यो प्रतिनिधिमण्डलले ओसीएका अध्यक्ष शेख अहमद अल फाद अल सवा, कुवेतका युवा तथा खेलकुदमन्त्री फैजल एम अल जाजफ र ओसीएका निर्देशक हैदर ए फर्मानलगायतका अन्य निर्देशकहरूसँग भेटघाट र छलफल गरेको थियो ।
सो अवसरमा ओसीएसँग चार एजेण्डामा छलफल र सहमति भएको थियो, जसमा सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै अन्तर्राष्ट्रमा ओलम्पिक चार्र्टर्डअनुसार नेपाली खेलकुदका गतिविधिलाई सुचारु गर्ने, फागुन १४ देखि २१ गतेसम्म हुने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ओलम्पिक मुभमेण्टसँग जोडेर सञ्चालन गर्ने, प्रतियोगितामा ओलम्पिक रिङ प्रयोग हुने साथै ओसीएका प्रतिनिधि प्रतियोगितामा पर्यवेक्षकका रूपमा उपस्थित हुने, नेपाली खेलकुदका प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा रिफ्रेस कोर्स दिने, निकट भविष्यमा माउन्टेन खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने, जसलाई ओसीएले पूर्णरूपमा सहयोग गर्नेजस्ता बुँदा रहेका छन् । छलफलका क्रममा नेपाली खेलकुद क्षेत्रको विकार्सार्थ भौतिक पूर्वाधार निर्माणका लागि ओसीएले चासो राखेको थियो । साथै निर्माण प्रक्रियाका लागि योजनाको मागसमेत गरेको कुरो थाहा भएको छ । यो भ्रमण खासगरी नेपाली ओलम्पिक गतिविधि सुचारु गर्ने र खेलकुदको समग्र हितका निम्ति विभिन्नखाले सहयोग आदान-प्रदान गर्ने विषयमा केन्द्रित रहेको राखेपलेे जारी गरेको प्रेश विज्ञप्तिमा जनाइएको छ ।

टग अफ वारमा मोर्डन पहिलो
प्रथम साइपाल ‘ए’ लेभल मिट- २०११ अन्तर्गत टग अफ वारमा मोर्डन इन्डियन स्कुल पहिलो भएको छ । धुम्बाराहीस्थित साइपाल एकेडेमीद्वारा आयोजित प्रतिस्पर्धामा एजेडब्लु कलेज दोस्रो तथा चेल्सी इन्टरनेसनलले तेस्रो स्थानमा हात पारेका थिए । मिटअन्तर्गत यसअघि भएको पुरुषको थ्री अन थ्री बास्केटबलमा जेम्स कलेज पहिलो, एस इन्स्िटच्युट अफ म्यानेजमेन्ट दोस्रो तथा मोर्डन इन्डियन स्कुल तेस्रो भएका थिए । मिटअन्तर्गत नै एक्सटेम्परतर्फ एस पहिलो, एजेडब्लू दोस्रो तथा जेम्स तेस्रो भए । निबन्धलेखनमा जेम्स पहिलो, साइपाल दोस्रो तथा चेल्सी तेस्रो स्थानमा रहे । ‘गिभ मि ए मिनेट’मा साइपाल पहिलो, मोर्डन दोस्रो तथा चेल्सी तेस्रो भएका थिए । ओपन प्रेजेन्टेसनमा काठमाडौं एकेडेमी शीर्ष स्थानमा रह्यो । एजेडब्लू दोस्रो र जेम्स तेस्रो भए । ९ टिम सहभागी मिटमा समग्रमा जेम्स ५० अङ्कसाथ पहिलो, ४५ अङ्कसाथ एजेडब्लू दोस्रो तथा ४० अङ्कसहित एस तेस्रो भएका थिए ।

तेक्वान्दो युनियनद्वारा खेलाडी छनोट
