लडाकुलाई मात्र नौ अर्ब-रामहरि पाण्डे

लडाकुलाई मात्र नौ अर्ब-रामहरि पाण्डे


प्रचण्डको अगुवाइमा माओवादीले देश र जनताका लागि भन्दै गरेको हिंसात्मक युद्धमा देशले साढे आठ अर्ब रुपैयाँभन्दा बढी नगदी क्षति व्यहोरिसकेको छ । मानिसको ज्यान, सामाजिक सद्भाव, सामाजिक सुरक्षा, कानुनी शासन, प्रजातान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय एकतामा पुगेको क्षतिलाई नजोडीकन आर्थिक क्षेत्रको विवरण हेर्दा पनि देशका निम्ति यति धेरै रकम इाति हुनुलाई निराशाजनक र डरलाग्दो मानिएको छ । जनताको जिउधनमा पुर्‍याएको क्षतिको विवरण यसमा समावेश गरिएको छैन । यद्यपि हिंसाका क्रममा जिउधनकै क्षति व्यहोरेको परिवारका सदस्यहरू आफ्नो हिसाबकिताब नखोजी दीर्घकालीन शान्ति कायम हुने आशामा चुपचाप रहेका छन् ।
माओवादी समूहले सुरु गरेको हिंसात्मक युद्धमा जो लागेका थिए, तिनले देशको सिपाही बनेर राष्ट्रको रक्षा गर्ने कसम नखाई हँसिया-हथौडाअङ्कित पार्टीको झन्डा बोकेर एकदलीय अधिनायकवादी -जनवादी) राज्यसत्ता स्थापनाको कसम खाएका थिए, पार्टीविशेषका लागि लड्ने तिनैको भरणपोषण र तलब-भत्ताको नाममा मात्र यति धेरै रकम राज्यले गुमाउनुपरेको हो । त्यो रकम न त राज्यले फिर्ता पाउँछ न त कुनै विकास निर्माणमा नै खर्च भएर आमनागरिकले राहत पाएका छन् । यसरी समूहविशेषलाई यत्रो रकम बाँड्दा देशलाई अर्बौंको क्षति पुर्‍याएको सरोकारवाला पक्षलाई राम्रो जानकारी हुँदा पनि ऊ फेरि तिनै समूहका लागि अबौर्ं खर्च गर्ने निर्णयमा पुगेको छ । प्रसङ्ग हो, अस्थायी शिविरमा रहेका लडाकुहरूको । मुलुकमा दीर्घकालीन शान्ति कायम हुने आशामा राज्यले उनीहरूलाई समाजमा पुनर्स्थापन गर्ने अभियानअर्न्तर्गत सेनामा समायोजन, स्वेच्छिक अवकाश वा पुनर्स्थापन गरी विभिन्न तीन प्याकेज अघि सारेको छ । जसअर्न्तर्गत शिविरमा रहेको भनिएका १९ हजार पाँच सय २५ जना लडाकुमध्ये ६५ सय लडाकु सेनामा समायोजन हुनेछन् र बाँकी स्वेच्छिक अवकाश वा पुनर्स्थापनमा जानेछन् । सेना समायोजन विशेष समितिले पुनर्स्थापन वा स्वेच्छिक अवकाशमा जाने अस्थायी शिविरका लडाकुलाई तहका आधारमा पाँचदेखि नौ लाख रुपैयाँसम्म दिने निर्णय गरेको छ । उसले कुनदेखि कुन तहसम्मकालाई पाँच लाख दिने र नौ लाख कसलाई दिने भन्नेबारे औपचारिक निर्णय गरिसकेको छैन । समितिका एक अधिकारीका अनुसार राज्यले सेनामा समायोजन हुनेबाहेक स्वेच्छिक अवकाश वा पुनर्स्थापनमा जान चाहने लडाकुलाई लक्ष्ँित गर्दै कम्तीमा १० अर्ब बजेट छुट्याइनुपर्ने अनुमान गरेको छ । स्वेच्छिक अवकाश वा पुनर्स्थापनमा जाने १३ हजार २५ लडाकुलाई सरदर ६ लाखको दरले मात्र दिने हो भने पनि राज्यले माओवादीका लडाकुलाई सात अर्ब ८१ करोड ५० लाख रुपैयाँ दिनुपर्छ । राज्यले यसबाट प्रत्यक्ष रूपमा कुनै प्रतिफल प्राप्त गर्ने सम्भावना शून्यप्राय: छ ।
शिविरमा रहेका लडाकुलाई राज्यले ०६३ मङ्सिरबाट तलबभत्ताबापत प्रतिलडाकु तीन हजारका दरले दिन सुरु गरेको थियो । लडाकुलाई मासिक भत्तासँगै उनीहरूको बस्ने व्यवस्थासमेत गरिदिएको थियो । यसका लागि राज्यले अस्थायी शिविर निर्माणमा पनि ११ करोडभन्दा बढी रकम खर्च गरेको देखिन्छ । सरकारले एक हजार तीनवटा अस्थायी शिविर निर्माणका लागि प्रत्येक शिविर निर्माणमा एक लाख छ हजारका दरले खर्च गरेको थियो । पछि माओवादी नेतृत्वमा बनेको सरकारले लडाकुले पाउँदै आएको तीन हजार रकमलाई बढाएर पाँच हजार तलबभत्ता र दैनिक भरणपोषणका लागि भन्दै जनही दिनको ६० देखि एक सय १० का दरले नगद दिने व्यवस्था गरेको थियो । त्यसलाई निरन्तरता दिँदै बाबुराम नेतृत्वको सरकारले पाँच हजारबाट बढाएर ६ हजार पाँच सय पुर्‍याएको थियो । शिविरमा रहेका लडाकुले गत असोजदेखि मासिक ६ हजार पाँच सय पाउँदै आएका छन् । समन्वयकर्ता कार्यालयका प्रमुख जयदेव श्रेष्ठका अनुसार शान्तिकोषबाट प्रत्येक महिना लडाकुलाई पैसा पठाइन्छ । ती रकम विभिन्न शिविरका ब्रिगेडियर कमाण्डरहरूले बुझ्ने गरेका छन् । शिविर व्यवस्थापन समन्वयकर्ताको कार्यालयलाई लडाकुको नाममा काटिएको ब्रिगेडियर कमाण्डरले बुझ्ने गरेका चेक सम्बन्धित व्यक्तिकहाँ पुग्यो-पुगेन भन्नेबारे कुनै जानकारी हुँदैन । शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयका अनुसार शिविरमा रहेका लडाकुका लागि मात्र राज्यले एक वर्षमा १७ करोडभन्दा बढी पैसा बाँड्ने गरेको छ । समितिका प्रमुख श्रेष्ठ भन्छन्, ‘हामीलाई सम्बन्धित व्यक्तिले पैसा पाए भन्ने जानकारी दिन्छन् त्यसैलाई आधिकारिक मान्नुको विकल्प छैन ।’ श्रेष्ठको भनाइलाई आधार मान्ने हो भने पनि राज्यले लडाकुको नाममा दिएको रकम सम्बन्धित व्यक्तिले पाएका छैनन् भन्ने स्पष्ट हुन्छ । तै पनि राज्य यस विषयमा मौन छ । त्यसो त पाँच हजारभन्दा बढी लडाकु शिविर छाडेर भागिसकेको माओवादी लडाकुका कमाण्डरहरूले नै आफ्ना नेताहरूलाई जानकारी गराइसकेका छन् । माओवादी सूत्रका अनुसार त्यही भागेका लडाकुको स्थानमा नयाँ लडाकु भर्ना गर्दा हाल जारी लडाकु वर्गीकरणमा विभिन्न समस्या देखिएको हो । लडाकुको पुनर्वर्गीकरण गर्ने क्रममा कसैको फोटो मिलेको छैन, कसैको उमेर मिलेको छैन, कसैको जन्ममिति मिलेको छैन तैपनि अनुगमन गर्न गएको टोली यस विषयमा मौन छ । उनीहरूले जे विवरण दिइए पनि आधिकारिक मान्दै वर्गीकरण प्रक्रिया अघि बढाइरहेका छन् । माओवादी उच्च सूत्रका अनुसार अनुगमनका क्रममा नाम, ठेगाना, उमेर, फोटोजस्ता कुरा नमिल्नुलाई प्राविधिक कमजोरी भएको मान्न बाध्य गराइएको छ । आफ्नो नाम नछाप्ने सर्तमा माओवादीका एक ब्रिगेडियर कमाण्डरले सोमबार घटना र विचारसँग भन्नुभयो, ‘शिविर छाडेर भागेका लडाकुको सट्टामा नयाँलाई भर्ना गर्दा यस्तो समस्या देखिएको हो, यो हाम्रो निर्णयका आधारमा होइन माथिकै आदेशअनुसार गरिएको हो, त्यसैले यस विषयमा हामी मौन बस्नु नै कल्याण हुन्छ ।’ सूत्रका अनुसार नाम, उमेर, ठेगाना नमिलेका लडाकुको परिचयपत्र पनि नक्कली छ । अझ केहीले ओरिजिनल हरायो भन्दै नक्कली परिचयपत्र बनाएर वर्गीकरण प्रक्रियामा सामेल भएका छन् । आफ्नो परिचयपत्र हराएको र फोटोकपी मात्र बाँकी रहेको भन्दै त्यसैलाई आधिकारिक मानिएको अनुगमनमा खटिएका एक अधिकारीले घटना र विचारलाई जानकारी दिए । ती अधिकारीका अनुसार हामीलाई यसबारेमा केही ‘कम्ल्पेन’ नगर्नु जे छ त्यसैको आधारमा वर्गीकरण गर्नु भन्ने आदेश आएकोले त्यसैअनुसार अघि बढेका छौँ ती अधिकारीको भनाइ थियो ।

