नवनिर्मित सेवाग्राही प्रतीक्षालयको उद्घाटन

नवनिर्मित सेवाग्राही प्रतीक्षालयको उद्घाटन


विकास रौनियार, धादिङ

इलाका प्रहरी कार्यालय गजुरी धादिङको परसरमा निर्माण भएको सेवाग्राही प्रतीक्षालयको औपचारिक उद्घाटन भएको छ ।

सेवाग्राही प्रतीक्षालयको समुदघाटन कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले आफ्नो मन्तब्य राखेका थिए ।

उद्घाटन कार्यक्रम इलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।

गजुरी गाउँपालिकाको अनुदान सहयोग तथा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राही प्रतीक्षालयको निर्माण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी गजुरीका कार्यालय प्रमुख इन्स्पेक्टर नेत्रप्रसाद भट्ट, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, समाजसेवीको समेतको उपस्थिति रहेको कार्यक्रमको संचालन कार्यालयको सुचना अधिकारी इन्स्पेक्टर भोजराज पाण्डेले गरेका थिए।