अर्को पुस्ता नपर्खिकन मुलुकको समृद्धि हेर्ने हो भने…

अर्को पुस्ता नपर्खिकन मुलुकको समृद्धि हेर्ने हो भने…


■ डिल्लीराम अम्माई

मानिसको श्रम र दिमाग अरु देशले किन्नु, बेचिनु वा कुनै कारणले दक्ष जनशक्ति क्रमशः मुलुकबाहिर पलायन हुँदै जानु भनेको कालान्तरमा देश सकिनु हो । त्यसैले राज्यले गतिलो नीति बनाएर देश निर्माणको महत्वपूर्ण जनशक्तिलाई बाहिरिन दिनु हुँदैन । यदि कुनै कारणले कुनै कालखण्डमा बाहिरिन पुगेको रहेछ भने पनि उसलाई देशभित्र ल्याउने नीतिगत ढोका बनाउनु जरुरी हुन्छ । देशभित्रका नागरिकबीच कति कर्तव्यहीन अनागरिक छन् र देशबाहिरका नेपालीहरूबीच कति कर्तव्यनिष्ठ नागरिक छन् अब छुट्ट्याउन जरुरी छ । मुलुकको समृद्धि अभियानभित्र र बाहिरबाट सांस्कृतिक क्रान्तिलाई नजोडी नहुने अवस्था छ । ओम्नीको ८० टन स्वास्थ्य सामग्रीमा कमिसन यन्त्रणा, चीनले जिटुजी अस्विकार गर्दा पनि कमिसनको खेलमा विमान चार्टर, शंकर ग्रुपका मालिक सुलभ अग्रवालहरूको धन्दाहरू हेर्दा मुलुकले चरित्र रुपान्तरणको लागि अर्को साँस्कृतिक क्रान्तिको माग गरेको होकि जस्तो लाग्छ ।

यो बेला भनेको नेपालमा योजना बनाएर प्रविधि भित्र्याउने समय हो । समयको अनुबन्धमा दक्ष नेपालीहरूलाई नेपाल फर्कन आह्वान गरिनु पर्छ, फिजीमा रहेका उखुखेती विशेषज्ञदेखि अमेरिका, क्यानाडा, ब्रुनाईका खाद्य विज्ञ, वैज्ञानिक र स्वास्थ्यकर्मीहरूलाई एउटै नीति बनाएर नेपाल आमन्त्रण गर्न अब ढिलाई गर्नु हुँदैन । नेपालीहरूले मध्यपूर्व, लगायत संसारभरी पूर्ण सीप पनि लिएर गएका थिएनन् । समर्पण भावना र देशभक्ति त झन् लिएर गएका थिएनन् । केवल पेटको बाध्यता र ऋणले थिचिएको निरास शरीर लिएर गएका थिए । तर अहिले हेरौँ त, उनीहरूले पसिना बगाएका देशहरूमा स्वर्गका फूलहरू फुलिरहेका छन् ।

नेपालीहरू नेपाल फर्केर आए भने निखारिएको सीप मात्रै लिएर आउने छैनन्, समर्पण र देशभक्ति भावना पनि लिएर आउने छन् । त्यसैले पुस्तौनी लिखत र समयको गतिलाई सिमारेखाले काटेर पवित्र देशभक्तिलाई विभाजित गर्नु दुर्भाग्य हुन्छ । अमेरिका र युरोपले झैँ सबै दक्षताहरू किन्ने हैसियत नभए पनि आफ्ना नागरिकहरूमा निहीत सीपहरू सम्पतिमा बदल्ने हैसियत राज्यले अब राख्नैपर्छ ।