देश टुक्र्याउने जिम्मा आठ भाइलाई
देशको सार्वभौमसत्ता विभाजन गरिछाड्ने राजनीतिक दलहरूको अठोटलाई अन्तिम रूप दिने जिम्मेवारी आठ भाइले पाएका छन् । राज्य पुनर्संरचनाका लागि विज्ञहरूको सहभागितामा राज्य पुनर्संरचना आयोग बनाउने भन्ने विषयमा गत सोमबार भएको सहमतिलाई अन्तिम रूप दिन मंगलबार प्रधानमन्त्री बाबुराम भट्टर्राईसहित माओवादी, काङ्ग्रेस, एमाले र मधेसकेन्द्रित दलहरू सम्मिलित मोर्चाका शीर्ष नेताहरूबीचको बैठकले स्टेला तामाङ, मल्ल के सुन्दर, रमेश ढुङ्गेल, सावित्री गुरुङ, भोगेन्द्र झा, सर्वराज खड्का, कृष्ण हाछेथु र सुरेन्द्र महतोलाई जिम्मा दिएको हो ।
शीर्ष नेता सम्मिलित बैठकले आयोगका सदस्यहरूको छनोट गरे पनि अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसकेपछि अध्यक्षबिनाकै आयोग बनाइएको हो । तत्काल आयोगमा अध्यक्ष कसैलाई नबनाए पनि वर्णानुक्रमअनुसार पालैपाले बैठकको अध्यक्षता गर्ने नेताहरूबीच सहमति बनेको छ । उक्त सहमतिअनुसार राज्य विखण्डन गर्ने अभियानको सुरुवाती चरणअर्न्तर्गतको राज्य पुनर्सर्ंंरचना गर्नेहरूमध्ये तामाङ र सुन्दर माओवादीबाट, ढुङ्गेल र गुरुङ काङ्ग्रेसबाट, झा र खड्का एमालेबाट तथा हाछेथु र महतो मधेसी मोर्चाबाट प्रस्तावित व्यक्तिहरू हुन् ।
दलका शीर्ष नेताहरूले क्षेत्री, ब्राह्मण, तामाङ, श्रेष्ठ, गुरुङ, झा र महतोलाई राज्य पुनर्संरचना आयोगमा समावेश गरी आयोगलाई समावेशी बनाउन खोजिए पनि जातीय आधारमा महत्त्वपूर्ण भूमिकामा रहेको दलित तथा मगर जातिलाई भने समावेश गर्न सकेको देखिँदैन । आयोगको सदस्यको रूपमा अघि सारेकामध्ये अधिकांश नयाँ अनुहारका देखिए पनि हाछेथु र सुन्दर भने विवादास्पद व्यक्तिको रूपमा चिनिन्छन् । हाछेथु गैरसरकारी संस्थाबाट परिचालित, स्पष्ट विचार नभएका व्यक्तिको रूपमा चिनिन्छन् र उनी नेपाल र नेपालीको हितमा भन्दा पनि गैरसरकारी संस्थाको हितमा काम गर्ने व्यक्तिको रूपमा स्थापित छन् । एक समय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कट्टर समर्थकका रूपमा रहँदै आएका हाछेथु
मधेसी मोर्चाको कोटाबाट आयोगको सदस्य बन्नुले पनि उनको भूमिका रहस्यमयी रहने गरेको देखिन्छ । त्यस्तै सुन्दर पनि आईएनजीओबाट परिचालित, साम्प्रदायिक व्यक्तिको रूपमा चिनिँदै आएका छन् ।
यसअघि सोमबारको बैठकमा प्रस्तावित नामहरूले भने मंगलबारको बैठकमा कुनै प्राथमिकता नपाएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार बैठकमा केदारभक्त माथेमा, पद्मरत्न तुलाधर, गणेशमान गुरुङ, पीताम्बर शर्मा, माणिकलाल श्रेष्ठ, बुद्धिनारायण श्रेष्ठ, परशुराम तामाङ, कृष्ण खनाल, कुलचन्द्र गौतमलगायतको नामले निकै चर्चा पाएको थियो । उनीहरूमध्ये एकलाई आयोगको अध्यक्ष बनाउने मौखिक सहमतिका साथ अघिल्लो दिनको बैठक टुङ्गिएको थियो । तर, मंगलबारको बैठकमा यी नाम गरेकामध्ये अधिकांश व्यक्तिलाई राजनीतिक दलका नेताहरूले आफ्नो इशारामा हिँडाउन नसकिने बरु उल्टै उनीहरूकै इशारामा आफूहरू हिँड्नुपर्ने ठानेर हुनसक्छ उनीहरूको सट्टामा अर्कै व्यक्तिको नाम प्रस्ताव गरेको बैठक सूत्रले बतायो । तर, बैठकमा सहभागी एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार बैठकमा एकले अर्काको समर्थन नगरेपछि अयोगको अध्यक्ष्ँ कसैलाई पनि नबनाउने र सबैलाई पालैपालो अध्यक्ष बनाउने सहमति भएको हो । घटना र विचारको एक प्रश्नमा पाण्डेले भन्नुभयो, ‘गणेशमान गुरुङको नाममा सबै दल सहमत भएका थिए, उहाँ -गुरुङ) नै मान्नुभएन, माओवादीले पद्मरत्न तुलाधरको नाम प्रस्ताव गरेको थियो, त्यसमा काङ्ग्रेसले इन्कार गर्‍यो, काङ्ग्रेसले केदारभक्त माथेमाको नाम अघि सार्दा माओवादी र मोर्चाले इन्कार गर्‍यो, मोर्चाले खनालको नाम अघि सार्दा माओवादीले आयोगको अध्यक्षमा जनजाति हुनुपर्ने अडान राखेपछि सहमति हुन सकेन ।

अनन्तको विचरो असहमति
बैठकहरूमा ‘नोट अफ डिसेन्ट’ लेख्नेमा नेकपा माओवादीका नेताहरू अग्रपङ्क्तिमा छन् र कुनै पनि कम्युनिस्ट पार्टीमा नोट ‘अफ डिसेन्ट’ लेख्नुलाई ठूलै घटनाका रूपमा चर्चा गर्ने गरिन्छ । तर, यो साता माओवादीका एक नेताले लेखेको नोट अफ डिसेन्टले पार्टीभित्र र बाहिर कतै पनि चर्चा पाउन सकेन । सरकारले राज्य पुनर्संरचना आयोगको सट्टा विशेषज्ञहरूको समिति बनाउने प्रावधानका लागि अन्तरिम संविधानमा एघारौँपटक संशोधनको प्रस्ताव राखेकोमा केही जनजाति तथा वैद्य खेमाका सभासद्हरूको असहमतिका कारण दलहरू असफल हुन पुगेका थिए । गत साता संशोधन प्रस्ताव पारित नहुने भएपछि तत्काल बसेको माओवादी स्थायी समितिको बैठकले प्रस्ताव फिर्ता लिने निर्णय लिएको थियो । उक्त बैठकमा अर्थमन्त्रीसमेत रहनुभएका स्थायी समिति सदस्य वर्षमान पुनले संशोधन प्रस्ताव फिर्ता लिन नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो । तर, बैंठकभित्र पुनको असहमतिलाई लिएर कसैले पनि छलफल गर्न चाहेनन् र बाहिर पनि त्यसको कुनै चर्चा हुन सकेन । पुनले आयोग होइन विशेषज्ञ समिति नै बनाइनुपर्छ भनी निर्णयमा असहमति जनाएर लेख्नुभएको थियो । रामबहादुर थापा बादल, डा. बाबुराम भट्टर्राई र प्रचण्डलाई आवश्यकता र परिस्थितिअनुसार एक समयमा एकपटक खास नेता मान्ने वर्षमानको नोट अफ डिसेन्ट कम्युनिस्ट आन्दोलनकै इतिहासमा सर्वाधिक कम महत्त्वको हुन पुगेको छ ।

