चुरिफुरी समाप्त

चुरिफुरी समाप्त


हजारौँ हात्ती बाँड्ने थापाको सपना अधुरै
प्रसङ्ग हालै सम्पन्न भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको हो । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गर्दा पनि अहिले ‘हात लाग्यो फुस्सा’ मात्रै भएको छ । खेलाडीहरूलाई अनावश्यक रूपमा लोभ र लालच देखाएर आफ्नो दुनो सोझ्याउनेतिर लागेको एन्फा अहिले आफैंले खनेको खाल्डोमा नराम्रोसँग जाकिन पुगेको छ । एन्फा अध्यक्ष गणेश थापाले पुरस्कारलाई नै सर्वोपरी ठान्दा अहिले नेपाली खेलाडी इतिहास रच्नबाट वञ्चित भएका छन् । वास्तविकतालाई आत्मसात् गर्नुभन्दा पनि अनर्गल क्रियाकलापलाई बढावा दिएर साफमा खेलाडीहरूको तेजोबध गर्ने कार्य गर्दा यस्तो परिणाम आएको हो । एन्फाले नेपाललाई उपाधिका लागि प्रबल दाबेदारको रूपमा प्रस्तुत र प्रचार गरे पनि त्यो अहिले दिवास्वप्नजस्तै भएको छ । आफ्नो १७ वर्षो एन्फा कार्यकालमा राष्ट्रलाई एउटै पनि अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका अध्यक्ष थापाले यसपटक निकै महत्त्वाकाङ्क्षी निर्णय गरेका थिए । तर, विडम्बना ! अनलक्की थापा यसमा पनि नराम्रोसँग चिप्लिएका छन् । उनले देखेको सुन्दर सपना अर्थात् खेलाडीहरूलाई दशौँ हजार हात्ती बाँड्ने सपना अधुरै रहेको छ । अब त्यो सपना कहिल्यै पूरा होला वा नहोला त्यो आफ्नो ठाउँमा भए पनि गणेश थापा फुटबलका लागि अनलक्की भएको भने प्रमाणित भएको छ ।
थापाले नेपालले साफ च्याम्पियनसिपको उपाधि जिते प्रत्येक खेलाडीलाई आजीवन मासिक १० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । सो निर्णयबाट निकै हौसिएका फुटबल खेलाडीले साफमा उत्कृष्ट प्रदर्शनसमेत गरेका थिए । यसको उदाहरणको रूपमा लिग चरणमा माल्दिभ्ससँग बराबरी खेल्नु, बंगलादेशलाई पराजित गर्नु र पाकिस्तानसँग बराबरी खेलेर सेमिफाइनलमा पुग्नुलाई लिन सकिन्छ । तर, जब नेपाल सेमिफाइनलमा पुग्यो तब एन्फाले अर्को ज्याकपोर्टको अफर गर्‍यो । त्यो थियो- उपाधि जिते खेलाडी र प्रशिक्षकलाई अपार्टमेन्ट दिने । र्ससर्ती हेर्दा यो खेलाडीको प्रोत्साहनका लागि निकै उत्कृष्ट चाल थियो । तर, एन्फाले यसको दूरगामी प्रभावबारे दूरदर्शी भएर नसोच्दा फुटबल खेलाडीले सेमिफाइनलमै घुँडा टेक्नुपरेको तीतो सत्य हो । साफमा प्रतिस्पर्धा गर्नुपूर्व नै दश हजार हात्तीको थिचाइमा परेका खेलाडी ज्याकपोर्ट अफरले दलदलमा भासिन पुगेका थिए । यो अफरले खेलाडीको मानसिक सन्तुलन बिग्रनुको साथै उनीहरूको लक्ष्यभेदनको रणनीतिमा समेत नकारात्मक असर परेको थियो ।
