नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुग्यो


स्वाब परीक्षणका ताजा रिपोर्ट सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणको शुक्रबार बिहान (९ जेठ) अध्यावधिक विवरणअनुसार तीस जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

मन्त्रालयका अनुसार उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरवपालिका–६ केसरबाघ चितवनका ७३ वर्षीया महिला र ७४ वर्षीय पुरुष छन् । यस्तै, नवलपरासी सुस्ता गाउँपलिका–५ र रामग्राम नगरपालिका–३ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको बताइएको छ ।

अन्य संक्रमितमा कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, र ५३ वर्षीय पुरुष तथा ८ वर्षीया बालिका रहेका छन् भने सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वर्षीय पुरुष, रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५ २७ ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष तथा १८ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।