कपिलवस्तुमा तीन सञ्चारकर्मी कोभिड-१९ बाट संक्रमित

कपिलवस्तुमा तीन सञ्चारकर्मी कोभिड-१९ बाट संक्रमित



एस. क्षेत्री,
कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकामा शनिबार (१० जेठ) ८ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ७ पुरुष र १ महिलामा कोरोना देखिएको छ ।

बाणगंगाका नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहानको तथ्याङ्कअनुसार वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कपिलवस्तुमा शनिबार संक्रमित फेला परेकामा बाणगंगा नगरपालिकाका ५ पुरुष र १ महिला गरि ६ जना तथा बुद्धभुमि नगरपालिकाका २ पुरुष छन् ।

बाणगंगा नगरपालिकामा फेला परेका कपिलवस्तुमा मध्य ४० वर्षीय पुरुष वडा अध्यक्ष र २७ वर्षीया महिला संचारकर्मी हुन् । यो सँगै कपिलवस्तुमा तीन जना संचारकर्मी कोरोना संक्रमित भएका छन् । कपिलवस्तुमा अहिलेसम्म संक्रमितको सङ्ख्या ७७ पुगेको छ ।

शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।