एक खेलमनोविज्ञले ‘एन्फाले अपार्टमेन्ट दिने घोषणा गरेर खेलाडीमाथि ब्ल्याकमिलेङ गरेको अरोप लगाएका छन् । उनले भने, ‘खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको बेलामा एन्फाले खेलाडीहरूलाई अरू दबाबमा पार्ने कार्य गर्नुहुँदैनथ्यो ।’ आफ्नो ताल र सुरमा अगाडि बढिरहेका खेलाडीहरूलाई अकस्मात् ठूलो पुरस्कारको घोषणाले गर्दा उनीहरू म्ाानसिक तनाबमा परेको उनको दाबी छ । खेलाडीहरू जहिले पनि राष्ट्रको प्रतिष्ठाका लागि खेल्ने भएकाले उनीहरूमाथि अनावश्यक दबाब कदापि दिनुहुँदैनथ्यो । तर, एन्फाले खेलाडी र राष्ट्रको लागि भन्दा पनि आफ्नो स्वार्थसिद्ध गर्न खेलाडीहरूलाई दबाब दिएको प्रस्ट रूपमा देखिएको छ । परिणामस्वरूप राम्रो खेल्दाखेल्दै पनि अनावश्यक दबाबले गर्दा नेपालले पराजयको मुख देख्नुपरेको छ । जुन अहिले समग्र खेलकुदका लागि दुर्भाग्य भएको छ । उनले एन्फाको नियतप्रति शङ्का गर्दै यो खेलाडीप्रति ठाडो हस्तक्षेप र ब्ल्याकमेलिङ भएको बताएका छन् ।
लामो समयपश्चात् लयमा देखिएको फुटबलको तालमेल बिगार्ने काम एन्फाबाट भएको छ भन्दा अतिसयोक्ति नहोला । महत्त्वपूर्ण क्षणमा खेलाडीहरूलाई अपार्टमेन्टको लोभ देखाएर एन्फाले खेलाडीको भावनासँग मात्र नभई सिङ्गो खेलप्रेमीको भावनासँग खेलेको छ । जुन आफैंमा घिनलाग्दो कार्य पनि हो । एन्फाको नियत ठीक भएको भए खेलकुदको भावनालाई कदर गर्न जान्नुपर्दथ्यो । खेलाडीको हौसला बढाउने निहुँमा खेलाडीको जीवनसँग कदापि खेलवाड गर्ने थिएन । एउटा पुरस्कार राशिको घोषणा गरिसकेको अवस्थामा अर्को पुरस्कार राशिको घोषणा गर्नुको रहस्य के हो – त्यसको जवाफ अब एन्फाले दिनुपर्नेछ । खेलाडीलाई बलिको बोकाको रूपमा मैदान उतार्नु आफैंमा निच काम हो जुन एन्फाले गरेको छ ।
खेलमा हार-जित एक सिक्काको दुई पाटा हुन् । तर्सथ जुनसुकै परिणाम आए पनि त्यसलाई स्वीकार्न सक्नुपर्छ । तर, यहाँ यो कुरामा पर्दा हालिएको छ । खेलाडीहरूलाई युद्धमा लड्न गएको सिपाहीको जस्तो व्यवहार गरिएको छ । जितेमा ‘भिक्टोरिया क्रस’ हारेमा मुग्लान । संसारमा कहीँ नभएको नियम खेलाडीहरूमाथि लादेर एन्फाले खेलाडीको हर्ुमत लिने कार्य गरेको छ । जुन कसैका लागि पनि स्वस्थकर हुँदैन भन्ने एन्फाले बुझ्नुपर्ने आवश्यक भइसकेको छ ।
साफ च्याम्पियनसिपमा खेलाडीको प्रदर्शनबारे खोट लगाउने ठाउँ नभए पनि परिणाम हेर्दा भने कदापि उत्कृष्ट मान्न सकिँदैन । नेपालले साफ च्याम्पियनसिपमा एउटै मात्र खेल जितेको हो त्यो पनि बल्लतल्ल । बंगलादेशमाथि कागताली परेर । यदि सागर थापाले प्रहार गरेको उक्त किक गोलमा परिणत नहुँदो हो भने पुन: नेपाल लिग चरणबाटै घर र्फकने पक्का थियो । भाग्यले साथ दिँदा विश्वचर्चित बनेको उक्त गोलले नेपाललाई सेमिफाइनलसम्म पुर्‍याउन अहम् भूमिका खेलेको थियो । अन्य लिगका दुई खेलबारे चर्चा गर्दा माल्दिभ्स र पाकिस्तानसँग बराबरीमा टुङ्गिएको थियो । र पनि, यहाँ लिगमा बंगलादेशलाई कागताली परेर जित्दा विश्वकप विजय गरेसरि प्रचारप्रसार गरियो । फुटबलका धुरन्धरहरूले नेपालको विजयलाई दक्षिण एसियाको विजय माने । साफ च्याम्पियनको विजेताको रूपमा घोषणा गरे । यति मात्र कहाँ हो र, त्यसपछि मैदान र गोलपोस्ट खाली देखे । दुर्भाग्य ती धुरन्धरको, जब तिनले सेमिफाइनलमा अफगानी बाघले नेपाललाई आफ््नै आँखाअगाडि क्वापल्याप्प खाएको देखे त्यसपछि उनी कुन दुलोमा मुसो बनेर बसेका छन् त्यो खोजीको विषय बनेको छ ।