गलत नीति र अभ्यासकै कारण राज्यकै लगानीबाट बनेका दक्ष नागरिकहरू मुलुकबाट कसरी पलायन भैरहेका छन् ? नेपाल सरकारको रेकर्डमा छ कि छैन कुन्नि ? ‘केही वर्षअघि कोलम्बो प्लानअन्तर्गत देशभरि पाकिस्तान सरकारले प्रदान गरेको २४ जना पाइलट तथा १८ जना इन्जिनियरले तालिम लिएर स्वदेश फर्केपछि मात्रै विदेशी पाइलटहरू विस्थापित भएका थिए । यी तमाम पदमा नेपाली मात्रको संलग्नता तथा विदेशीको विस्थापनबाट उड्डयन क्षेत्रमा प्राप्त आत्मनिर्भरताले अन्य क्षेत्रमा पनि आत्मनिर्भर बन्न प्रोत्साहित गऱ्यो । तर, अहिले अवस्था उल्टिँदै छ । यो सबै राज्यपक्षले हेक्का राख्नैपर्छ ।

०४६ सालको जनआन्दोलन पश्चात् बहुदलका विभिन्न सरकारका पालामा त हवाई माफियाहरूको खुला बजार बन्न गयो निगम । धमिजा काण्ड, साउथ चाइना काण्ड हुँदै निगमलाई जमिनको धुलो चटाउने लाउडा काण्ड भयो । सोही काण्डमा कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई आयोगसमक्ष बयान गराउन तत्कालीन निगम व्यवस्थापनले निगमको बिल्डिङमै उभ्याउन बाध्य गराएका थिए ।

राज्यले सुधार्न सक्ने तर चासो नदेखाएका माफियातन्त्रका यस्तै उदाहरणहरूले हामीलाई ज्यादै दुखित बनाएको छ । निगमले सन् १९८७–८८ मा अमेरिकाको बोइङ कम्पनीसँग खरिद गरेको ७५७ विमानको मूल्य लगभग साढे पाँच करोड अमेरिकी डलर थियो । सोही समय चीन सरकारले पनि त्यस्तै विमान साढे तीन करोड डलरमा किनेको थियो । उक्त ७५७ विमान उडाउने तालिम लिन अमेरिकाको सियाटल गएका नेपाली (पाइलट, इन्जिनियर) को जम्काभेट सोही विमानमा तालिम लिन गएका अन्य राष्ट्रका पाइलट–इन्जिनियरहरूसँग भयो । बोइङ ७५७ जहाजको तालिम सकेर लगभग एकै समय आफ्नो देश फर्केका नेपाली पाइलटले त उक्त बोइङ ७५७ विमान आफैं उडाए तर अमेरिकाबाट बोइङ ७५७ विमान मर्मतसम्भार गर्ने तालिम सकेर आएका नेपाली इन्जिनियरहरूलाई उक्त जहाज मर्मतसम्भार गर्न दिइएन । बरु तत्कालीन निगम व्यवस्थापनले हङकङको एउटा कम्पनीलाई मर्मत–सम्भारको ठेक्का सुम्पेको थियो । अमेरिकामा नेपालीसँगै तालिम लिएका चिनियाँ इन्जिनियरले भने आफैँ गजबले जहाज मर्मत गरे । यो सबै राज्य संलग्न भएर गरिने भ्रष्टाचारका लागि थियो भन्ने कुरा यो घटनाले पुष्टि गर्छ । नेपाली कर्मचारीलाई मर्मत गर्न लगाए कमिसन नआउने भएर त्यसो गरिएको स्पष्टै बुझ्न सकिन्छ ।

देशमा बहुदल आएपछि राजनीतिको आडमा मौलाएको भ्रष्टाचारको अवस्था झन् भयावह छ । २०४६ सालको जनआन्दोलन पश्चात् बहुदलका विभिन्न सरकारका पालामा त हवाई माफियाहरूको खुला बजार बन्न गयो निगम । धमिजा काण्ड, साउथ चाइना काण्ड हुँदै निगमलाई जमिनको धुलो चटाउने लाउडा काण्ड भयो । सोही काण्डमा कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई आयोगसमक्ष बयान गराउन तत्कालीन निगम व्यवस्थापनले निगमको बिल्डिङमै उभ्याउन बाध्य गराएका थिए । उड्डयन क्षेत्रमा अन्यन्त कडा परिश्रमका साथ राष्ट्रले गौरव गर्नलायक आत्मनिर्भरतालाई समाप्त पार्दै यस क्षेत्रमा घुसेका माफियाले ४ फेब्रुअरी १९९२ देखि लाउडा विमानको विनाशलीला समाप्त नभएसम्म आठ वर्ष निरन्तर १९ पटकसम्म विदेशी विमान भाडामा ल्याउने र विदेशी पाइलट भित्र्याउने गरे । त्यसले नेपालको आर्थिक भ्रष्टाचारलाई निर्दयतापूर्वक बढाएर निगमलाई थला पाऱ्यो ।