शेरबहादुरको कार्यनीति अस्वीकार र बहिष्कार
नेपाली काङ्ग्रेसको गत वर्ष सम्पन्न महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवा भारी मतले पराजित हुनुभएपछि उहाँले पार्टी नेतृत्वलाई हरेक कदममा असहयोग एवम् बाधा पुर्‍याउनु काङ्ग्रेस वृत्तमा चिन्ताको विषय बनेको छ । एक वर्षयता पार्टी सभापतिले त्यस्तो कुनै चामत्कारिक काम गरेर देखाउन सक्नुभएको छैन, तर उहाँले लिएका वा लिन लाग्नुभएका हरेक निर्णयमा देउवाले असहमति र विरोध जनाउने गर्नुभएको छ । पार्टीका उपसभापति र महामन्त्री नियुक्त गर्न सभापतिले राख्नुभएको प्रस्तावमा अड्चन पैदा गर्दै देउवाले महिनौँसम्म पार्टी गतिविधिलाई प्रभावित गर्ने कोसिस गर्नुभएको थियो भने पछि प्रधानमन्त्रीको उम्मेदवार चयन गर्ने क्रममा पनि उहाँले बाधा पुर्‍याउनुभएको थियो । एकपटक राजाबाट नियुक्त भएर तथा दुईपटक काङ्ग्रेस पार्टीको प्रस्तावबाट प्रधानमन्त्री बन्नुभएका देउवालाई ज्योतिषीहरूले सातपटकसम्म प्रधानमन्त्री बन्ने सम्भावना रहेको भनेका र ज्योतिषीकै भनाइअनुसार चौथोपटक प्रधानमन्त्री बन्न काङ्ग्रेसले आफूलाई उम्मेदवार बनाउनुपर्ने भन्दै उहाँले बखेडा झिक्नुभएको थियो । पार्टीमा आबद्धता, प्रतिबद्धता, लगानी र इमानदारीका दृष्टिले उहाँभन्दा वरिष्ठ मानिनुहुने रामचन्द्र पौडेललाई संसदीय दलको नेता बन्न नदिन गरिएको अनेकौँ प्रयास असफल भएपछि पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न नदिन देउवाले दर्शाउनुभएको व्यवहारले आमकाङ्ग्रेस कार्यकर्ता एवम् शुभेच्छुकलाई लज्जित तुल्याएको थियो । आफूलाई उम्मेदवार बनाइए राष्ट्रिय सहमतिको सरकारकै प्रधानमन्त्री बन्ने दाबी गरेपछि सभापति कोइराला र नेता रामचन्द्र पौडेलले उदारतापूर्वक उम्मेदवार बन्ने मौका दिँदा त्यसमा समेत असफल भएपश्चात् केही साता मौन देखिएका देउवाले काङ्ग्रेसमा भ्रातृ संस्था विवादको रडाको मच्चाएर नेतृत्वलाई असफल एवम् असक्षम सिद्ध गर्ने प्रयास गर्दै आउनुभएको छ । काङ्ग्रेसको तरुण दल, नेविसङ्घ, महिला सङ्घलगायतका भ्रातृ संस्थाहरू लामो समयदेखि निष्त्रिmय रहेको हुँदा पार्टीको गतिविधिमा नकारात्मक असर परिरहेको थियो । सभापति कोइरालाले सङ्गठनलाई गतिशील तुल्याउन महाधिवेशन गराउनका लागि नयाँ गतिशील नेतृत्वमा तदर्थ समिति निर्माणको योजना बनाएर अवैधानिक भइसकेको निकम्मा केन्द्रीय कार्यसमिति भङ्ग गरिदिनुभयो । हरेक निर्णयमा खोँचे थाप्दै नेतृत्वलाई असफल बनाउने भूमिकामा सचेत ढङ्गले क्रियाशील देउवाले विगत करिब दुई महिनाभन्दा लामो समयदेखि भ्रातृ संस्थाका विषयलाई लिएर भाँडभैलो गर्ने प्रयास गर्दै आउनुभएको छ । माओवादीसँग विशेष सर्म्पर्कमा रहनुभएका देउवाले प्रचण्डकै आकाङ्क्षा र योजनामुताबिक पार्टीमा विवाद सिर्जना गर्ने गर्नुभएको आरोप देउवामाथि लाग्न थालेको छ । उहाँले पार्टी नेतृत्वले लिन लागेका या लिएका हरेक निर्णयलाई या त अस्वीकार गर्ने गर्नुभएको या बहिष्कार । पार्टी केन्द्रीय कार्यसमितिको बैठक फेरि पनि बहिष्कार गरेर देउवाले कसलाई प्रसन्न बनाउन खोज्नुभएको हो-बुझ्न सकिएको छैन, तर उहाँले बैठक बहिष्कारको निम्ति कार्यसमितिका केही सदस्यलाई निर्देश गर्नुभएको बुझिएको छ । सभापति कोइरालामाथि दबाब सिर्जना गर्न उहाँले केन्द्रीय सदस्य पदबाट दिनुभएको राजीनामा सभापतिले उदारतापूर्वक अस्वीकृत गरिदिनुभएपछि देउवाले आज बुधबार हुने भनिएको केन्द्रीय समितिको बैठक नै बहिष्कार गर्ने योजना बनाउनुभएको हो । तर, उहाँले बहिष्कार गर्दैमा पार्टीले लिने निर्णयहरूमा त्यसको कुनै असर नपर्ने बताइएको छ ।
एक सूत्रबाट प्राप्त जानकारीअनुसार देउवालाई सभापति सुशील कोइरालाले रिक्त सहमहामन्त्री पदमा कसैको नाम सिफारिस गर्न पटक-पटक आग्रह गर्दै आउनुभएको छ । सहमहामन्त्रीका निम्ति पूर्णबहादुर खड्कालाई धेरैले उपयुक्त ठानेका छन् । डा. प्रकाशशरण महत र बालकृष्ण खाँणलाई पनि सहमहामन्त्रीका निम्ति उपयुक्त ठानिएको छ । देउवाले भने डा. मीनेन्द्र रिजाललाई सहमहामन्त्री बनाउन चाहनुभएको छ । रिजाललाई आफ्नो सिफारिसबिना नै सहमहामन्त्री बनाएको देखाउने र पूर्ण खड्का, डा. महत र खाँणलगायतका नेताहरूको विश्वास पनि प्राप्त गरिरहने देउवाको इच्छा पूर्ति गर्न सुशील कोइरालाले असमर्थता दर्शाउनुभएपछि देउवाले सहमहामन्त्रीमा कसैको पनि नाम सिफारिस नगर्नुभएको बुझिएको छ । मीनेन्द्रबाहेक अरूलाई सहमहामन्त्री बनाउन देउवा नचाहने मीनेन्द्रलाई सिफारिस गर्दा अन्य नेताहरू क्रूद्ध हुने स्थिति रहेकोले देउवाले सहमहामन्त्रीमा कसैलाई चयन गर्नुभन्दा सभापतिविरुद्धको अभियानलाई गति दिँदै आफ्नो गुटलाई एकताबद्ध बनाइराख्ने योजना बनाउनुभएको बुझिएको छ । विगत एक वर्षदेखि काङ्ग्रेस देउवाको अड्चन र बाधा-विरोधको सिकार हुँदै आएको छ । सुशील कोइरालाले कुनै नयाँ योजना र कार्यक्रमसहित पार्टीलाई गति दिने प्रयास गर्नुभएको पनि देखिएको छैन । देउवाका कारण काङ्ग्रेसले विभाजनलगायतका सास्ती त यसअघि खेपिसकेकै छ, देउवाको नाममा अझै काङ्ग्रेसले कति कष्ट व्यहोर्नुपर्ने हो, कार्यकर्ता पङ्क्तिमा चरम चिन्ताको स्थिति देखिएको छ ।

बाबुरामले उछिने यसअघिका सबैलाई
कुनै समय तत्कालीन प्रधानमन्त्री एवम् काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई चरम नातावादी रहेको ठानिन्थ्यो, तर मौका पाउँदा आफ्नालाई च्याप्न कोही पनि पछि पर्दारहेनछन् भन्ने दृष्टान्त ‘स्वच्छ छवि’ का प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले प्रस्तुत गर्नुभएको छ । क्षमताका आधारमा मात्र सरकारी संस्थान, निकाय, विभिन्न समितिमा नियुक्ति दिने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका प्रधानमन्त्री बाबुराम पनि राजनीतिक नियुक्तिहरूमा आफन्तलाई प्राथमिकतासाथ भर्ती गरेर अर्को नयाँ रेकर्ड कायम गर्ने अभियानमा लाग्नुभएको देखिएको छ । त्यसो त बाबुरामले सरकारी खर्चमा भोज खुवाउने, धेरैभन्दा धेरैलाई मन्त्रिमण्डलको सदस्यमा सहभागी गराउने जस्ता कार्यमा नयाँ रेकर्ड कायम गरिसक्नुभएको छ । त्यस्तै नयाँ रेकर्ड राख्ने अभियानअर्न्तर्गत आफन्तलाई विभिन्न निकायमा भर्ती गनर्ेर्ेेभियानलाई पनि तीव्रताका साथ अघि बढाउनुभएको छ । आफूलाई नातावादबाट सधैं टाढा राख्ने उद्घोष गर्नुभएका प्रधानमन्त्री बाबुरामले प्रधानमन्त्री भएको केही दिनपछि ससुरालीतिरबाट नाता पर्ने मुक्ति प्रधानलाई महान्यायाधिवक्ता बनाउनुभयो । माओवादीकै शब्दमा युद्धकालका भगौडा प्रधानलाई महान्यायाधीवक्ता बनाउन हुँदैन भन्दै उनको पार्टीभित्र चर्को विरोध भएको थियो । तर, बाबुरामले प्रधानलाई महान्यायाधिवक्ता बनाइछाड्नुभयो । उहाँले आफूनिकट नेताहरूसँग भने प्रधानलाई महान्यायाधिवक्ता बनाउन आफ्नोभन्दा पनि अरूकै हात रहेको र त्यसलाई सोहीअनुसार बुझ्न आग्रह गर्नुभएको थियो ।
आफन्तलाई राजनीतिक नियुक्तिका नाममा सरकारी तथा गैरसरकारी निकायमा भर्ती गर्ने कार्यको सुरुवात गर्नुभएका प्रधानमन्त्री बाबुरामले आफ्नी बुहारी दुर्गा न्यौपानेलाई गरिबी निवारण कोषमा नियुक्त गरेर अर्को नमुना प्रस्तुत गर्दै नातावादको मोहलाई स्पष्ट रूपमै प्रस्ट्याउनुभयो । बाबुरामले त्यति मात्रै गर्नुभएन आफ्ना जेठीसासूहरूलाई पनि क्रमश: राजनीतिक नियुक्ति गराउनुभएको छ । पत्नी यमीकै दबाबमा बाबुरामले जेठीसासू रोमादेवीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्नुभयो । त्यसैगरी तिमिला यमीलाई खानेपानी आयोजना समितिको अध्यक्षमा र अर्की दिदी चिरकशोभालाई हिसिला यमीको दबाबका कारण सोही समितिको सदस्यमा नियुक्त गर्नुभएको छ । त्यसैगरी यमीको पूर्वस्वकीय सचिव ओपेन्द्र शर्मालाई नागरिक लगानी कोषको अध्यक्षमा नियुक्त गर्नुभएको छ । नागरिक लगानी कोषको अध्यक्ष्ँमा नियुक्त हुनुअघि शर्मा गोरखापत्रमा उपत्यका समाचारदाताको रूपमा काम गर्दै आएका थिए । शर्मालाई यसअघि पनि बाबुरामपत्नी यमीकै दबाबका कारण तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले गोरखापत्र दैनिकमा जागिर लगाइदिनुभएको थियो ।
राजनीतिक नियुक्ति हुने अन्य निकायमा पनि आफन्तलाई भर्ती गर्नका लागि लिस्ट नै तयार गरेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । स्रोतका अनुसार पत्नी यमीले नयाँ पद सिर्जना गरेर भए पनि आफ्नालाई रोजगारीको अवसर दिनुपर्ने अडानका कारण बाबुराम उक्त योजनामा पुग्नुभएको हो । पत्नी यमीले पार्टी अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्रीहरू प्रचण्ड, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनालका उदारहण दिँदै मौकामा आफ्नालाई अवसर दिए मात्र पछि उनीहरूको साथ पाइने भन्दै राजनीतिक नियुक्तिका लागि दबाब दिने गर्नुभएको बाबुरामनिकट एक नेताले जानकारी दिनुभयो ।
यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले श्रीमती शोभादेवी चित्रकारको दबाबमा आफ्ना जेठान, सालो, साली तथा भाइ नाता पर्नेहरूलाई राजनीतिक नियुक्ति भन्दै सरकारी तथा गैरसरकारी निकायमा भर्ना गरेका थिए । त्यसैगरी माधवकुमार नेपालले पनि श्रीमती गायत्री नेपालको दबाबमा पनि आफ्ना साला, साली, जेठानी, भाइ, बुहारीलाई राजनीतिक भर्ती गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले त झन् यी सबैलाई उछिन्दै आफ्ना आफन्तलाई सत्ताको केन्द्रमा नै ल्याउनुभएको थियो । प्रचण्डले छोरी रेणु दाहाल पाठकलाई सभासद् नै बनाउनुभएको थियो भने अन्य छोरी तथा ज्वाइँलाई शान्तिप्रक्रियापछि जिल्ला तथा राज्यस्तरमा नेताको भूमिका दिनुभएको थियो । प्रचण्डले आफू प्रधानमन्त्री भएको समयमा पनि आफन्तलाई बढी महत्त्वका साथ राजनीतिक नियुक्ति गर्राई नातावादको मोहलाई उदाङ्गो पार्नुभएको थियो । यसरी आफन्तलाई पार्टीका महत्त्वपूर्ण जिम्मेवारी दिँदै जान थालेपछि प्रचण्डलाई पार्टीकै केन्द्रीय नेताहरूले माओवादीमा कोइरालाको उदय भयो भन्दै आलोचना गर्ने गरेका थिए । तिनै नेताहरूले अहिले बाबुरामले प्रचण्डको सिको गरी आफ्नालाई भर्ती गर्न थालेको भन्दै आलोचना गर्न थालेपछि बाबुरामले आफूनिकट दर्जनभन्दा बढी पत्रकारलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाई आफूले राजनीतिक नियुक्ति नगरेको भन्दै केही व्यक्ति अपवादमा मात्र पर्न गएको स्पष्टीकरण दिनुभएको थियो । तर, मन्त्रिमण्डल ४९ सदस्यीय बनाउनुभएपछि बाबुरामले शेरबहादुर देउवालाई उछिनेको टिप्पणी भएको थियो भने अहिले नातावादमा गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई उछिन्न लागेको टिप्पणी हुन थालेको छ ।

