नेपाली मेला २०१४ उल्लासमय वातावरणमा सम्पन्न

नेपाली मेला २०१४ उल्लासमय वातावरणमा सम्पन्न


लण्डन । लण्डनस्थित केम्प्टन रेसकोर्श पार्कमा २०१४ सालको नेपाली मेला उल्लासमय वातावरणमा सम्पन्न भएको छ । हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरब स्लोगनका साथ योपालिको नेपाली मेलाले सोहीअनुरुपको मेला सम्पन्न गराएको छ । तमू धीं यूकेको आयेजनामा रहेको नेपाली मेलामा लगभग पाँच दर्जनजति संघसंस्थाहरुको सहभागिता रहेको थियो । नेपाली टीभी यूके, एभरेष्ट नेटलगायत कान्तिपुर एफएमले प्रत्यक्ष प्रशारण गरेको सो मेलामा पहिलोपटक धेरै संघस.स्थाहरुको सहभागिता रहेको थियो, त्यसमध्ये मुख्य रुपमा तमू प्येल्हू संघ यूके, गैरआवासीय नेपाली संघ यूके, नेपाल पत्रकार महासँघ यूके शाखा आदि थिए ।

सूर्य गुरुङ, योगेश गुरुङ, पुष्पा गुरुङ, विभा गुरुङ, संगीता मरहट्ठा, गौमाया गुरुङ, दुर्गा गुरुङ, श्रद्धा गुरुङ आदिले संयूक्त रुपमा सञ्चालन गरेको सो कार्यक्रममा तमू धीं यूकेका अध्यक्ष तथा कार्यक्रमका निर्देशक कमल गुरुङ्गले पारम्परिक रुपमा मइन बालेर कार्यक्रमको उद्घाटन गरेपछि सो स्टेजमा मेलाका समिति सदस्यहरु, तमू धीं यूकेका संस्थापक तथा भूपू अध्यक्षहरु, प्रमुख अतिथि का.वा. राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथि गैरआवासीय अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीलगायत अन्य संघसंस्थाका अतिथिहरुको उपस्थिति देखिएको थियो । संघका उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तव्य राखेका थिए, जसको लगत्तै सुनिता लिम्बू थेबेले स्वागत गीत गाएकी थिईन् । कार्यक्रम तथा संघको अध्यक्ष कमल गुरुङले नेपाली मेलाको बारेमा संक्षिप्त चर्चा गर्दै कार्यक्रममा सहयोग गर्नेहरुलाई धन्यवाद आफ्नो सानो मन्तव्यमा राखेपछि प्रमुख अतिथि कावा राजदूत क्षेत्रीले नेपाली मेलाले बेलायतमा नेपालीहरुमा एकता कायम गरेको र त्यसले आफ्नो जातीय तथा स्थानीय पारम्परिकतालाई सम्वद्र्धन गरेको भावना व्यक्त गरेका थिए । त्यसको केहीपछि नेपाली मेलामा सहभागिता राख्ने पाँच दर्जनजति संघसंस्थाहरुले आआफ्नो व्यक्तित्व, संस्कृति अनि परम्परा आदि झल्काउने प्रकारका भेषभुषा, झाँकी आदिको लाइनवद्ध भएर प्रदर्शनी गरेका थिए, जसको एकेन्द्र गुरुङ, विमला सेने र शिवजी श्रेष्ठको निर्णयक समूहले नम्बर दिई उत्कृष्ठ छान्ने काम गरिएको थियो ।

सन् २००० मा स्थापना भएको तमू धीं यूकेले नौ वर्षपछि अर्थात् सन् २००९ देखि नेपाली मेलाको शुरुवात गरेको थियो । स्थापनाका पहिला केही वर्षमा सहभागिता गर्नमा बेलायतस्थित अन्य जातिगत संघसंस्थालगायत अन्य संस्थाहरुले पनि हिच्किचाहट गरेका थिए भने अब लगभग १,५०,००० नेपाली जनसंख्या भएको बेलायतीमा नेपाली मेलाको जस्तो स्तरको विशाल कार्यक्रमको आयोजना गर्न तमू धीं यूकेको विकल्प नभएको स्पष्टै देखिएको र गोर्खा कपलगायत नेपाली मेलामा तमू धीं यूकेले एक जातिगत संस्थाको रुपको आफ्नो संस्थाको छबीलाई सतहमा आउन नदिई एक च्यारिटी संस्थाको रुपमा बेलायती नेपाली समाजमा आफ्नो अस्तित्व देखाएकोले नै धेरैभन्दा धेरै संस्थाहरुमा नेपाली मेलाप्रति अभिरुचि जगाएको हो । मेलाबाट उठाइने रकमलाई नेपालमा बाढी पीडितहरुको उद्धारमा खर्च गरिने पक्ष तमू धीं यूकेको निक्कै राम्रो कार्य भएकोले पनि सहभागीहरुमा उल्लास थपिएको हो ।

आफ्नो पारम्परिक अनि साँस्कृतिक पक्षको परिचय दिँदै झाँकीमा क्षेत्रीय तथा जातीय इतिहासको गौरब बोक्दै भाग लिने संघसंस्थाहरुमा पुन समाज यूकेले उत्कृष्ठता हासिल गरी एम्बासडर कप (२०१४) हात पार्न सफल भएको छ भने आफ्नो सोही प्रकारको जातीयता, साँस्कृतिकता लगायत क्षेत्रीयताको प्रदर्शनी गर्दै नृत्यहरुको प्रदर्शनी गर्ने गरी प्रस्तुत गरिएका नृत्यहरुमा लम्जुङ्ग समाज यूकेको घाटु नृत्यले उत्कृष्ठता हासिल गरी पुरस्कृत भएको थियो ।

विभिन्न व्यापायिरकलगायत जातिगत, क्षेत्रगत अनि पारम्परिक खानाहरुको स्टलहरु झाँकीलगायत नृत्यहरुको प्रस्तुति गरिने मुख्य स्थानभन्दा बाहिर भएकोले पनि नेपाली मेला योपालि निक्कै व्यवस्थित देखिन्थ्यो । वास्तविक रुपमा नेपाली हाट बजार वा मेलाहरुको झझल्को दिने गरेर खोलिएका खानाहरुको स्टलमा मानिसहरुको घुँइचो देखिन्थ्यो ।

नेपाली साँस्कृति सम्पन्नताको प्रदर्शनी वास्तवमा भन्ने भए स्थानीय बेलायती समाजलाई देखाउनु पर्ने थियो जसको लागि विशेष गरेर आयोजकले विभिन्न काउन्सिलहरुबाट त्यहाँका आधिकारीहरुलगायत स्थानीय समाजमा त्यसको व्यापकता देखाउनु पर्ने थियो जसले गर्दा मेलामा स्थानीयहरुको महत्वपूर्ण उपस्थिति रहन्थ्यो । यसबारे आयोजकले पक्कै पनि भविष्यमा कामहरु गर्ने छ भन्ने विभिन्न विद्वानहरुले कान्तिपुर एफएमलगायत मेरोयूके डटकमसँगको कुराकानीको क्रममा व्यक्त गरेका थिए ।
-तस्वीरहरु नीर खड्का, नरेन्द्र बस्नेत