अहिलेसम्म पनि उड्डयन विभागको मिलोमोतोमा सबै नेता र उच्च पदस्थहरूको मुखमा बुझो हाल्न र निकट भविष्यमा निगमका बोइङ ७५७ विमानहरू नै बेच्दै जाने योजना बनाएर अझ बढी कमाउन माफियाहरू कटिबद्ध छन् । यो अवस्थाको सुधारको लागि सम्बन्धित निकायको चासोले मात्रै पुग्दैन । संकल्पसहित माफियाविरुद्ध कारवाहीको प्रक्रिया तुरुन्त थालनी गर्नु जरुरी हुन्छ ।

यो त एक उदाहरण मात्र हो । नेपालका सबै क्षेत्रको अवस्था स्वास्थ्य क्षेत्र वा निगमको भन्दा भिन्न छैन । त्यसैले अब राज्यले देशभक्त स्वयंसेवक, स्वास्थ्यकर्मी लगायत दक्ष नागरिकहरूको लगत राख्दै योग्यता अनुसारको काम दिनु पर्दछ । प्रवासीहरूलाई रोजगारीको योजनासहित मुलुक आमन्त्रण गर्ने वातावरण बनाउदै जानु पर्दछ ।

पछिल्ला वर्षहरूमा हरेक दिन सयौँ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने गर्छन् । तर, तीमध्ये उच्च शिक्षा अध्ययन गरी दक्ष बनेर कति जना नेपाल फर्कन्छन् भन्ने तथ्यांक भने कतै राखिएको छैन । बहाना अध्ययनको भए पनि प्रमुख उद्देश्य भने रोजगारी र पैसा कमाउने हुने गरेको छ । कम्तीमा कक्षा १२ सम्मको पढाइ सकाएका विद्यार्थीहरूले बाँकी अध्ययन नेपालमा गर्न छाडेजस्तै भएको छ ।

एक सर्वेअनुसार, सन् २०२०को जनवरी अगाडिसम्म दैनिक करिव १ हजार ५ सयभन्दा बढी नेपाली युवाहरू विदेशिने गरेको तथ्यांक सार्वजनिक भएको थियो । विभिन्न संस्थाहरूले विदेशमा गएर काम गर्ने नेपाली कामदारको संख्या ५० लाखको हाराहारी भएको दाबी गरिरहँदा सरकारले भने सरकारी श्रम स्वीकृति लिएर ३१ लाख नेपाली वैदेशिक रोजगारमा गएको तथ्य बाहिर ल्याएको देखिन्छ । व्यवस्थापिका संसद्को बैठकमा श्रम तथा यातायात राज्यमन्त्रीले जानकारी उपलब्ध गराउनु भएको तथ्यांकमा अवैध रूपमा वैदेशिक रोजगारीमा काम गर्न गएका र भारतमा काम गर्दै गरेका नेपालीको संख्या परेको छैन । यदि त्यो संख्या पनि जोड्ने हो भने करिब ५० लाख नेपाली बिदेशमा आफ्नो पसिना बगाइरहेका छन् । जुन हाम्रो कुल जनसंख्याको करिब २५५ प्रतिशत हुन आउँछ । कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेबनान, इजरायल, अफगानिस्तान र जापान वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य बनेका छन् । वैदेशिक रोजगारमा जानेमध्ये १ दशमलव ५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष तथा ७४ दशमलव ५ प्रतिशत अदक्ष मजदुर छन् । यिनै श्रमजीवीहरूको पसिनाबाट कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २३५ रहेको छ ।