नेपालले नमीठो पराजय भोगेपछि अहिले सारा खेलप्रेमीको चित्त दुखेको छ । यसपटक नेपाली खेलाडीले फुटबल मात्र खेलेनन्, युद्धमा गएको गोर्खालीझैं भिडेका थिए । यसमा उनीहरूको कुनै दोष छैन । उनीहरूले आफ्नो सतप्रतिशत योगदान दिएका थिए । विजय र पराजयमा भाग्यको भूमिका महत्त्वपूर्ण हुने भएकोले सेमिफाइनलमा नेपालभन्दा अफगानिस्तान भाग्यमा बलियो देखियो । नेपाल राम्रो खेल्दाखेल्दै पनि प्रतियोगिताबाट बाहिरिनुपर्‍यो । तर्सथ खेलको दुई पाटामध्ये एक पाटो नेपालको हात परेको हो, यसलाई अन्यथा नमानेर अगाडि बढ्यो भने नेपालले भविष्यमा साफमा राम्रो चुनौती दिन सक्ने कुरालाई भने नकार्न सकिँदैन ।

तेक्वान्दोका महारथी ‘मास्टर’ दिवाकर
व्यक्तिगत रूपमा खेलकुदप्रति खासै रुचि नभए पनि ब्रुसीको खेलबाट प्रभावित भएर उहाँले खेलकुदलाई आत्मसात् गर्नुभएको थियो । तत्कालीन समयमा मार्सल आर्टस्ले भर्खरै वामे र्सन थालेको बेलामा उहाँ यो खेलमा होमिनुभएको थियो । सरल स्वभावको मान्छे, झगडा भनेपछि चार कोस टाढै बस्ने भएकोले शुभारम्भमा आत्मरक्षाका लागि मात्र उहाँले तेक्वान्दो सिक्नुभएको थियो । भतिजा प्रह्लाद महर्जनले तेक्वान्दोको प्रशिक्षण गराउन लगेपछि खेल्दै जाँदा उहाँको यो खेलप्रति माया जोडिएको थियो । त्यसपछि ट्युसन पढ्ने वाहनामा पनि उहाँलेे तेक्वान्दोको प्रशिक्षण लिन थाल्नुभएको थियो । यसरी तेह्र वर्षको उमेरमा तेक्वान्दोलाई आफ्नो जीवन अर्पित गर्नुभएका उहाँ अर्थात् दिवाकर महर्जन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोको चर्चित व्यक्तित्वको परिचित हुनुहुन्छ ।
तत्कालीन तेक्वान्दोका प्रशिक्षक कृष्ण सिंहसँग प्रशिक्षण लिएर तेक्वान्दोमा प्रवेश गरेका दिवाकरले त्यसपछि दुई वर्ष दशरथ रंगशालामा प्रशिक्षण लिएका थिए । त्यसबेलामा नेपालमा तेक्वान्दोका संस्थापक जेके सिन मुख्य प्रशिक्षकको रूपमा कार्यरत रही तेक्वान्दो सिकाउनुहुन्थ्यो । तर, उहाँलेे भने शीतकर राजभण्डारी र दिनेश र्राईसँग प्रशिक्षण लिनुभएको थियो । यो अवधिमा तेक्वान्दोका केही प्रतियोगिताको आयोजना भए पनि उहाँले खेल्ने अवसर भने पाउनुभएन । त्यसबेला कुनै पनि खेलाडीलाई प्रतियोगिताबारे जानकारी गराइँदैनथ्यो भने अझ नेवार तथा ज्यापूहरूलाई त सौताको व्यवहार गरिन्थ्योे । यसरी प्रतिस्पर्धामा उत्रिने आफ्नो भित्री इच्छा-आकाङ्क्षालाई त्यसै मार्नुपरेको थियो । यो उहाँको तेक्वान्दोमा लागेर भोग्नुपरेको तीतो यथार्थ पनि हो । यो कुरालाई सम्झँदा अहिले पनि उहाँको मन पोलेर आउँछ । कताकता आफ्नो खेलजीवन नुन नहालेको तरकारी भएकोजस्तो अनुभव हुन्छ ।
