कर्फ्यू तोडेर नागरिक विरोध प्रदर्शनमा निस्कँदा अमेरिकमा संक्रमणको थप खतरा

कर्फ्यू तोडेर नागरिक विरोध प्रदर्शनमा निस्कँदा अमेरिकमा संक्रमणको थप खतरा


कोभिड–१९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको डब्लुएचओले जनाएको छ ।

नेपाली समयानुसार मङ्गलबार (२ जुन) अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन् भने विश्वभरीमा ३० लाख ८५ हजार १४० हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

डब्लुएचओले आफ्नो दैनिक विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४१ हजार १२० को मृत्यु भएको छ । युरोपमा २० लाख ४३ हजार ५२२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७४ हजार ८६० को मृत्यु भएको छ ।

एसियामा ११ लाख ७० हजार ९१६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३१ हजार ३८० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५५ हजार ३८ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार ३६९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु

संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् ।

तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।