विद्यालय भरिभराउ भएपछि रुखमुनि क्वारेन्टिन

विद्यालय भरिभराउ भएपछि रुखमुनि क्वारेन्टिन


नारद कोहार, कपिलवस्तु

जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ८ का चन्द्र भुषण मल्लसहित २३ जना व्यक्ति २ साताअघि भारतको मुम्बईबाट आए । वडा नं. ८ को बाँसकोर, खोरिया, सिहोखोर लगायतका विद्यालयमा भारतबाट आएका व्यक्ति भरिभराउ छन्।

१४ दिन क्वारेन्टिनमा बस्नुपर्ने सरकारको नियमअनुसार स्थानीय विद्यालय खाली नभएपछि मधुनगरामा आँपको रुखमुनि आस्थायी क्वारेन्टिनमा बस्नु परेको मल्लले दुखेसो पोखे ।

त्यस्त, यशोधरा गाँउपालिका वडा नं. ८ का विक्रम पासी माहामारीमाको पीडामा जनता छट्पटिरहेका बेला निर्वाचित प्रदेश र संघीयय जनप्रतिनिधि कता हराए भन्दै प्रश्न गरेका गरेका छन् । चुनावका बेला ठुला ठुला गफ गर्ने नेताहरु अहिले मुख देखाउनै छाडिसकेको उनले बताए ।

यशोधरा गाँउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले गाउँपालिकाको वडा नं. ८ मा बाँसखोर, खोरिया र सिहोखोरस्थित विद्यालयमा भारतका विभिन्न शाहरबाट आएका व्यक्तिले विद्यालयका क्वारेन्टिन भरिभराउ रहेकोले रुखमुनि आस्थायी क्वारेन्टिनमा राख्न आफूहरु बाध्य भएको बताए । अध्यक्ष पाण्डेले त्यहाँ राखिएकाहरुलाई खानाको व्यवस्थापन गरिरहेको जानकारी दिए ।

उनका अनुसार क्वारेन्टिनमा राखिएकाहरुको पीसीआर परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट नआएको बताए।

यो महामारीको बेला नत संघ न त प्रदेशका प्रतिनिधिले जनताको समस्या बुझ्न नआएको अध्यक्ष पाण्डेले बताए। नेपाल रेडक्रस सोसाइटीमा पालको लागि पहल गरे पनि उपलब्ध नभएको उनको भनाई छ।

जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांकअनुसार जिल्लाको १० वटै स्थानीय तहले निर्माण गरेको २ सय क्वारेन्टिनमा १ हजार १९० बेड रहेका छन् । कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ जसमा १५ जना कोरोना जितेर घर फर्किसकेका छन्।