दुर्घटना पनि यिनकै पालामा बढी
बाबुराम भट्टर्राई प्रधानमन्त्री बन्नु र हवाई दुर्घटना अचानक बढेर जानुलाई आर्श्चर्यजनक रूपमा लिन थालिएको छ । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएपछि थाई एयरको विमान दुर्घटना हुँदा त्यसबेला धेरैले मुलुकलाई कोइराला अफाप भएको भनी टिप्पणी गर्ने गरेका थिए । तर, अनेकौँ दुर्घटना हुँदा पनि बाबुरामलाई अफाप भने भन्ने गरिएको छैन । गत भदौ १२ गते प्रधानमन्त्री भएयता विमान दुर्घटनाका पाँच घटना भएका छन् । ती घटनामा परी २५ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँको सङ्ख्यामा भएको सवारी दुर्घटनामा सयौँले ज्यान गुमाउनुका साथै सयौँकै सङ्ख्यामा सर्वसाधारण नागरिक घाइते भएका छन् ।
बाबुराम भट्टर्राई प्रधानमन्त्री बन्नुभएको एक महिना पनि बित्न नपाउँदै गत असोज ८ गते बुद्ध एयरको विमान उसको इतिहासमै पहिलोपटक दुर्घटनामा पर्‍यो । माउन्टेन फ्लाइटका लागि उडेको विमान खराब मौसमका कारण फ्लाइट पूरा नगरी अवतरणका निम्ति त्रिभुवन विमानस्थलमा नै र्फकने क्रममा ललितपुरको कोटडाँडामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएका थिए । यो टुर्घटना भएको एक महिना पनि नबित्दै पुन: अर्को विमान दुर्घटना भयो । बिरामी बोकेर नेपालगञ्जबाट काठमाडौं उडेको नेपाली सेनाको आइल्यान्डर विमान बाग्लुङको बोहाङमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पनि विमानमा सवार ६ जनाकै मृत्यु भएको थियो । त्यस्तै मानवीय क्षति नभए पनि लुक्लामा तारा एयर विमान दुर्घटना भएको थियो । यसैबीच, नेपाल एयरलाइन्सको विमान पनि सामँन्य दुर्र्घटनामा परेको थियो । उक्त दुर्घटनामा विमानको पङ्खामा क्षति पुगेको थियो । यी दुई दुर्घटनामा चालक दलको चलाखीका करण मानवीय क्षति नभएको नेपाल वायुसेवा निगमका अधिकारीहरूको भनाइ छ । यसैगरी गत सोमबार पनि मुगुको ताल्चा विमानस्थलमा मकालु एयरको विमान दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा पनि विमानमा सवार १० यात्रुमध्ये पाँच क्याप्टेनसहित सातजना गम्भीर घाइते भएका छन् ।
बाबुराम प्रधानमन्त्री भएको यो समयमा विमान दुर्घटना मात्र भएका छैनन् । नेपाल एयरलाइन्सको महत्त्वपूर्ण सामग्रीहरूसमेत चोरी भएका छन् । जहाजको फ्लाई अवे किक, दुईवटा पाङ्ग्रा, टि्वनअटर डीएचसी ६ का दुई मुख्य ल्यान्डिङ गियर हराएको छ । यी हराएको सामग्रीको खोजीकार्य जारी रहेको र दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बाबुरामका पालामा विमान मात्र होइन डरलाग्दा किसिमका सवारी दुर्घटनासमेत भएका छन् । दशैँ मनाएर राजधानी र्फकंदै गरेका यात्रु चढको बस बीपी राजमार्गअर्न्तर्गत सिन्धुलीको रिट्ठे भीरबाट सुनकोसीमा खस्दा ४१ यात्रुको मृत्यु भएको थियो भने १५ भन्दा बढी घाइते भएका थिए । त्यसैगरी म्याग्दीमा भएको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए भने कात्तिक २४ गते भरौलास्थित धनपुरीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा ट्याक्टर खस्दा १८ जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका थिए । त्यस्तै कात्तिक २२ गते सुनसरीको मधेशा- ४ स्थित छोपाली टोलमा भएको बस दुर्घटनामा पनि आठजनाको मृत्यु भएको थियो । यी दर्ुर्घटनामा पनि धेरैले ज्यान गुमाएका छन् भने दैनिकजसो हुने दुर्घटनामा कम्तीमा पनि दैनिक तीनजनाले ज्यान गुमाइरहेका छन् ।
सङ्ख्याका आधारमा हेर्ने हो भने बाबुरामको पालामा विमान तथा सवारीसाधन दुर्घटना र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या बढी देखिएको छ भने यसअघिका प्रधानमन्त्री झलनाथ खनालका पालामा हिंसात्मक घटनाहरू बढी भएका थिए । खनालले पदभार ग्रहण गरेको दुई महिना पनि बिताउन नपाउँदै दर्जनभन्दा बढी विष्मयकारी हिंसात्मक घटना भएका थिए । खनालले ऊर्जामन्त्री नियुक्त गर्नुभएका एमाले नेता गोकर्ण विष्टले अज्ञात व्यक्तिको खुकुरीको सामना गर्नुपर्‍यो मन्त्री घोषणा भएकै दिन । विष्टलाई आफ्नै निवासअगाडि -२८ चैत) अज्ञात समूहद्वारा खुकुरी प्रहार गरिएको थियो । सोही अवधिमा कूटनीतिक नियोगका अधिकारी, व्यापारी, सञ्चार उद्यमी, मजदुरहरू हिंसाको सिकार बनेका थिए । सञ्चार उद्यमी युनुस अन्सारीलाई एक भारतीय अपराधीले जेलभित्रै गोली हानी हत्या प्रयास गरेका थिए ।

प्राध्यापक प्याकुर्‍यालप्रति सरकारी उपेक्षा
गत कात्तिक २६ गते मस्तिष्कस्रावका कारण बेहोस भई नर्भिक भर्ना गरिनुभएका प्रोफेसर विश्वम्भर प्याकुर्‍यालको अवस्थामा केही सुधार देखिए पनि उहाँको स्वास्थ्यस्थिति उतारचढावपूर्ण रहेको बुझिएको छ । अस्पताल भर्ना गरिएको साता दिनमा पुन: स्वास्थ्यस्थिति गम्भीर देखिएपछि सघन उपचार कक्षमै उहाँको उपचार भइरहेको छ । तथापि, हिजो मंगलबार तुलनात्मक रुपमा उहाँको स्वास्थ्यमा निकै सुधार देखिएको पारिवारिक स्रोतबाट जानकारी मिलेको छ ।
अर्थविद्का रुपमा अन्तर्राष्ट्रिय रुपमै परिचित प्रा. डा. प्याकुर्‍याल लगभग दुई सातादेखि नर्भिक अस्पतालको बेडमा हुनुहुन्छ । प्राज्ञिक क्षेत्रलगायत समाजका अन्य विभिन्न तहतप्काबाट प्राध्यापक प्याकुर्‍यालको स्वास्थ्य अवस्थाप्रति चिन्ता जताउने र अस्पताल पुगेर शीघ्र स्वास्थ्य लाभका निम्ति शुभेच्छा व्यक्त गर्नेहरूको घुइँचो लागे पनि सरकारी पक्षबाट उहाँप्रति उपेक्षा दर्शाइएको अनुभुति गरिएको छ । उहाँको विद्वत् क्षमताको पहिचान गरेर वाह्य समुदायले विभिन्न आर्थिक मामलामा परामर्श लिने गरे पनि आफ्नै राष्ट्रले भने उहाँको क्षमताको पूर्ण सदुपयोग गर्न सकेको छैन । राष्ट्रबाट उच्च सम्मान प्रदान गरिनु पर्ने प्राज्ञिक व्यक्तित्वलाई बिमार अवस्थामा सरकारले दर्शाएको उपेक्षालाई दु:खदार्श्चर्यका रुपमा लिइएको छ ।

ट्रेड युनियन काङ्ग्रेस पाँचौँ सम्मेलनको तयारीमा
नेपाल ट्रेड युनियन काङ्ग्रेस -स्वतन्त्र) ले आगामी पुस ११ र १२ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा आयोजना हुने सम्मेलनको तयारीमा युनियन जुटिसकेको अध्यक्ष अच्युतराज पाण्डेले जानकारी दिनुभयो ।
०६४ सालमा नेपाल ट्रेड युनियन काङ्ग्रेस र डिकोन्टबीच एकीकरण भएपछि ०६५ चैतमा वीरगञ्जमा सम्पन्न भएको चौथो एकता राष्ट्रिय महाधिवेशनपश्चात्को यो पहिलो राष्ट्रिय सम्मेलन हो । ‘सबैका लागि सामाजिक सुरक्षा, सामाजिक सुरक्षाका लागि दिगो शान्ति र लोकतान्त्रिक संविधान’ नाराका साथ सम्पन्न हुने सम्मेलनमा वर्तमान राजनीतिक अवस्था, शान्तिप्रक्रिया र संविधान निर्माणमा भएको प्रगतिको समीक्षा, वर्तमान श्रम बजारको अवस्था, आईएलओ अभिसन्धि नं. ८७ को अनुमोदन, श्रम कानुनको सुधार, औद्योगिक शान्ति र सम्बन्ध, सामाजिक र आर्थिक नीति, सामाजिक सुरक्षा, मर्यादित काम, राज्यको नीति-निर्माण तहमा श्रमिक वर्गको सहभागिता, आप्रवासी कामदार, राज्यको पुनर्संरचनासँगै हुने महासङ्घको विधानको स्वरूप, नेपाली काङ्ग्रेसको वैधानिक संरचनामा श्रमिक वर्गको प्रतिनिधित्व एवम् सहभागिता, महासङ्घको विगत करिब तीन वर्षको समीक्षा तथा मूल्याङ्कन र सङ्गठन विस्तारलगायतका विभिन्न सवालमा बृहत् छलफल र बहस गरी आगामी रणनीति तय गरिने बताइएको छ ।
सम्मेलनमा मुलुकभरिका करिब एक हजार एक सय महाविधेशन प्रतिनिधि, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ र यससँग आबद्ध सङ्घका प्रतिनिधि, ग्लोबल युनियनका प्रतिनिधि, आईएलओ, एफएफएस, सास्क, एफएनसीसीआईका प्रतिनिधिलगायत विभिन्न सङ्घ/संस्थाका अतिथि उपस्थिति तथा सहभागिता रहने छ । सम्मेलन भव्यताका साथ सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति र आठवटा विभिन्न विषयगत उपसमितिसमेत गठन गरिएको छ ।

