मंगलबार मात्रै ९० जनामा सङ्क्रमण, देशभर सङ्क्रमित संख्या ७ सय ७२

मंगलबार मात्रै ९० जनामा सङ्क्रमण, देशभर सङ्क्रमित संख्या ७ सय ७२


कोभिड–१९ को सङ्क्रमण एकै दिन ९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार (१३ जेठ) एकै दिन १५ जिल्लामा ९० जनामा पुगेसँगै सङ्क्रमितको सङ्ख्या ७ सय ७२ पुगेको जानकारी दिए । यो अहिलेसम्मकै सबभन्दा ठूलो सङ्ख्या हो ।

सोमबार पनि ७९ जनामा सङ्क्रमण देखिएको थियो । मंगलबार महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२ , सिराहामा पाँँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्धाखाचीमा दुई , गुल्मीमा दुई, कैलाली र अछाममा एक एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जनामा देखिएको डा. देवकोटाले जनाए ।

बताइएअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरी, मनरा गापा १० वडा नं २ का ३० र ३५ वर्षीय पुरुष, जुम्ला हाल बारामा कार्यरत दुई जना ३५ र ३६ वर्षका पुरुष, बारा पचाटा नपा वडा नंं १ का पिपरपती मावि क्यारेन्टिनम रहेका तीन जना क्रमशः १९, ३० र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी रौतहट गौर नगरपालिका वडा नंं १, २ र ६ का आठ जना चार वर्षदेखि ४० वर्षका छन् । तिमध्ये एक महिला र सात पुरुष छन् ।

यसैगरी रौतहट देवाही गोनाही नगरपालिका वडा नं। २, ७ र ८ नम्बर वडाका ६ जना १८ देखि ४१ वर्षका पुरुष छन् । रौतहट कै करुनिया वडा नं १ र ४ का २६ देखि ४८ वर्षका ६ पुरुषमा पनि सङ्क्रमण देखिएको छ । रौतहटकै राजदेवी नगरपालिका वडा नंं ६ का २२ वर्षीय एक पुरुष, रौतहटकै गरुडा नगरपालिका वडा नंं १ का २४ वर्षीय पुरुष छन । सिराहा नवराजपुर वडा नंं १ का १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउपालिका वडा नंं ४ र ५ का २५ देखि २९ बर्षीय चार पुरुष, धनुषा वेलामुखियायत्ति गाउँपालिका वडा नं १ का २२ बर्षीय एक पुरुष छन् ।

यस्तै, भेरी अस्पतालमा नेपालगञ्जमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । बाँकेका २० वर्षदेखि ४६ वर्षसम्मका सात जना पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार रुपन्देहीको परीक्षणमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षका दुई पुरुष, अर्घाखाची कमला माविमा रहेका १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका एक ३६ वर्ष र अर्को एक जना उमेर नखुलेका पुरुष गरी दुई र रुपन्देही लुम्बिनी अस्पतालमा २२ वर्षका एक जना छन् ।

सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलाीलका ३८ वर्षीय पुरुष र अछामका एक ११ वर्षीय महिला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा बालिङ ७ का २० र २९ बर्षीय दुई पुरुष छन् ।

सुर्खेत प्रादेशिक अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । सुर्खेत विरेन्द्रनगर वडा नंं १, २, ३ र ६ का ९ वर्षदेखि ४६ वर्षका आठ जना रहेका छन् । तिमध्ये एक जना महिला र सात पुरुष छन् । यसैगरी सुर्खेत भेरीगंगा ८ का १६ र १७ वर्षका दुई पुरुष, सुर्खेत सिम्ता ४ का ३५ र ४९ वर्षका दुई पुरुष, यस्तै कपिलवस्तुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई वर्षदेखि ५५ वर्षसम्मका २४ जना रहेका छन् । तिमध्ये एक महिला र २३ पुरुष छन् । अहिलेसम्म ७७२ सङ्क्रमितमा ६८८ पुरुष र ८४ महिला छन् ।

यसैगरी १५५ जना डिस्चार्ज भएका छन् । तिमध्ये १२४ जना पुरुष र ३१ महिला छन् । आज मात्र नारायणी अस्पतालमा पर्साका ४३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरु आज ११ देखि १६औँ दिनमा डिस्चार्ज भएका हुन । तिमध्ये दुई महिला र ४१ पुरुष छन् । यसैगरी आरडीटी ९७ हजार ९६७ जना र पीसीआर ५४ हजार ६९७ जनाको गरिएको छ ।