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२औँ खेलको रूपमा प्रवेश पाएको राष्ट्रिय तेक्वान्दो युनियनले हालै मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट खेलाडी छनोट गरेको छ । काठमाडौंवाट आठ पुरुष र आठ महिला गरी १६ खेलाडी छनोट गर्नुपर्नेमा अहिलेसम्म पाँच पुरुष र दुई महिला खेलाडीको छनोट गरेको बताएको छ । अहिलेसम्म छनोट हुने खेलाडीमा पुरुषतर्फ ५४ केजीमा राजेन्द्र शाही, ५८ केजीमा विवेक श्रेष्ठ, ६३ केजीमा सौखिन थापा, ७४ केजीमा कल्याण कुँवर र ८० केजीमा राजकुमार घतामी रहेका छन् भने महिलातर्फ ४६ केजीमा सविना भट्टराई र ४९ केजीमा रञ्जना थापा छनोट भएका छन् । अन्य नौजना खेलाडीको छनोट निकट भविष्यमै हुने युनियन अध्यक्ष शैलेन्द्र अमात्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बक्सिङमा एपीएफको वर्चस्व
तेस्रो राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वर्चस्व कायम गरेको छ । एपीएफले सर्वाधिक १० स्वर्ण जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्न सफल भएको थियो । त्यस्तै नेपाल प्रहरीले तीन स्वर्ण हात पार्दै दोस्रो स्थानमा रह्यो भने नेपाली सेनाले दुई स्वर्णमै चित्त बुझाएको थियो । पुरुष र महिला दुवै समूहमा एपीएफका खेलाडी उत्कृष्ट घोषित भएका थिए । पुरुषमा कवीन्द्र महर्जन तथा महिलामा सञ्जु लामा उत्कृष्ट सो उपाधि हात पारेका थिए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुषको ४९ केजी तौलसमूहको फाइनलमा एपीएफका विक्रम परियारले बाजी मारेका थिए । उनले नेपाली सेनाका रेशमबहादुर शाहीलाई आरएससीएचका आधारमा पराजित गरेका थिए । त्यस्तै पुरुषको ५२ केजीमा एपीएफका पुरन राईले नेपाल युथ बक्सिङ ग्रुपका नरेन्द्र देशारलाई ६-५ ले हराउँदै स्वर्ण जितेका थिए भने पुरुषको ५६ केजीमा एपीएफका कवीन्द्र महर्जन पहिलो भएका थिए । उपाधि भिडन्तमा कवीन्द्रले सेनाका दीपेन्द्र बखुन्छेको चुनौतीलाई १०-५ ले समाप्त पारेका थिए । पुरुषको ६० केजीमा नेपाल प्रहरीका सुमन लामाले मकवानपुरका दीपेन्द्र श्रेष्ठलाई १०-२ ले पराजित गर्दै च्याम्पियन बनेका थिए ।
पुरुषको ६४ केजीमा प्रहरीका भूपेन्द्र थापाले सेनाका गोपाल सुनवारलाई ११-५ ले पाखा लगाउँदै शीर्ष स्थानमा कब्जा जमाएका थिए । त्यस्तै पुरुषको ६९ केजीमा एपीएफका भूपेन्द्र विष्टलेे आफ्नै क्लबका सुशील घिमिरेमाथि ८-७ को कठिन जित हासिल गर्दै स्वर्ण पदक जितेका थिए । यसैगरी एपीएफका देवेन्द्र महर्जनले सेनाका घनश्याम बुढालाई आरएससीएचका आधारमा पराजित गरी पुरुषको ७५ केजीको उपाधि जितेका थिए । पुरुषको ८१ केजीमा सेनाका उजरसिंह थापामगर पहिलो स्थानमा रहे । फाइनलमा उनले एपीएफका मीनप्रकाश जोरालाई १४-८ ले पाखा लगाएका थिए । त्यस्तै काठमाडौंका सतिश राजभण्डारी पहिलो राउन्डमै रिटायर्ड हर्ट भएपछि पुरुषको ९१ केजीमा एपीएफका गणेशराम चौधरीले स्वर्ण पदकमाथि कब्जा जमाएका थिए । पुरुषको ९१ केजीमाथिको फाइनलमा सेनाका श्याम खड्काले एपीएफका महेश केसीलाई १२-४ ले पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।