एक प्रतिभाशाली खेलाडी भएरै होला उहाँ राष्ट्रियस्तरमा प्रतिस्पर्धा नगरीकनै सन् १९८६ मा प्रथम वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपका लागि छनोटमा पर्न सफल हुनुभएको थियो । तर, दुर्भाग्य, छनोट खेलमा हरिश्वर पोखरेलसँग पराजित हुँदा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित हुनुपरेको थियो । यसपछि उहाँले सक्रिय खेलजीवनलाई रूपान्तरण गर्ने क्रममा प्रशिक्षक बन्नुभएको थियो । सन् १९९० देखि बिनातलब दशरथ रंगशालामा उहाँले दुई वर्ष खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो । आफ्नो कार्यलाई सधैं इमानदारीसाथ निभाउँदै तेक्वान्दोको उज्ज्वल भविष्यका लागि एकोहोरो लागिपरेका दिवाकरले सन् १९९२ मा एनआईएसको टे्रनिङ र लिखित पास गरेपछि राष्ट्रिय खेलकुद परिषद्मा तेक्वान्दोको सहायक प्रशिक्षकको स्थायी जागिर पाउनुभएको थियो । त्यसपछि उहाँलाई तेक्वान्दो प्रशिक्षणका लागि महाकाली पठाइएको थियो । उहाँले त्यहाँ भोगेको पीडा र पाएको सफलता अहिले पनि उहाँको मानसपटलमा ताजै छ । कहिल्यै पदक नजितेको महाकालीले आफ्नो प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतियोगितामा कास्य पदक जित्दा उहाँ हिरो बन्नुभएको थियो । त्यो कास्य पदक भए पनि त्यहाँका लागि स्वर्ण पदकभन्दा पनि मूल्यवान भएको दिवाकरले दाबी गर्नुभएको छ । त्यसपछि उहाँ बनेपामा आएर तेक्वान्दोलाई प्रशिक्षण र स्थापित गर्ने कार्यमा जुट्नुभएको थियो ।
तेक्वान्दोप्रतिको गहिरो आत्मीयता कारणले सन् १९९१ म्ाा उहाँले मैत्री तेक्वान्दो डोजाङको ललितपुरमा स्थापना गर्नुभएको थियो । ड्रगको कुलतमा परेर ज्यान जोखिममा पार्दै आएका युवाहरूको उद्धार र रंगशाला धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उहाँले सामाजिक कार्यको रूपमा मैत्री डोजाङमा प्रशिक्षण सञ्चालन गर्नुभएको थियो । त्यसमा उहाँले सफलता पाएपछि सन् १९९३ मा राखेपबाट वैधानिक मान्यतासमेत प्राप्त गर्नुभएको थियो । मैत्री डोजाङ उहाँ खेलकुदमा लागेपछिको सुखदको पाटो बन्ने क्रममा अहिलेसम्म निरन्तरता पाइरहेको छ । मुलुक लागि उत्कृष्ट तेक्वान्दो खेलाडी उत्पादन गर्ने थलोको रूपमा परिचित भइरहेको छ । जसलाई उहाँले आफ्नै सन्तानसरि माया गरेर अगाडि बढाइराख्नुभएको छ । उहाँ अहिले पनि यो डोजाङको संस्थापक अध्यक्ष भएर यसको विकास र निरन्तरताका लागि अभिभावकको भूमिका निभाइराख्नुभएको छ ।
नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि अहम् भूमिका निभाएबापत् सन् १९९४ मा तेक्वान्दोका संस्थापक जेके सिनले टे्रनिङका लागि दिवाकरलाई अमेरिका बोलाएका थिए । अमेरिकाको पोटल्यान्डमा गुरुको स्कुल भए पनि शुभारम्भ उहाँले त्यहाँ पुग्नका लागि दुई महिना ग्यास स्टेसनमा काम गर्नुपरेको थियो । त्यसपछि गुरुको स्कुलसम्म पुग्ने सौभाग्य पाएका दिवाकरले गुरुकै स्कुलमा बसेर तीन महिना गोरेहरूलाई टे्रनिङ दिएका थिए । ‘त आँट म पुर्‍याउँछु भनेझैं’ महत्त्वाकाङ्क्षी दिवाकरले सन् १९९५ मा आफैं अमेरिकी खेलाडीसँग मिलेर अमेरिकामा ‘यूएस वेस्टकोस्ट तेक्वान्दो हलिउड’ स्कुल खोलेका थिए । फाइदाको मुख मात्रै हेर्ने गोरेले बीचैका साथ छोडे पनि उहाँ हिम्मत नहारी उक्त तेक्वान्दो स्कुललाई सञ्चालन गरिरहनुभएको छ । यही कुरालाई मात्र पनि आत्मसात् गर्दा उहाँ तेक्वान्दो खेलप्रति कति समर्पित हुनुहुँदोरहेछ, त्यसै अड्कल काट्न सकिन्छ ।
तेक्वान्दोमा सारा जीवन खर्चेका दिवाकर अहिले निकै प्रसन्न हुनुहुन्छ । उहाँले आजीवन तेक्वान्दोमा बगाएको रगत-पसिनाको कदर भएको छ । उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित भए पनि केही समय पहिले उहाँलाई विश्व तेक्वान्दो सङ्घले अन्तर्राष्ट्रिय सिनियर मार्स्र्टसको लाइसेन्स दिएको छ । तेक्वान्दोमा यस्तो उपाधि पाउने उहाँ नेपालमा पहिलो व्यक्ति बन्नुभएको छ । सन् १९९९ मा यूएस ओलम्पिक कमिटीले ‘नेसनल अफ दि इयर’ रूपमा सम्मान गरेपछि विश्वभरि चर्चा पाउन सफल हुनुभएका उहाँले विदेशमा बसेर पनि नेपाली तेक्वान्दोको विकास लागि जहिले पनि अग्रणी भूमिका निभाइरहनुभएको छ । सोहीअनुरूप उहाँले सन् २००० मा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पहिलो अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगिताको आयोजनासमेत गर्नुभएको सायदै कसैले बिर्सेरे होला । तत्कालीन युवराज दीपेन्द्र शाहले उद्घाटन गरेको उक्त प्रतियोगिता नेपालको चर्चित अन्तर्राष्ट्रिय प्रतियोगितामा गणना भएको थियो । तीन राष्ट्रका चारवटा टीमहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा युवराज दीपेन्द्रले सम्पूर्ण खेलाडीसँग हात मिलाएर प्रतियोगितालाई ऐतिहासिक बनाउनुभएको थियो । यो कुरालाई स्मरण गर्दै दिवाकरले सरकारको यस्तो कार्यले आफू निकै उत्साहित भएको सुनाएका थिए ।
हाल विश्व तेक्वान्दो सङ्घको ‘सेभेन डान’ रहनुभएका दिवाकरले नेपाली खेलकुद अझ राम्रो हुन सही-गलतको मूल्याङ्कन हुनुपर्ने, खेलकुदलाई राजनीतिबाट टाढै राख्नुपर्ने, खेलाडीहरूलाई स्वस्थ वातावरणमा टे्रनिङ दिनुपर्ने र पुरानाहरूलाई विस्थापित गरेर नयाँलाई चान्स दिनुपर्ने कुरामा जोड दिएका छन् । पुरातन सोचका कारणले नेपाली खेलकुद अधोगतितर्फलागेको मान्यता राख्ने उहाँले यदि नेपाली खेलकुदको काँचुली फर्ेर्ने हो भने जिम्मेवार निकायले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

छैटौँका लागि दुई उपसमिति
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा हुने छैटौँ राष्ट्रिय खेलकुदका लागि दुई उपसमिति गठन गरेको छ । नवगठित दुई उपसमितिमा प्राविधिक र सङ्घसंस्था समन्वय उपसमिति रहेका छन् । छैटौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष राखेपका सदस्यसचिव युवराज लामाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । राखेपका सदस्य रेशमलाल लामाको संयोजकत्वमा आठ सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ । उपसमितिको सचिवमा खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरे रहेका छन् । उक्त समितिले सबै खेलका मुख्य प्रशिक्षकहरूसँग सर्म्पर्क र समन्वय गर्नुपर्नेछ । त्यसैगरी, राखेपका सदस्य मनबहादुर न्यौपाने संयोजक र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नारायण यादव सचिव रहनेगरी सङ्घसंस्था समन्वय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले छैटौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३१ खेलका सङ्घसँग सर्म्पर्क र समन्वय गर्नेछ । छैटौँ राष्ट्रिय खेलकुदमा समावेश ३१ खेल सङ्घका अध्यक्ष वा महासचिव यस उपसमितिको सदस्यमा रहने छन् ।

नेपाल खेलकुद योग सङ्घ गठन
नेपाल खेलकुद योग सङ्घ राष्ट्रिय खेलकुद परिषद् -राखेप) मा दर्ता भएको छ । राखेपको ०६८ साल मङ्सिर २३ गतेको निर्णयानुसार युवराज लामा संरक्षक रहनेगरी डा. ऋषिराम कोइरालाको अध्यक्षतामा २७ सदस्यीय नेपाल खेलकुद योग सङ्घ, केन्द्रीय तदर्थ समिति गठन गरिएको हो । नवगठित सङ्घको उपाध्यक्षमा डा. चिन्तामणि योगी, डा. हर्रि्रसाद पोखरेल, डा. प्रकाश प्रधान, कमल खनाल, श्यामप्रसाद गौतम, मधुसूदन बस्नेत र प्रकाशचन्द्र घिमिरे, महासचिवमा किशोरसिंह शाही, सचिवमा धन शाही तथा कोषाध्यक्षमा राजेन्द्र बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरूमा आचार्य श्रीमैत्रीय, डा. नम्रता शाक्य, डा. पद्मा बज्राचार्य, डा. चिन्तामणि गौतम, डा. राजु अधिकारी, भोलानाथ योगी, हरिहर श्रेष्ठ, पार्थसारथी सेन गुप्ता, रिम रानाभाट, राधिका भट्टर्राई, रमेश मल्ल, टेकप्रसाद कट्टेल, सुशील जगनानी, रामसूदन तिमिल्सिना तथा तिलक नेपाली रहेका छन् । त्यस्तै योगी डा. विकाशानन्द, किसनलाल दुगड, शेखर गोल्छा, स्वामी रामचन्द्र, डा. शिव बस्याल, अच्यूतराज गौतम तथा गोपाल मैनाली नवगठित सङ्घको सल्लाहकार हुनुहुन्छ ।

मार्स्र्टस खुला एथलेटिक्स हुने
‘खेलाडीलाई सम्झौँ, खेलाडीलाई सम्मान गरौँ, खेलाडीलाई सहयोग गरौँ’ भन्ने उद्देश्यका साथ स्थापित डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनले नेपाल एमेच्योर एथलेटिक्स सङ्घसँग मिलेर प्रथम डीकेएसएफ मार्स्र्टस खुला एथलेटिक्स मिट आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिटमा विभिन्न पाँच उमेर समूह र स्कुलतर्फ-कक्षा पाँचसम्म) प्रतिस्पर्धा हुने एथलेटिक्स सङ्घका महासचिव सुनील राजवंशीले जानकारी दिएका थिए । कुल ३० स्पर्धा समावेश मिटमा उमेर समूहअर्न्तर्गत पुरुषतर्फसय मिटर, चार सय मिटर, एक हजार पाँच सय मिटर र पाँच हजार मिटर दौड, तीन हजार मिटर हिँडाइ तथा सटपुटमा प्रतिस्पर्धा हुनेछ । महिलामा सय मिटर र तीन हजार मिटर दौडमा खेल हुनेछ । त्यस्तै स्कुलतर्फछात्र/छात्राको सय मिटर दौड र ब्रोड जम्पमा प्रतिस्पर्धा हुनेछ । एकजनाले दुई