त्यस्तै अर्को एक रिपोर्टले भन्छ, पछिल्ला वर्षहरूमा हरेक दिन सयौँ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने गर्छन् । तर, तीमध्ये उच्च शिक्षा अध्ययन गरी दक्ष बनेर कति जना नेपाल फर्कन्छन् भन्ने तथ्यांक भने कतै राखिएको छैन । बहाना अध्ययनको भए पनि प्रमुख उद्देश्य भने रोजगारी र पैसा कमाउने हुने गरेको छ । कम्तीमा कक्षा १२ सम्मको पढाइ सकाएका विद्यार्थीहरूले बाँकी अध्ययन नेपालमा गर्न छाडेजस्तै भएको छ । यी कुराहरूको पनि अब राज्यले अनुसन्धान गरी उनीहरूलाई शिक्षा आर्जनपछि रोजगारको ग्यारेन्टीसहित देश फर्कने वातावरण बनाउन जरुरी छ ।

एनआरएनहरूलाई क्रमशः नेपाल फर्काउने केही मार्ग यी हुन सक्छन् । जस्तो कि,

१) उच्च शिक्षापछि रोजगारीको ग्यारेन्टी
२) लगानीको लागि प्रोत्सहान र अवसर
३) मातृभूमिको रुपान्तरण अभियानको लागि स्वयम् सेवा महाअभियान
४) नेपाली वैज्ञानिकहरूको लागि बृहद अनुसन्धान क्षेत्रहरूको निर्माण र
५) अमेरिकाको जस्तो खुला डिभी प्रणाली नभए पनि विना विभेद दक्ष नेपालीहरूको लागि सुविधा र सम्मानपूर्ण आमन्त्रण नीति ।

एनआरएनहरू पनि नागरिक र अनागरिक भनेजस्तै दुई किसिमका छन् । कोही नेपाली देश वा समुदायको हितमा आफ्नो हित जोडिएको देख्नेहरू छन् र प्रवासका नेपाली समुदायप्रति लगाव राख्छन् । तर कोही देशको विपत्तिमा ओम्नी र अग्रवालले जस्तै नाफा देख्नेहरू पनि छन् । लगानीको हिसाबले केही देश र समुदायप्रति कृपा गरेको सम्झने नवधनाड्य एनआरएनहरूको नाफामुलक क्षेत्रमा ८० प्रतिशत देखिन्छ भने परोपकार, सेवामा लाप्राक बस्ती निर्माण लगायत २० प्रतिशत लगानी रहेको देखिन्छ । सबैतिर एनआरएनको नेपालमा कति लगानी छ भन्ने सवालमा आधिकारिक तथ्यांक नभए पनि नेपाल आर्थिक पत्रकार समाजले गरेको एक अध्ययन अनुसार अहिलेसम्म नौ जिल्लामा करिब नौ देखि बाह्र अर्ब रुपैयाँको लगानी देखिएको छ ।

‘देश निर्माण हुन सपनाले झक्झक्याएर मात्र पुग्दैन देश निर्माणको संकल्प ब्युँझनु पर्छ ।’

कुनै एउटा फ्रान्सेली पत्रिकाले दाजु लुडभिगको समवेदना छाप्ने क्रममा गल्तीले भाइ अल्फ्रेड नोबेलको समवेदना छाप्यो । त्यसमा नोबेललाई डाइनामाइटको आविष्कार गरेकामा भत्सर्ना गर्दै ‘मृत्युका मसिहाको मृत्यु’ भनी समवेदना छापिएको थियो । उक्त समवेदना पढेपछि अल्फ्रेड झस्किए र आफूलाई संसारले मृत्युको देवता भनी सम्झिने रहेछ भन्ने उनलाई लाग्यो । उनले विश्वले आफूलाई त्यसरी सम्झियोस् भन्ने चाहेनन् । त्यसपछि उनले आफ्नो काम, सम्पत्ति, आविष्कार आदिबाट कमाएको अकूत सम्पत्तिले नोबेल पुरस्कारको स्थापना गरे ।