पौडेल-राजदूत भेटवार्ता
नेपाली काङ्ग्रेसका उपसभापति एवम् संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानका राजदूतबीच भेटवार्ता भएको छ । मंगलबार बिहान पौडेलनिवास बोहोराटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सातबुँदे सहमतिमा भएको कार्यान्वयन प्रगतिबारे पौडेलसँग राजदूतले जिज्ञासा राख्नुभएको बुझिएको छ ।
नेता पौडेलले सहमतीय राजनीतिमा केही सकारात्मक लक्षण देखिएको उल्लेख गर्दै दलहरूले सहमतिमा नै निर्णय गर्ने जवाफ दिनुभएको थियो । भेटका अवसरमा तनहुँमा सम्पन्न हुन लागेको माथिल्लो सेती जलविद्युत् योजनाबारे नेता पौडेललले कुरा गर्दा राजदूतले उक्त योजनामा जापान सरकार लगानी गर्न सकारात्मक रहेको जानकारी गराउनुभएको थियो ।

आफन्त शिक्षक राख्न खोजेपछि विद्यालय बन्द
लमजुङको चन्द्रोदय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफन्तलाई शिक्षकमा राख्न खोजेपछि गत ४ गतेबाट विद्यालय बन्द भएको छ । काम गर्दै आएका विज्ञान शिक्षकलाई हटाएर अध्यक्षले आफन्त भर्ती गर्न लागेकोले स्कुल बन्दजस्तो अप्रिय कदम उठाउनुपरेको विद्यार्थीको कथन छ ।
विद्यार्थीले व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ घिमिरेले हरेक निर्णयमा मनोमानी गरेको आरोप लगाउँदै उनले राजीनामा दिनुपर्ने भनी विद्यार्थीले नाराबाजीसमेत गरेका थिए ।

विदेशी बजारमा नेपाली कफीको माग उच्च
आगामी दश वर्षभित्र नेपालमा आठ हजार मेट्रिक टन कफी उत्पादन गर्ने लक्ष्य नेपाल कफी व्यवसायी महासङ्घले लिएको छ । सातौँ राष्ट्रिय कफी दिवसको अवसरका राजधानीमा गरिएका कार्यक्रममा महासङ्घका अध्यक्ष श्यामप्रशाद भण्डारीले दिएको जानकारीअनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएकाले अबको दश वर्षभित्रमा आठ हजार मेट्रिक टन कफी उत्पादन गर्ने लक्ष्य लिइएको हो ।
अन्तर्राष्ट्रिय बजारको मागअनुसार नेपालमा कफी उत्पादन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले माग पूरा गर्न उक्त अवधिमा १० लाख नयाँ बिरुवा हर्ुकाउने योजना रहेको बताए । उनले भने, ‘हामीकहाँ सामुदायिक जङ्गल छ, खाली जमिन छ, यी ठाउँमा कफी लगाउन सकियो भने नेपाली कफीको माग पूरा गर्न सकिन्छ ।’ गत वर्ष नेपालमा चार सय मेट्रिक टन कफी उत्पादन भएको जानकारी गराउँदै नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक रमणकुमार पाठकले व्यवसायी र बोर्डकै सहकार्यमा १० वर्षो कार्ययोजना तयार गरिएको बताए । उनले भने, ‘बोर्डमा भएको सानो पँुजीलाई चिया र कफीजस्ता व्यावसायिक खेतीमा लगाउने गरिएको छ र आगामी दिनमा पनि बोर्ड र व्यवसायीहरूको संयुक्त कार्ययोजना पूरा गर्न व्यवसायी र किसानसँग सहकार्य गरेर अघि बढ्नेछौँ ।’

ग्लोबल बैंकको विद्यार्थी बचत
विभिन्न नाम र योजना अघि सारी सार्वसाधारणलाई बैंकिङ प्रणालीमा आकरि्षत पार्ने क्रमले तीव्रता पाइरहेको बेलामा ग्लोबल बैंकले यसै साताबाट सम्पूर्ण विद्यार्थीलाई लक्षित गर्दै ‘ग्लोबल विद्यार्थी बचत खाता’ सुरु गरेको छ । बैंकले आफ्नो सेवाको सूचीमा विद्यार्थी वर्गलाई बैंकिङ सेवामा अभ्यस्त गराउने लक्ष्यसहित यसप्रकारको सेवा सुरु गरेको जानकारी गराएको छ । विद्यार्थीले नेपालभर फैलिएको शाखाहरूमार्फत यो सेवा लिन सक्नेछन् । यो सेवाअर्न्तर्गत विद्यार्थीले शून्य न्यूनतम मौज्दातमा खाता खोल्न सक्ने सुविधा दिएको छ । यो खाताअर्न्तर्गत वारि्षक ७ प्रतिशत ब्याजदर, नि:शुल्क इन्टरनेट बैंकिङ पहिलो वर्षमा नि:शुल्क मोबाइल बैंकिङ, डेबिट कार्डमा ५० प्रतिशत छुट, जुनसुकै शाखामा बैंकिङ सुविधा, विभिन्न किनमेल सेन्टरमा छुट व्यवस्था र आवश्यकताअनुसार चेकबुक उपलब्ध गराउनेलगायतका विशेषता रहेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सिटिजन्सले कर्जाब्याज घटायो
सिटिजन्स बैंक इन्टरनेसनलले कर्जातर्फ सबै शीर्षकअर्न्तर्गतका नियमित रहेका कर्जा खाताहरूमा ०.२५५ ब्याजदर घटाएको छ । देशमा छरिएर रहेको सर्वसाधारणहरूको बचत निक्षेपलाई अझ बढी प्रभावकारी ढङ्गले परिचालन गर्न बैंकका सबै प्रकारको बचत निक्षेप खाताको ब्याजदर ०.५०५ ले वृद्धि गरेकोसमेत बैंकले जनाएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रदीपजंग पाण्डेले बैंकिङ क्षेत्रमा तरलताको अवस्था हाललाई सहज हुन गएको परिस्थितिलाई दृष्टिगत गरी यो कदम चालिएको जानकारी दिँदै हालै मात्र ग्राहकले जम्मा गरेको बचत ८४ महिनामा दोब्बर हुने ‘सिटिजन्स कोसेली निक्षेप योजना’ बैंकले ग्राहकसमक्ष प्रस्तुत गरेको जानकारी गराउनुभयो ।
यसैगरी अध्यक्ष पाण्डेले बैंकले भिसा डेबिट कार्ड जारी गरी सोसम्बन्धी सेवासमेत शुरुवात गरिसकेको जनाउँदै ग्राहकलाई भिसा डेबिट कार्डमार्फत नेपाल तथा भारतमा आफ्नो कारोबार गर्न सुविधा पुगेको र चालू आर्थिक वर्षभित्र बैंकले भिसा क्रेडिट कार्डसमेत जारी गर्ने योजना रहेको पनि जानकारी गराउनुभयो । ०६८ असोज मसान्तमा बैंकको कुल निक्षेप १५ अर्ब १७ करोड, कुल कर्जा सापट १२ अर्ब १० करोड, सञ्चालन मुनाफा आठ करोड ३४ लाख र खुद मुनाफा पाँच करोड २७ लाख रहेको जनाइएको छ ।

उपकार बचतद्वारा शैक्षिक सामग्री वितरण
काभ्रेको व्यापारिक नगरीमा चार वर्षअघि स्थापना भएको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वारि्षकोत्सव विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेर मनाएको छ ।
संस्थाका अध्यक्ष ठाकुर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्यामपाटी गाविसमा रहेका ६ वटा विद्यालयका कक्षा १ देखि १० सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
संस्थाले प्रत्येक वर्ष आफ्ना सेयर सदस्यका छोराछोरीमध्ये सामुदायिक विद्यालयबाट एसएलसीमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एकजनालाई कक्षा ११ र १२ मा विद्यार्थीले रोजेको विषय नि:शुल्क अध्ययनका लागि सहयोग गर्ने संस्थाका प्रबन्धक राजकुमार खड्काले बताए ।

एनएमबी बैंकका अलग्गै काउन्टर
एनएमबी बैंक र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच बिल काउन्टर तथा नगद व्यवस्थापन गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले प्रतिष्ठानहरूमा बिल काउन्टर स्थापना गरी काउन्टरमा जम्मा रकमको उचित व्यवस्थापन गर्ने छ । साथै बैंकले प्रतिष्ठानमा कार्यरत कर्मचारी, डाक्टर तथा अध्ययनरत विद्यार्थीको सुविधाका लागि छुट्टै बैंकिङ काउन्टरको समेत व्यवस्था गरी आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा दिने उल्लेख गरिएको छ ।

शिक्षक मञ्चको नेतृत्वमा झा
नेपाल शिक्षक मञ्च र्सलाहीको मलंगवामा आयोजित महाधिवेशनले ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारा तय गर्दै सर्वसम्मतिबाट भागेन्द्र झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चका अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष भगवानदास चौधरी, उपाध्यक्षहरू जयनारायण महतो, दिनेशकुमार यादव, त्रिलोक यादव र भीमनारायण चौधरी चयन भएका छन् । त्यसैगरी महासचिवमा लालबाबु यादव, सहमहासचिवमा विजयकुमार झा, कोषाध्यक्षमा सुरेशप्रसाद ठाकुर छन् भने महिला सदस्यमा मिण्टुदेवी यादव, सरस्वती उपाध्याय चयन भएका छन् । अन्य सदस्यहरूमा जनार्दनप्रसाद साह, सत्यनारायण मण्डल, भोगानन्द मिश्र, मनिकलाल यादव, मोहनप्रसाद साह, दिनेशप्रसाद यादव, नमनारायण चौधरी, शैलेन्द्रकुमार झा, विनोद तिवारी, अशेश्वरप्रसाद यादव, तिलकराम चौधरी, रामसेवक साह, वासुदेवप्रसाद चौधरी, कृपाशंकर त्रिपाठी, मोहन यादव, कलाधर मिश्र र शिवशंकर साह चयन भएका छन् ।
महाधिवेशनको उद्घाटन सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले गरेका थिए ।

