उपत्यका प्रदेशअन्तर्गतका एक सय उन्नाइस सञ्चारकर्मीको कोभिड विमा

उपत्यका प्रदेशअन्तर्गतका एक सय उन्नाइस सञ्चारकर्मीको कोभिड विमा


कोभिड–१९ को माहामारीबीच संक्रमणको जोखिम मोलेर फ्रन्टलाइनमा काम गरिरहेका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिअन्तर्गत काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका १ सय १९ जना सञ्चारकर्मीको कोभिड पत्रकार बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितका महासचिव श्रीजन झाको पहल एवम् मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिसञ्चारकर्मी एक लाख रुपैयाँको कोरोना बीमा गराइएको हो ।

प्रदेशअन्तर्गतका जिल्ला आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि मिसन मिडिया क्लबले १ सय १९ जनाको बीमा शुल्क तिर्न सबै आर्थिक सहयोग गरेको जानकारी दिँदै उपत्यका प्रदेश समितका महासचिव झाले बीमाका लागि प्रतिव्यक्ति रु ६ सय रुपैयाँ तिरिएको जानकारी दिए ।

उक्त बीमानुसार कुनै पत्रकार कोभिड–१९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।

यसअघि कोभिड संक्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्ष समेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका थिए ।

मुलतः जोखिमको यस विषम अवस्थामा सञ्चारकर्मीले निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन क्लबसँग सहकार्य गरिएको जानकारी दिँदै संस्थागत रुपमा क्लबको तर्फबाट पत्रकारको विमा गराउने जिम्मेवारी महासंघ उपत्यका प्रदेशले क्लबर्लाई प्रदान गरेकोमा क्लबले यसलाई एक महत्वपूर्ण अवसरको रुपमा लिँदै गौरव महसुस गरेको क्लबका कोषाध्यक्ष रिना महर्जनको भनाई छ । ।

महासचिव झाका अनुसार दोस्रो चरणमा थप २ सय ५१ जनाको पनि कोभिड पत्रकार विमाको आवश्यक तयारी लगभग पूराभइसकेको र नामावली संकलनको आव्हान गर्ने तयारी भइरहेको छ ।