जस्तो कि, नयाँ जीवनको सुरुवात नयाँ कर्मबाट हुन्छ र नयाँ कर्म समर्पित सपनाबाट । ती मृत सपनाहरू कुनै संयोगवश हुने दुर्घटना, परिघटना र आकस्मिक झन्झनाहटले ब्युँझिञ्छन् । देश वा समुदायप्रति समर्पणको भावना पनि मर्दै ब्युँतिदै गर्ने सपना हो । आशाका फूलहरू न ओइलाउँदै नेतृत्वले योजनासहित विकासको धुन समात्यो भने देश अघि बढ्छ । त्यसबारे अल्फ्रेड नोबेलको जीवनमा घटित एक रोचक प्रसङ्गबाट सिक्न सक्छौँ । नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको सपना पनि त्यस्तै एक आकस्मिक झन्झनाहटले जागृत भएको थियो । उनका दाजु लुडभिग नोबेलको मृत्यु सन् १८८८ मा फ्रान्समा भएको थियो । त्यसबेला कुनै एउटा फ्रान्सेली पत्रिकाले दाजु लुडभिगको समवेदना छाप्ने क्रममा गल्तीले भाइ अल्फ्रेड नोबेलको समवेदना छाप्यो । त्यसमा नोबेललाई डाइनामाइटको आविष्कार गरेकामा भत्सर्ना गर्दै ‘मृत्युका मसिहाको मृत्यु’ भनी समवेदना छापिएको थियो । उक्त समवेदना पढेपछि अल्फ्रेड झस्किए र आफूलाई संसारले मृत्युको देवता भनी सम्झिने रहेछ भन्ने उनलाई लाग्यो । उनले विश्वले आफूलाई त्यसरी सम्झियोस् भन्ने चाहेनन् । त्यसपछि उनले आफ्नो काम, सम्पत्ति, आविष्कार आदिबाट कमाएको अकूत सम्पत्तिले नोबेल पुरस्कारको स्थापना गरे । त्यो पनि अल्फ्रेड नोबेलको जागृत धुन वा लहडको परिणाम थियो । उनले सपना जागेपछि मर्न दिएनन् र त्यसलाई व्यवस्थित गर्दै स्मरणीय दीर्घकालिक अभियानमा बदले ।

राष्ट्रप्रति संकल्पित नेतृत्व र राष्ट्र निर्माणका व्यवहारिक योजनाहरूको तर्जुमा :

देश योजनाले बन्ने हो । त्यसको प्रारम्भिक काम दक्ष नागरिकहरूको लागतबाट शुरु गरिन्छ भन्छन् विज्ञहरू । देशको लागि तत्काल कति दक्ष जनशक्तिको आवश्यक छ ? दुई वा पाँच वर्षपछि कुन–कुन क्षेत्रमा कति जनशक्तिको आवश्यक हुने छ र त्यसको आपूर्ति गर्ने माध्याम के हुन सक्ला ? आदिबारे विकसित देशहरूले निक्र्योल गर्दछन् । विकसित देशमा विकास मोडेलहरूबारे बहस मात्रै हुँदैन निष्कर्षसहित नीति निर्माणको तयारि पनि हुँदै जान्छ । आवश्यक तयारीअनुसार कति आइटी, स्वास्थ्यकर्मी, निर्माण विज्ञ, कृषि, भौतिक, जैविक लगायत वैज्ञानिकहरू, औधोगिक दक्षहरूको तयारी गरिन्छ ।

स्कुल, कलेज वा तालिमको राष्ट्रिय प्राथमिकतामा आवश्यक्ताअनुसार भर्ना गरिन्छ । अनि त्यो प्रक्रिया क्रमशः प्रणालीकै रूपमा विकास हुन्छ र देशमा बहुआयामिक विकासको गति कहिल्यै अवरुद्ध हुँदैन । त्यसैले शुरुको अवस्थामा योजना कार्यान्वयनको प्रारम्भिक चरणले बाटो समात्यो भने देश बन्न बेर लाग्दैन । योजनाविदहरूका अनुसार विकास योजनाको निर्माण र दक्ष जनशक्तिको लागतमध्ये पहिलो काम दक्ष शक्ति लागत नै हो । त्यसले कुन क्षेत्रको जनशक्ति अतिरिक्त मूल्य तिरेर आयात गर्नु पर्दैन त्यहीअनुसारको योजना निर्माणमा सहयोग पुर्याउछ । जापानी दक्षहरू भन्दछन्, ‘बाहिरको जनशक्ति तालिमको लागि र नभइनहुने अवस्थामा मात्र खोज, नत्र आफ्नै आन्तरिक जनशक्ति परिचालन गर ।’