किर्ते धन्दा गर्नेहरू पक्राउ
विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको नाम, छाप, लोगो, लेटरप्याड, होलोग्राम, व्यक्तिका दस्तखत नमुना नक्कल गरी विभिन्न स्कुल-क्याम्पसका लब्धाङ्कपत्र तथा प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र आदि बनाउने गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका अच्युत न्यौपाने र काभ्रेका विनोद कोइराला रहेका छन् ।
उनीहरूबाट अर्जुन थापाको नाममा जारी गरिएको पद्मोदय माध्यमिक विद्यालय रामशाहपथको एसएलसीको र्सर्टिफिकेट, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट खेमराज मादेनको नाममा जारी गरिएको नेपाली नागरिकताको प्रमाणपत्रको पहिलो प्रतिलिपि र सो नागरिकताको प्रमाणपत्र सम्बन्धमा जानकारी माग गरी पठाएका तीन थान पत्र बरामद भएकोसमेत प्रहरीले जनाएको छ ।

विश्वकीर्तिमान राख्ने नौलो काइदा
सामुदायिक प्रहरी सेवा केन्द्र बुढानीलकण्ठमा कार्यरत प्रहरी हवल्दार शमशेरबहादुर लम्सालले विश्वकीर्तिमान बनाउन नयाँ उपाय अपनाएका छन् । २५ घन्टासम्म भुइँमा खुट्टा नटेकी लगातार मोटरसाइकलबाट यात्रा गरी कीर्तिमान कायम राख्ने उद्देश्यले गत आइतबार उनले यात्रा आरम्भ गरेका थिए । महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाले आइतबार आयोजित एक कार्यक्रमबीच लम्सालको यात्राको शुभारम्भ गराउनुभएको थियो । त्यस अवसरमा उहाँले नेपाल प्रहरी सङ्गठनको सदस्यले नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले नयाँ कीर्तिमान राख्ने अठोट राखेकोप्रति गर्व गर्दै शुभकामना दिनुभयो ।
होण्डा स्याकार कम्पनी र हिमालयन टीभीको संयुक्त व्यवस्थापनमा प्रहरी हवल्दार लम्सालले २५ घन्टासम्म काठमाडौं, धादिङ, चितवन, मकवानपुर, नवलपरासी तथा रूपन्देहीलगायतका जिल्लामा मोटरसाइकलबाट खुट्टा नटेकी यात्रा गर्ने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।

भक्तपुरमा नेपाल-भारत मैत्री पार्क
भक्तपुरको दधिकोट गाविसअर्न्तर्गत दक्षिणबाराही क्षेत्रमा नेपाल-भारत मैत्री पार्क निर्माण हुने भएको छ । नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत सञ्चालन हुने यस परियोजनासम्बन्धी सम्झौतापत्रमा भारतीय राजदूतावास र सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास परियोजनाबीच गत २ गते हस्ताक्षर भयो । साना विकास परियोजनाअर्न्तर्गत भारत सरकारको एक करोड ५७ लाख अनुदान सहयोगमा भक्तपुर जिल्लामा सञ्चालित यो तेस्रो विकास परियोजना हो ।
मध्यकालीन कला र इतिहासका लागि प्रख्यात भए पनि भक्तपुरमा जनसङ्ख्याको वृद्धि र त्यही अनुपातमा बढ्दो सहरीकरणले गर्दा जनताले खुल्ला स्थान र मनोरञ्जन क्षेत्रको अभाव झेलिरहेका छन् । हाल रहेका पार्कहरू पनि अत्यन्त भीडभाडयुक्त हुने हुँदा थप पार्क निर्माणको आवश्यकता टड्कारो रहेको छ । भारत सरकारको सहयोगमा निर्माण हुने नयाँ पार्कले काठमाडौं उपत्यकाका जनता, विशेषगरी बालबालिकालाई मनोरञ्जन क्षेत्र उपलब्ध गराउने विश्वास गरिएको छ । पार्कमा दृश्यावलोकन र परम्परागत द्वारको निर्माणसँगै खेल्ने सामग्री, पिङ तथा अन्य सामग्रीहरू राख्ने योजना रहेको बताइएको छ । परियोजनाअर्न्तर्गत एउटा खुल्ला रंगमञ्चसमेत निर्माण हुनेछ ।
सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास परियोजना, काठमाडौंद्वारा नेपाल सरकारको नीति-नियमअनुरूप कार्यान्वयन गरिने उक्त परियोजनाको समयमै गुणस्तरीय समापनका लागि तिनै निकाय जिम्मेवार हुनेछन् भने परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरूका प्रतिनिधिहरू र दक्षिणबाराही उद्यान सामुदायिक उपभोक्ता समितिका अध्यक्ष सम्मिलित एक अनुगमन समिति गठन गरिएको छ ।
उक्त पार्कको अतिरिक्त भारत सरकारको तीन करोड आठ लाख सहयोगमा भक्तपुरमा अन्य दुई परियोजना कार्यान्वयनमा रहेका छन् । मित्रराष्ट्र भारतले यस जिल्लालाई तीनवटा एम्बुलेन्स र एउटा विशेष उद्देश्यका लागि घुम्ती स्वास्थ्य भ्यान पनि उपहार प्रदान गरेको छ ।

भारतीय सहयोगमा हेलौचामा सौर्य विद्युतीकरण
भोजपुरको हेलौचा गाविसमा अत्याधुनिक तथा वातावरणको दृष्टिले विद्युत्को स्वच्छ स्रोत सोलार फोटोभोल्टिक टेक्नोलोजीको माध्यमबाट विद्युतीकरण गरिएको छ । छिमेकी मित्रराष्ट्र भारतको सहयोगमा कार्यान्वयन गरिएको यस कार्यक्रमअर्न्तर्गत एक सय ५५ घरमा विद्युतीकरण गरिएको छ भने प्रत्येक घरलाई एक-एकवटा सोलार प्यानल, मर्मत गर्न नपर्ने ब्याट्री र ७५ वाटबराबरका बत्तीहरू प्रदान गरिएको छ । ७३ लाख ३४ हजारको लागतमा निर्माण गरिएको उक्त परियोजनाबाट एक हजार ६ सय जनता लाभान्वित भएका छन् । गत २ गते शुक्रबार भारतीय राजदूतावासका रक्षा सहचारी कर्र्णोल अजय पसबोला -सौर्य चक्र) ले नेपाल सरकारका स्थानीय तहका अधिकारीहरूसमेतको उपस्थितिमा औपचारिक उद्घाटन गरी हेलौचा -भोजपुर) का उत्साहित गाउँवासी तथा गाउँ उपभोक्ता समितिलाई परियोजना हस्तान्तरण गर्नुभएको थियो ।
उक्त परियोजना कार्यान्वयनको क्रममा गाउँ उपभोक्ता समिति गठन गरिएको र यसलाई परियोजनाको ढाँचा निर्माण तथा कार्यान्वयनमा सहभागी गराइएको थियो । भैपरी आउने मर्मत-सम्भार कार्य तथा परियोजनाको हेरचाह गर्न गाउँबाट आठ व्यक्तिलाई तालिम प्रदान गरिएको र स्थानीयवासीले एक कोष खडा गरी स्थानीय बैंकमा जम्मा गरेका छन् जसको ब्याज परियोजनाको लागि आवश्यक मर्मत-सम्भारमा खर्च गरिने बताइएको छ । गाउँ उपभोक्ता समितिले उक्त कोषको व्यवस्था गर्नुको साथै परियोजनाको सुपरीवेक्षण गर्ने पनि बुझिएको छ ।

गान्धी-स्मृति अन्तरविद्यालय प्रतियोगिता सम्पन्न
भारतीय राजदूतावासको सहयोगमा गान्धी-स्मृति अन्तरविद्यालय प्रतियोगिताको फाइनल कार्यक्रम राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा गत ३ गते शनिबार सम्पन्न भएको छ । गत अप्रिल २०११ मा सुरु भएको सो प्रतियोगिताअर्न्तर्गत काठमाडौं उपत्यकाका १० ख्यात्रि्राप्त विद्यालयले भाग लिएका थिए । महात्मा गान्धी स्मृति अन्तरविद्यालय प्रतियोगिता-२०११ का अवसरमा पेन्टिङ प्रतियोगिता चाँदबाग स्कुलले, फेन्सी ड्रेस र भलिबल र्राई स्कुलले, म्याराथुन केन्द्रीय विद्यालयले, नृत्य तथा टेबुलटेनिस त्रियोग हाइस्कुलले र एकांकी नाटक आलोक विद्याश्रमले आयोजना गरेको थियो । यसैगरी मार्सल आर्ट र गायन डीएभी स्कुलले, अर्केष्ट्रा र क्रिकेट मोर्डन इन्डियन स्कुलले, एथलेटिक्स बुढानीलकण्ठ स्कुलले, निबन्धलेखन रूपिज इन्टरनेसनल स्कुल र ब्याडमिन्टन नेपाल एपीएफ स्कुलले आयोजना गरेका थिए ।
प्रतियोगितामा समावेश गरिएका १४ ओटा प्रतिस्पर्धामा ४३ विद्यालयका दुई हजारभन्दा बढी बालबालिकाहरूले सहभागिता जनाएका थिए भने नौ सयभन्दा बढी बालबालिका पुरस्कृत भएका थिए । यस अवसरमा जी टीभीको गायन प्रतिस्पर्धा सारेगम लिटल च्याम्पियन २००९ विजेता मास्टर हर्मन ब्रिजवासीले मधुर स्वरमा गीत गाएर श्रोतालाई मन्त्रमुग्ध पारेका थिए ।
महात्मा गान्धी अन्तरविद्यालय प्रतियोगिताको सुरुवात भारतीय राजदूतावासको सहयोगमा केन्द्रीय विद्यालयले अन्तरविद्यालय वादविवाद प्रतियोगिता आयोजना गरी २००९ देखि भएको हो । यसको उद्देश्य काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा रहेका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरी अन्य विद्यालयका बालबालिकासँग प्रतिस्पर्धात्मक रूपले अन्तरक्रिया गर्राई मित्रताको भावसहित समूहको भावना जगाई व्यक्तित्व विकास गर्नु रहेको छ ।
यस वर्ष गान्धी-स्मृति अन्तरविद्यालय प्रतियोगिता- २०११ को सुरुवात केन्द्रीय विद्यालयले अप्रिलमा आयोजना गरेको म्याराथुन दौडसँगै भएको थियो भने अन्तिम कार्यक्रमको रूपमा एपीएफ स्कुलले सेप्टेम्बरमा ब्याडमिन्टनको आयोजना गरेको थियो । गान्धी-स्मृति अन्तरविद्यालय प्रतियोगिताको बृहत् उद्देश्य प्राप्ति भएकोमा भारतीय राजदूतावासले प्रशन्नता प्रकट गर्दै कार्यक्रम आगामी वर्षमा पनि काठमाडांैका विद्यालयबीच बहुप्रतीक्षित वारि्षक कार्यक्रमको रूपमा रहिरहने जनाएको छ ।