स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान रहेको छ । मिटमा करिब दुई सय प्रतिस्पर्धीको सहभागिता रहने बताइएको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले फाउन्डेसन उक्त मिटको प्रायोजकसमेत रहेको बताए । फाउन्डेसनका उपाध्यक्ष देवेन्द्रबहादुर श्रेष्ठले खेलाडीलाई सम्मान, आर्थिक सहयोगलगायत विविध कार्यक्रम फाउन्डेसनले सञ्चालन गरे पनि प्रायोजकका रूपमा फाउन्डेसनको यो पहिलो कार्यक्रम भएको बताए । पुस २ गते हुने एकदिने मिट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

सेन्ट जेभियर्स च्याम्पियन
१६औँ राष्ट्रिय फादर मोरान स्मृति आमन्त्रण छात्र फुटबल प्रतियोगितको उपाधि आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीले हात पारेको छ । गोदावरीस्थित घरेलु मैदानमा भएको फाइनलमा सेन्ट जेभियर्सले एनएपीएफ स्कुललाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा राजकुमार तामाङले २ गोल गरे भने अर्को गोल मौसम श्रेष्ठले थपेका थिए । प्रतियोगितमा पुष्पाञ्जलीले तेस्रो स्थानमा चित्त बुझाएको थियो । प्रतियोगितामा वीरेन्द्र बुढा ‘मोस्ट प्रोमिसिङ प्लेयर’ तथा मनीष खनाल उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । त्यस्तै प्रतियोगिताभर १९ गोल गरेका आयोजक सेन्ट जेभियर्सका राजकुमार तामाङ सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा रहे । राजकुमार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत चुनिएका थिए । विजेतालाई सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक रिसवदेव भट्टर्राईले पुरस्कार प्रदान गर्नुभएको थियो । लिग कम नकआउट आधारमा दुई सातासम्म सञ्चालित प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

माउन्ट ग्लोरी र टीआईलाई उपाधि
दोस्रो टेन्डा- एआईए अन्तरस्कुल बास्केटबल प्रतियोगिताअर्न्तर्गत जुनियर ब्वाइजमा माउन्ट ग्लोरीले र सिनियर गर्ल्स टीआईएले उपाधि जितेका छन् । ब्वाइजको फाइनलमा माउन्ट ग्लोरीले ओडीसीलाई २५-१६ ले पाखा लगाएको थियो । माउन्ट ग्लोरीका दीपेश लामा र श्याम थापाले समान ८-८ अंक जोडे । गर्ल्सको फाइनलमा टीआईएले ग्यालेक्सीलाई १९-१२ ले पन्छाएको खेलमा विजेताकी प्रमिता मल्लले एक्लैले १४ स्कोर गरेकी थिइन् । ब्वाइजमा ग्रिनल्यान्डले बेबिलोनलाई २८-२१ तथा गर्ल्समा टेरेसाले ज्ञानोदयलाई ३२-३१ ले पराजित गरी तेस्रो स्थानमा रहे । ब्वाइजमा ओडीसीका अशोक प्याकुरेल तथा गर्ल्समा टीआईएकी रिया थापा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामी, टेन्डा इन्टरनेसनलका र्सर्ीइओ दिलीप कुन्डलिया, आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का प्रिन्सिपल विष्णुप्रसाद अर्याललगायतका महानुभावहरूले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा ब्वाइजमा २४ तथा गर्ल्समा ८ टिमले सहभागिता जनाएका थिए ।