जनशक्ति र लागत :

देशभित्रको जनचरित्र दुई किसिमको छ । नागरिक वा अगुवाहरू पनि स्वभावतः दुइ चरित्रका छन् । देशभक्त गजेन्द्र सरहरू जसले वर्षौसम्म बेतलबी स्वयम् सेवा गरेर स्कुलको गुणात्मक रुपान्तरण गरे । उनीहरू मुलुकको प्रगतिका भरपर्दा आधार मात्र नभएर अग्रजहरूका अपेक्षा वा समुदायको भविष्य हुन् । छोटकरीमा भन्दा आफू एक सकिएर हजारौँ बालकहरूको भविष्य निर्माण गर्ने संकल्पहरू एकातिर छन् । तिनीहरू जस्ता देशभक्तहरूको राज्यले लेखा राखेको छ, छैन, थाह भएन । तर त्यो संकल्पसहितको गजेन्द्र उर्जा देशको लागि कति आवश्यक हो ? अब बहस बनाउन ढिलो गर्नु हुँदैन ।

होचिमिन्ह, महाथिर, माओ, तेङ्, लिक्वानहरूको इच्छा शक्ति, कुशल नेतृत्व र गजेन्द्र सरहरू जस्तैको तपस्याले बनेको देश हो सिंगापुर, चीन वा मलेसिया । भियतनामको स्वाधिनता संग्रामबाट पनि नेपालले सिक्ने विषयहरू हुन सक्छन् । भियतनाममा ७ वर्षको अमेरिकन आयातीत युद्धले १० लाख भन्दा बढी मानिस माऱ्यो । यदि होचिमिन्हको राष्ट्रिय एकता जोगाउदै देश बचाउने दूरदृष्टि हुँदैनथ्यो भने भियतनाम या त नामेट हुन्थ्यो या दुई भागको संघर्षबीच जेनतेन अस्तित्वमा रहन्थ्यो ।

युरोप कट्टरपन्थी क्याथोलिकहरूको नियन्त्रणमा रहेको भए अहिलेसम्म संसारमा फासिज्म मात्र बाँकी रहन्थ्यो । मानव सभ्यता, मानवता र श्रमबीचको विभेद रहिरहन्थ्यो । नाइण्टिङ्गल, मार्केला, मदर टेरेसा, युरी गागरिन, प्रसिद्ध पत्रकार ग्लोरिया स्टेनेम, युरी कोचियामाहरू धर्मको कठोरताभित्र मारिइसकेका हुन्थे । तर सभ्यताको क्रमिक विकासले त्यो रुचाएन ।

समयको चुस्त योजना र दूरदर्शी नेतृत्वबीच देश निर्माणमा अमुल्य संयोगले विकसित राष्ट्रको निर्माण हुने हो । त्यसमा सामाजिक चेतनाको भूमिका अहम हुन्छ । चेतनाले आफ्नो बाटो आफै फलाकिलो वा प्रयोगयोग्य बनाउदै लग्छ । पुराना सबै कुरा रुपान्तरण हुँदै जान्छन् र नयाँ मान्यताहरू स्थापित हन्छन् । यही हो सक्रिय सुधारको नियम । धेरै सुधारहरूको जोडमा मुलुकको आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक र वैचारिक कायापलट हुन्छ । जसलाई रुपान्तरण भनिन्छ । कल्पना मात्र गर्न सकिन्छ कि युरोप कट्टरपन्थी क्याथोलिकहरूको नियन्त्रणमा रहेको भए अहिलेसम्म संसारमा फासिज्म मात्र बाँकी रहन्थ्यो । मानव सभ्यता, मानवता र श्रमबीचको विभेद रहिरहन्थ्यो । नाइण्टिङ्गल, मार्केला, मदर टेरेसा, युरी गागरिन, प्रसिद्ध पत्रकार ग्लोरिया स्टेनेम, युरी कोचियामाहरू धर्मको कठोरताभित्र मारिइसकेका हुन्थे । तर सभ्यताको क्रमिक विकासले त्यो रुचाएन ।