एनसेलका उपभोक्ता ठग्नेलाई कारबाही
रिचार्ज कार्डमा थप शुल्क दिने सामान्य व्यापारी तथा होलसेल व्यापारीलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कारबाही गर्न थालेको छ । एनसेल कम्पनी स्रोतका अनुसार एनसेलले राजधानीलगायत विभिन्न १६ जिल्लामा अनुगमन गरी रिचार्ज कार्डमा थप शुल्क लिने व्यापारीलाई कारबाही गर्न थालेको हो । एनसेलले गत असोजदेखि आफ्ना कुनै पनि रिचार्ज कार्डमा थप शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको छ । तर, केही खुद्रा तथा होलसेलर व्यापारीले उपभोक्ताबाट थप शुल्क लिएको गुनासो आएपछि कम्पनीले यस्ता पसलेलाई सिमकार्ड बिक्री-वितरण गर्न रोक लगाएको हो ।
एनसेलका पचासदेखि सय, तीन सय, पाँच सय र हजार दरका रिचार्ज कार्ड उपलब्ध गराउँदै आएको छ । त्यसमा व्यापारीहरूले पचासदेखि सयको कार्डमा पाँच रुपैयाँ र त्यसभन्दा माथिको कार्डमा दश रूपैयाँ थप लिएर बिक्री गर्ने गरेको पाइन्छ । ‘हामीले कार्डमै व्यापारीलाई नाफा दिएकाले उपभोक्ताबाट थप शुल्क असुल्न मिल्दैन,’ कम्पनीका कर्पोरेट म्यानेजर सञ्जु कोइरालाको कथन छ । कम्पनीले उनीहरूबाट सिमकार्ड फिर्ता लिई बेच्न नपाउने व्यवस्था गरेको छ । कम्पनीले दोलखा, कास्की, तनहुँ, स्याङ्जा, सुनसरीलगायतका जिल्लामा अनुगमन गरी पहिलो चरणमा सचेत गराउने र त्यति गर्दा पनि नसच्चिए उनीहरूलाई पनि कारबाही गर्ने जनाएको छ ।

पर्यटन बोर्डलाई सर्वोच्चको आदेश
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रियालाई निरन्तरता दिन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रिया रोक्न माग गर्दै अदालतमा परेको रिटमाथिको प्रारम्भिक छलफल गर्दै गत बुधबार न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले दुवै पक्ष्ँलाई बोलाई छलफल प्रक्रिया अगाडि बढाउन भन्दै छनोट प्रक्रिया रोक्न आदेश दिएको थियो । उक्त फैसलाअनुसार सर्वोच्चले गत आइतबार दुवै पक्षबीचको छलफलपछि प्रमुख कार्यकारी नियुक्त प्रक्रिया अघि बढाउन बोर्डलाई निर्देशन दिएको हो । प्रमुख कार्यकारी अधिकृत छनोट समितिले १८ जना आवेदकमध्येबाट गत कात्तिक २३ गते १२ जना छनोट गरेपछि उक्त प्रक्रियाबाट ६ जना बाहिरिएका थिए । छनोट प्रक्रियामा नपरेका गजेन्द्रराज शर्माले समितिमा रहेका सदस्यको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेपछि छनोट प्रक्रिया स्थगित भएको थियो । शर्माले बोर्ड सदस्यसमेत रहेका ध्रुवनारायण श्रेष्ठ, गणेश सिंखडा र डिमी शर्ेपामध्ये सिंखडा र शर्ेपाको योग्यता नपुगेको भन्दै रिट दायर गरेका थिए । बोर्डमा सिंखडा र शर्ेपा प्रधानमन्त्री बाबुराम पत्नी हिसिला यमी पर्यटनमन्त्री हुँदा नियुक्त भएका थिए भने श्रेष्ठ शरतसिंह भण्डारी पर्यटनमन्त्री हुँदा नियुक्त भएका हुन् । बोर्डमा बुझाएको शैक्ष्ँिक योग्यतामा श्रेष्ठले स्नातक पास गरेको उल्लेख गरेका छन् भने सिंखडाको शैक्ष्ँिक योग्यता स्नातक भनिए पनि पास वा फेल केही भनिएको छैन । त्यस्तै शर्ेपाले भने शैक्षिक योग्यता नै पेस गरेका छैनन् ।
-मनोज पोखरेल

पर्यटन बोर्ड तेह्रौं वर्षमा
नेपाल पर्यटन बोर्ड गत साता शुक्रबारदेखि १३औं वर्षमा प्रवेश गरेको छ । नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने तथा पर्यटक प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बोर्डको १३औँ वारि्षकोत्सव कार्यक्रम उद्घाटन गर्दै पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रियका साथै आन्तरिक र गुणात्मक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । मन्त्री विष्टमगरले पर्यटनलाई बढी सेवा सुविधा दिन र जनचेतना बढाउन पर्यटन शिक्षाको विषयवस्तु पाठ्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिए ।
यसैगरी, पर्यटन बोर्डको अध्यक्ष एवम् पर्यटनसचिव डा. गणेशराज जोशीले १३ वर्षको अवधिमा बोर्डले गरेको कामको मूल्याङ्कन गरी निजी क्षेत्रको सहकार्यमा पर्यटन प्रवर्द्धन कार्यक्रम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए भने बोर्डका कार्यकारी प्रमुख सुवास निरौलाले पर्यटन प्रवर्द्धनमा समयानुकूल परिमार्जन गरिने जानकारी गराएका थिए ।

पेरिसमा नेपाल प्रवर्द्धन साँझ
नेपालको पर्यटन प्रवर्द्धन कार्यलाई जारी राख्दै नेपाली राजदूतावास, पेरिस तथा नेपाल पर्यटन बोर्ड काठमाडौंको संयुक्त आयोजनामा फ्रान्समा गत शुक्रबार एक भव्य कार्यक्रम सम्पन्न भएको छ । फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा मुख्य अतिथिको रूपमा फ्रान्सको परराष्ट्र तथा युरोपियन मामिला मन्त्रालयका एसिया विभाग प्रमुख भेरोनिक रोजर ल्याकेनका साथमा परराष्ट्रका अन्य अधिकृतसमेत उपस्थित थिए ।
कार्यक्रममा भारतका राजदूत राकेश सुद, अमेरिका, जापान, पाकिस्तान, मलेसिया, बंगलादेश, लाओस, थाइल्यान्ड, र्टर्की, होन्डुरस, म्यादगास्कर आदि मुलुकका युनेस्कोका लागि राजदूत तथा अन्य मुलुकहरूका प्रतिनिधिहरू, नेपालका लागि फ्रान्सका पूर्वराजदूतहरू, युनेस्कोअर्न्तर्गत रहेको विश्व सम्पदा समितिका निर्देशक, प्रोफेसरहरू, डाक्टर, ट्राभल एजेन्ट्स, टुर अपरेटर्स, ट्राभल पत्रकार, पेन्टर, व्यापारी, नेपाली विद्यार्थीलगायतको उपस्थिति थियो ।
सो अवसरमा फ्रेन्च भाषामा स्वागत मन्तव्य दिँदै राजदूत श्रेष्ठले हिमाल, कला, संस्कृति, जीवन, रहनसहन, नदीनाला, पहाड, कन्दरा तथा प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण नेपाल एक विविधताले भरिएको सुन्दर मुलुक भएको उल्लेख गर्नुभयो । नेपाल भगवान् गौतम बुद्धको जन्मस्थल तथा विश्वको एकमात्र जीवित देवी कुमारीको पनि घर भएको तथ्यमाथि प्रकाश पार्दै उहाँले नेपाल अत्युत्तम कलाकौशलको एक जीवित म्युजियम भएको बताउँदा उपस्थित विदेशी अतिथिले चाख मानेर सुनेका थिए । राजदूत श्रेष्ठले आफूले नेपाल पर्यटन वर्ष २०११ को सिलसिलामा फ्रान्सका विभिन्न भागको भ्रमण गर्दा नेपाल र नेपालीलाई माया गर्ने फ्रेन्चहरू प्रशस्तै भेटेर आफूलाई गर्व लागेको खुलासा गर्दै दुई देशबीचको सम्बन्धलाई बढावा दिन आ-आफ्नो किसिमले कार्यरत सबैलाई धन्यवाद दिनुभयो ।
प्रमुख अतिथि भेरोनिक रोजरले फ्रान्स तथा नेपालबीच राम्रो सम्बन्ध रहिआएको बताउँदै फ्रान्समा नेपालका हिमाल मनपराउने मानिस प्रशस्त भएको स्मरण गर्नुभयो । उहाँले फ्रान्सले नेपाललाई युरोपियन युनियनमार्फत सहयोग दिँदै आएको र आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट निर्मित ‘नेपाल नेचुरल्ली ब्युटिफुल ? वन्स इज नट इनफ’ नामक वृत्तचित्र प्रदर्शन गरेकोमा सबैले सराहना गरेका थिए । कार्यक्रममा राखिएका नेपाली निकासीयोग्य वस्तुहरू चाँदीका सामान, पश्मिना, चियाकफी, धातुका मूर्ति, काठका कलात्मक झ्यालहरू प्रदर्शनमा राखिएकामा पाहुनाहरूले रुचिपूर्वक हेरेका थिए । कार्यक्रममा सुश्री प्रशंसा केसी र विमल बसेलले विभिन्न नेपाली नाच प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सुश्री बारबरा कुटेरियरले गर्नुभएको थियो ।