ललितपुर जिल्ला बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको महिलातर्फको ४६ केजीमा नेपाल प्रहरीकी दिवाना शर्ेमा पहिलो भइन् । दिवानाकी प्रतिद्वन्द्वी सल्यानकी सरिता बुढामगर पहिलो राउन्डमै रिटायर्ड भएपछि उनले स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै महिलाको ४८ केजीको फाइनलमा एपीएफकी माला राईले पालुङकी सावित्री तामाङलाई ३-२ को झिनो अन्तरले पराजित गरी पहिलो स्थान हात पारेकी थिइन् । । महिलाको ५१ केजीमा एपीएफकी माया चौधरीले फाइनलमा बोसीगाउँकी सुनिता महर्जनबाट वाकओभर पाएपछि स्वर्ण पदक जितेकी थिइन् । महिलाको ५४ केजीको उपाधि भिडन्तमा एपीएफकी सञ्जु लामाले प्रहरीकी निशा तामाङको चुनौती १५-४ ले समाप्त पार्दै स्वर्ण जितिन् । यसैगरी एपीएफकी प्रमिला पाण्डेले ५७ केजीमा स्वर्ण हात पार्न सफल भइन् । उनले फाइनलमा प्रहरीकी मिनास राईलाई ९-२ ले पन्छाउन सफल भएकी थिइन् । पाँचदिने प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष रविराज थापा, आयोजकका अध्यक्ष राम अवाललेलगायतले पुरस्कार वितरण गरेका थिए । सबै तौलसमूहमा पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार तथा तेस्रो हुने दुईजनाले समान एक-एक हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

माओवादी कमाण्डर क्रिकेटको अध्यक्ष †
आधा शताब्दीभन्दा बढी तदर्थवादमा चलेको नेपाल क्रिकेट सङ्घ
-क्यान) हालै निर्वाचन सम्पन्न भएको छ । चितवनमा सम्पन्न भएको उक्त निर्वाचनमा सबै पद निर्बिरोध भएका छन् । पहिलो निर्वाचनपछि क्यानको अध्यक्षपदको जिम्मेवारी सम्हाले अवसर माओवादी नेता आङबुहाङलाई जुरेको छ । उनलाई यो सौभाग्य उपेन्द्र भट्टराई र पवन अग्रवालले अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएपछि प्राप्त भएको हो । क्यानको अध्यक्षको प्रमुख दाबेदारको रूपमा रहेका राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालले जित्ने सम्भावना बढेपछि माओवादीको हस्तक्षेपका कारणले उनले उम्मेदवारी फिर्ता लिएको थाहा भएको छ । केन्द्रीयस्तरबाटै माओवादीको हस्तक्षेप भएपछि अग्रवालले नयाँ कार्यसमितिको कुनै पनि पदमा नबस्नेगरी उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा तारिणीविक्रम शाह, उपाध्यक्षमा श्रीनिवास राणा र चतुरबहादुर चन्द महासचिवमा अशोकनाथ प्याकुर्‍याल निरि्वरोध चयन भएका छन् ।
यसैगरी क्यानको नयाँ कार्यसमितिका सदस्यहरूमा रतन कठायत, अनुप थापा, शैलेस चौधरी, उत्तम कर्माचार्य, धीरेन्द्र साउद, किरण राणा, विनोद मैनाली, राजुबाबु श्रेष्ठ, वसन्तराज सत्याल, नरेश श्रेष्ठ, अमितवीर पाण्डे र सञ्जय सिंह चयन भएका छन् । क्यानको कार्यकारी सदस्यको १२ पदका लागि १६ सदस्यले उम्मेदवारी दिए पनि अन्य चारजनाले माओवादी दबाबका कारणले आफ्नो उम्मेदवारी फिर्ता गर्नुपरेको सूत्रले बताएको छ । निर्वाचनपछि अध्यक्ष आङबुहाङले ७५ जिल्लामा क्रिकेटको विकास गरी गल्लीगल्लीमा क्रिकेटलाई पुर्‍याउने दाकी गरेका थिए । साथै अध्यक्षले आफ्नो चारवर्षो कार्यकालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला र थुप्रै क्रिकेटका एकेडेमी विभिन्न जिल्लामा सञ्चालन गर्ने बताएका थिए ।