संसारभरी चलेको प्रगतिशील जागरण (रेनेशा)ले क्रमशः समाज परिवर्तन गरिरह्यो र अन्तमा वर्गीय विभेदको बुझाइले समताभावको संकल्पसहित विश्व बदल्ने चेतनामा छलांग माऱ्यो । त्यसैले परिवर्तनको दर्शनमा युरोपले संसारलाई नेतृत्व गरेको मानिन्छ । युरोपको प्रगतिशील चेत जसलाई सामुहिक हीतवादी सोच पनि भनिन्छ अहिलेसम्मको नेतृत्वदायी शक्ति हो । चाहे त्यो दार्शनिक क्षेत्रमा होस् वा आर्थिक, सामरिक, साँस्कृतिक ।

युरोप निर्माण, पुननिर्माण र रुपान्तरणमा पनि लाखौँ कर्मवीरहरूको योगदान छ । जसको सुरुवात समर्पित क्रान्तिकारी नेतृत्वको योजनाबद्ध विकासबाट भएको थियो । पञ्चवर्षीयदेखि आवधिक, दीर्घकालिक योजनाको शुरुवात सन् १९२१ मा सोभियत संघबाट भयो, जसलाई अहिले संसारले अपनाएको छ ।

त्यसैले विकासको पहिलो शर्त नेतृत्व हो, जुन विशेष गुणले युक्त हुनु आवश्यक हुन्छ, त्यसपछि विकासको चरणबद्ध योजना मुलुक रुपान्तरणको दोश्रो सर्त हो ।

नेपालको सन्दर्भमा दुःखका साथ भन्नुपर्छ, सार्वजनिक बाटो मिचेर घर बनाउने, सार्वजनिक पार्क, जंगल तथा गौचरण आफ्नो नाममा नामसारी गरी घर बनाउनेहरूले पनि आफूलाई नेपाली नागरिक भएकोमा गजबले गर्व गर्दछन् भने आफ्नो सर्वस्व मेटेर अरुको भविष्य बनाउन लागिपर्नेहरू पनि नेपालमा कतै गुमनाम तर अस्तित्वमा छन् । सरकारी जमिन मिचेर छोरीलाई दाइजो दिनेहरू पनि नेपालमा छन् भनेर समाचारमा पढिरहेका हुन्छौँ भने विनातलब आफ्नो हातका भाग्यरेखा मेटेर वर्षौं समुदायका सन्तानहरूको लागि खर्चने परोपकारी जर्ज पियाबोड़ीहरू पनि सीमाभित्र आफ्नै धुनिखुनिमा रमेका भेटिन्छन् ।

गरिवका झुपडी मिचेर आफ्ना बच्चाको लागि सम्पति जोड्ने हुन् वा अदालतमा झुटो मुद्धा जिताइदिने प्रलोभनमा पारेर घुस माग्नेहरू हुन्, देशमै रवाफसहित बस्दछन् ।

परोपकारमा आफ्नो गास काटेर निमुखालाई खाना दिनेबाहेक जनताको करबाट किनिएको दवाइमुलोमा समेत कमिसन माग्ने राष्ट्रका नागरिक हुन सक्दैनन् । त्यसैले देशको लागि निःस्वार्थ भावले पसिना बगाइरहेका देवतातुल्य नागरिकहरूलाई राज्यले पहिचान गरी प्रोत्साहन गर्नु जरुरी छ भने दलाल, भ्रष्टाचारी र कमिसनखोरहरूलाई कारवाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