श्रवणको हत्या रहस्यमै
सर्वत्र आशा र विश्वासको नजरबाट हेरिएका व्यक्ति डा. बाबुराम भट्टर्राई प्रधानमन्त्री हुँदा आमनेपालीझैं ललितपुर झरुवाराशीका ध्रुवबहादुर खड्का पनि खुसी बनेका थिए । त्यसमाथि गृहमन्त्री विजयकुमार गच्छदारले शान्तिसुरक्षाका मामलामा आफूले ऐतिहासिक काम गरेर देखाउने दाबी गर्दा देशमा साँच्चै सुरक्षा-व्यवस्था राम्रो हुने भयो, निरपराध नागरिकले अकालमा ज्यान गुमाउनु नपर्ने भयो भनी सबैमा पलाएझैं ध्रुवबहादुरमा पनि थप आशा पलायो । तर, गृहमन्त्री गच्छदारले शान्तिसुरक्षा कायम गर्ने दाबीका साथ दिएको भाषण सेलाउन नपाउँदै सुरक्षा-व्यवस्थाको फितलोपनकै कारण वृद्ध ध्रुवबहादुरले आफ्नो एक मात्र छोरा गुमाउनुपर्‍यो ।
घटना गत कात्तिक २२ गते साँझको हो । डेढ दशकदेखि ठमेलमा व्यवसाय सञ्चालन गर्दै आएका श्रवण खड्का मोटरसाइकलमा सवार भई झरुवाराशीस्थित निवास पुग्नै लागेका थिए । साँझको सात-साढे सातको समय थियो । घर पुग्न दुई सय मिटरजति मात्र बाँकी रहँदा छिमेककै एक व्यक्ति बाटोमा भेटिएकाले श्रवण रोकिए र ती व्यक्तिसित गफ गर्न थाले । यस्तैमा पचास मिटरजति पर खेतबाट एक्कासि चार-पाँचजना केटा दौडँदै आए । उनीहरूमध्ये दुईले श्रवणलाई समातेर मुख थुने र बाँकीले शरीर खानतलासी गर्दै मोबाइललगायतका सामान लुट्न थाले । अचानक आइपरेको विपत्तिबाट अलमलिएका श्रवणले प्रतिवाद गर्दै ‘तिमीहरू को हौ ? के गरेको यस्तो ?’ भनी सवाल गरे । उनले यति भन्दाभन्दै एउटाले पेस्तोल झिकेर श्रवणको छातीमा प्रहार गर्‍यो । उनी त्यहीँ ढले । उपचारका लागि बी एण्ड बी अस्पताल दौडाइएका अचेत श्रवणलाई अस्पतालमा मृत घोषणा गरियो । यसरी एक निरपराध तथा होनहार युवा व्यवसायीको प्राण हरण भयो ।
सुरक्षाको डिंग हाँक्ने गृहमन्त्रीका लागि त यस्ता घटना साधारण हुन सक्ला, तर ६-७ जना सदस्य रहेको परिवारका एक्ला सारथि गुमाउनुपरेको पीडा सम्बन्धित परिवारलाई कति परेको होला, कुनै पनि संवेदनशील व्यक्तिले महसुस गर्न सक्छ । प्रहरी प्रशासनले घटनाको अनुसन्धानका क्रममा केही व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । तर, घटनाको यत्तिका दिन बितिसक्दा पनि अपराधीको छेउसम्म पुग्न नसक्नुलाई प्रहरीको कमजोरी मात्र ठानेर चित्त बुझाउने कि सिङ्गो गृह प्रशासन र उसको सुरक्षा व्यवस्थामाथि औंला उठाउने ? स्वाभाविक रूपमा सर्वत्र यो जिज्ञासा उठेको छ ।
ग्ााउँ-टोलमा श्रवण आँखामा राखे पनि नबिझाउने व्यक्तिका रूपमा प्रशंसित थिए । उनको कसैसँग व्यक्तिगत दुश्मनीको कुरै नगरौँ सामान्य भनाभन पनि परेको कसैको जानकारीमा छैन । सामाजिक काम भनेपछि हुरुक्कै हुने श्रवणकै अगुवाइमा हालै मात्र सन्तानेश्वर महादेव मन्दिरको जीर्णोद्धारका लागि नौ लाख चन्दा रकम सङ्कलन भएको थियो । श्रवणकी जीवनसङ्गिनी शशि खड्का भन्छिन्, ‘मसँग सबै कुरा सेयर गर्नुहुन्थ्यो, कसैसँग लेनदेन पनि थिएन, कसैलाई मारौँ-पारौँ भन्ने भाव उहाँको मात्र होइन खड्का परिवारका कसैको पनि रगतमै छैन । उहाँजस्तो व्यक्तिको सम्झाँझै खुल्लमखुल्ला हत्या भएको घटना कसरी सहन गर्न सकिन्छ -‘
श्रवणजस्ता गुणी व्यक्तिको ज्यानै लिनेगरी भएको घटनालाई स्थानीयले पनि सहज रूपमा लिन सकेका छैनन् । घटनाको यथार्थ पत्ता लगाई दोषी पक्रिएर कारबाही अघिबढाउन स्थानीय जनताले लगातार आवाज उठाउँदै आएका छन् । पीडित परिवारमा श्रवणका वृद्ध पिता, एकल पत्नी र दुई छोराछोरी छन् । बित्ने त बितिहाले तर परिवारको श्रवणकुमारजस्ता आज्ञाकारी छोरा, मायालु पति र स्नेही पिता गुमाउनुपर्दा बाँच्नेले कसरी मन बुझाउने ? यसको जवाफ गच्छदार नेतृत्वको गृह प्रशासनले कसरी दिन्छ, प्रतीक्षाकै विषय बनेको छ ।

राजाको श्रीपेच जनतालाई दिनुपर्छ : नेता चन्द्र भण्डारी
नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले राजाको शिरबाट खोसेको श्रीपेच नेताहरूले लगाउन खोजेको आरोप लगाउँदै श्रीपेच नेताहरूले होइन अब जनताले लगाउनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन लमजुङले बेसीसहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले जनतालाई अधिकारसम्पन्न नबनाई देश समृद्ध बन्न नसक्ने जिकिर गरेे । बिप्पा सम्झौताबारे नेपाली काङ्ग्रेसको धारणा के छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता भण्डारीले प्रधानमन्त्री भट्टर्राईले भारत भ्रमणका क्रममा गरेको लगानी प्रवर्द्धन एवम् संरक्षण सम्झौता देशको निम्ति सकारात्मक भए पनि नेपाली काङ्ग्रेसले यसको समर्थन र विरोध केही पनि नगरेको बताउँदै उनले सबैभन्दा पहिले आफ्नै देश र जनताको सुरक्षा गर्न नसक्ने सरकारले विदेशी लगानीको सुरक्षा गर्छु भन्नु मूर्खता हो । यसैबीच नेता भण्डारीले माओवादीले अझै पनि सामाजिक सद्भाव खलबल्याउने र जातीय आधारमा राज्यको पुनर्संरचना गर्ने विचार नत्यागेको जिकिर गर्नुभयो ।
मुलुक परिवर्तन गर्नका लागि सबैभन्दा पहिले हामी आफंै परिवर्तन हुनुपर्नेमा जोड दिँदै शान्ति र संविधानको लक्ष्यमा दलहरू लाग्नुपर्ने बताए । दलका नेताहरू पार्टीगत र व्यक्तिगत स्वार्थमा लिप्त भएकाले देश लथालिङ्ग बनेको दाबी गर्दै युवा नेता भण्डारीले राजाको शिरबाट खोसेको श्रीपेच नेताहरूले लगाउन खोजेको आरोप लगाए । राजाबाट खोसेको श्रीपेच जनताले लगाउनुपर्ने भन्दै नेता भण्डारीले जनता नै र्सर्वेसर्वा रहेकोे जिकिर गरे ।
भ्रातृ सङ्गठन विघटनले पार्टीमा समस्या निम्त्याएको छ नि भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा नेता भण्डारीले भ्रातृ सङ्गठन विघटन नगरेको दाबी गर्दै म्याद सकिएको कारणले भ्रातृ सङ्गठनको म्याद नथपेको बताए । माओवादी सुध्रिए संविधानसभाको म्याद एक वर्ष थप्न सकिने बताउँदै दलहरू नमिलीकन शान्ति र संविधान बन्न नसक्ने भएकाले मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।
-छविलाल बगाले

बालश्रमिकका लागि जापानी सहयोग
होटल तथा रेस्टुराँमा काम गर्ने बालश्रमिकको संरक्षण तथा बालश्रम न्यूनीकरणका लागि जापान सरकारले दश करोड सहयोग दिने भएको छ । यो रकम काठमाडौं उपत्यकामा सञ्चालित होटल तथा रेस्टुराँमा काम गर्ने बालबालिकको संरक्षणमा खर्च गरिने बताइएको छ ।
सन् २०११ मा जापानी गैरसरकारी सङ्गठन परियोजनाका लागि अनुदान दिने योजनाअनुसार जापान सरकारले उपलब्ध गराएको उक्त रकम साप्ला निर (जापान विदेशी सहयोग स्वयम्सेवक) परियोजानामार्फत उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लाका शिक्षा कार्यालय र सिविन -नेपाल बाल श्रमिक सरोकार केन्द्र)सँग समन्वय गरेर खर्च गरिने जापानी दूतावासले जनाएको छ ।

कुटपिटबाट ‘डाँका’को मृत्यु
बारा बिसुनपुर्वा-८ मा स्थानीय बासिन्दाको कुटपिटबाट डकैती कार्यमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गत आइतबार राति बिसुनपुर्वाका शिवशङ्कर सहनीको घरमा ६/७ जनाको डाँका समूहले घरको पर्खाल फोडेर प्रवेश गरी शिवशङ्कर र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर नगद तथा सुनचाँदीका गहना लुटेका थिए । लुटेर भाग्ने क्रममा स्थानीयवासीले थाहा पाई प्रतिकार गर्ने क्रममा डाँकामध्येका मृतकलाई नियन्त्रणमा लिई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । फरार डाँकाहरूको खोजतलास जारी रहेको प्रहरीको कथन छ ।
यसैगरी टोलका बच्चाहरूको अपहरण गर्न खोजेको आरोपमा गत शनिबार काठमाडौं महादेवस्थान शृङ्खलागल्लीमा स्थानीयले एक मोटरसाइकल तोडफोड गरेका छन् । बा.२५ प ३८५७ नम्बरको मोटरसाइकलका धनीबारे भने अझै पत्तो लाग्न सकेको छैन ।
सो स्थानका लक्ष्मण थोकर तामाङका १२ वर्षीय छोरा नीरज थोकर तामाङ र नौ वर्षीय निशान थोकर तामाङलाई चारजनाको समूहमा आएका व्यक्तिले हातपात गरी जबर्जस्ती उठाएर लैजान खोज्दा पीडित बालक भागेर घर पुगेका थिए । उनीहरूले खबर गरेपश्चात् स्थानीय टोलवासीले घटनास्थलमा रहेको मोटरसाइकल तोडफोड गरेको बताइएको छ ।