विकास रौनियार
१३औँ गणतन्त्र दिवसका अवसरमा धादिङ कारागारमा रहेका चार बन्दीको कैद सजाय मिनाहा भएको छ । सवारी ज्यान मुद्धामा जिल्ला कारागार धादिङमा रहेका चार जनाको कैद तथा सजाय मिनाहा भएको कारागार धादिङका जेलर गंगालाला योगीले जानकारी दिए ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ र फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम बाँकी कैद कट्टा अर्थात मिनाहा गर्ने नेपाल सरकारको निर्णयअनुसार सजाय मिनाहा गरिएको बताइएको छ ।
ज्ञातव्य छ, गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २ सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको थियो । सोअन्तर्गत धादिङ कारागारका चार जनाको कैद सजाय मिनाहा गरिएको हो ।
प्रतिक्रिया