छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन


भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गरेका प्रभावशाली नेता जोगीको शुक्रबार (२९ मे) एक निजी अस्पतालमा निधन भएको हो ।

७४ वर्षीय जोगीलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । सन् २००४ मा एक सडक दुर्घटनामा गम्भीर घाइते भएर बाँचेका जोगी विगत १६ वर्षदेखि ह्वीलचेयरमै थिए । तथापि, उनको राजनीतिक प्रभाव कायम थियो ।

उनकी श्रीमती रेनु जोगी प्रदेशसभा सदस्य हुन् भने छोरा अमित जोगी प्रदेशसभाका पूर्वसदस्य हुन् ।

स्थानीय समय अनुसार शुक्रबार दिउँसो ३ः३० मा उनले अन्तिम स्वास फेरेर विदा भएका अस्पतालका एक चिकित्सकले बताएका एएनआईले जनाएको छ । उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो ।

जोगीलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल खेम्काले जानकारी दिए ।

कर्मचारीबाट राजनीतिमा प्रवेश गरेका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै सन् २०० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए ।