भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु


विकास रौनियार, धादिङ

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १ पात्लेस्थित भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

शनिबार विहान ८ बजेको समयमा घाँस काट्ने क्रममा भीरबाट लडेर २३ वर्षीया दीपिका गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

झण्डै सय मिटर तल खसेर घाइते भएकी उनको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको हो ।