जापानमा व्यवसाय खुल्ला, हिँडडुल पनि बेरोकटोक

जापानमा व्यवसाय खुल्ला, हिँडडुल पनि बेरोकटोक


जापानमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको ‘आपतकाल’ देशभरबाट हटाइएको छ । कोरोना भाइरसको संक्रमण अपेक्षाअनुरुप घटेपछि बाँकी रहेका प्रिफेक्चरहरुबाट आपतकाल हटाइएको हो ।

प्रधानमन्त्री शिन्जो आबेले टोकियोसहित केही प्रिफेक्चरहरुमा जारी रहेको आपतकाल हटेको सोमबार (२५ मे) साँझ आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानभर लागू गरिएको आपतकाल गत हप्तासम्म ४२ प्रिफेक्चरहरुमा हटाइएको थियो । बाँकी रहेका टोकियो, खानागावा, चिबा, साइतामा तथा होक्काइदोमा सोमबारदेखि हटाइएको हो ।

आपतकाल हटाइएसँगै व्यवसायहरु खुल्न र घरबाहिर निस्कन नागरिकहरुलाई कुनै रोकटोक गरिने छैन ।