अर्को महत्वपुर्ण कुरा, अब पार्टीका केन्द्रदेखि स्थानसम्मका नेताहरूले कार्यकर्ताको र कार्यकर्ताले नेताको मुल्यांकन फाइल बनाइ राख्न जरुरी छ । जनतालाई पानि खुवाउन सदरमुकामदेखि पाइप बोक्ने र गोठमा डिँगालाई पानि खुवाउन राति त्यहि पाइप काटेर गरिब छिमेकीको घाँटी सुकाउने दुवै नागरिक र अनागरिकको लगत राख्ने बेला आएको छ ।

देशवासीको स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र समृद्धिको लागि जीवन दिने र पैसा वा सम्पतिको लागि विना ज्ञान नक्कली प्रमाणपत्र बोकी अरुको शरिर चिरेर मार्ने हत्यारा यी दुवै थरि उत्तिकै सामर्थ्य र रवाफका साथ कसरी यो देशका नागरिक कहलिन्छन् ? परोपकारमा आफ्नो गास काटेर निमुखालाई खाना दिनेबाहेक जनताको करबाट किनिएको दवाइमुलोमा समेत कमिसन माग्ने राष्ट्रका नागरिक हुन सक्दैनन् । त्यसैले देशको लागि निःस्वार्थ भावले पसिना बगाइरहेका देवतातुल्य नागरिकहरूलाई राज्यले पहिचान गरी प्रोत्साहन गर्नु जरुरी छ भने दलाल, भ्रष्टाचारी र कमिसनखोरहरूलाई कारवाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

योग्यहरूको पहिचान र सम्मान :

प्रजातान्त्रिक आन्दोलनको सफलतापछि नेतृत्व गरिरहेका नेताहरूले अहिलेसम्म आफ्नो योग्यता प्रमाणित गर्न सकेका छैनन् । ग्रामीण विकासमा स्नाकोत्तर गरेका गजेन्द्र गुरुले घरको खाएर ५ वर्षदेखि स्कुल पढाएका छन् तर अहिलेसम्म कत्ति पनि तलब लिएका छैनन् । यी कर्मवीर गुरु कसरी बाँचेका छन्.. न राज्यलाई चासो छ न नागरिक समुदायलाई । दक्ष नागरिकहरू देशका निधि हुन् । तर सरकारले यी कुरा बिर्से झैं गरेको छ । यस्ता उदाहरण देशभरि कति होलान् ?

प्रवासको जनशक्ति बारे :

दक्ष नागरिकको पहिचान गर्न ढिला भएकोले नै योजनाअनुसार राज्यले सफलता हासिल गर्न सकेको छैन । राज्यले देशभित्रका ती सबै देशभक्त सेवकहरूको लगत राखेर मात्र हुँदैन । सम्पर्कलाई नियमित बनाउँदै उनीहरूको स्वाभिमानलाई उठाउनुपर्छ । नेपालका ५०सौँ देशमा भएका दुतावासहरूलाई नयाँ काम दिनुपर्ने बेला हो यो । उनीहरूको कार्य क्षेत्रभित्र कति स्वास्थ्य विज्ञहरू छन् ? निर्माण लगायत अन्य क्षेत्रका विज्ञहरू कति छन् ? संसारभरिको दक्ष नेपाली जनशक्तिको डाटा निकाल्न सकिन्छ ।

अहिले आएको कोरोना महामारीबीच चलेको छलफलले बेल्जियम मात्रै नभएर लगभग संसारभरका स्वास्थ्यकर्मीको डाटा संकलनलाई आधार प्रदान गरेको छ । पत्रकार महासंघका केही शाखाहरूले स्वास्थ्यकर्मीहरूसंग बहस नै चलाए । जसलाई नियोगहरूले आफ्ना होमवर्कका कच्चा पदार्थको रुपमा ग्रहण गर्न सके मुलुकको लागि समेत फलिफाप हुने थियो ।

पत्रकारहरूले कोरोनाविरुद्ध लडिरहेका नेपालीहरूको मनोबल गिर्न नदिन हौसला प्रदान गरिरहे । यो काम दुतावास वा नियोगले पनि गर्न सक्थ्यो, एनआरएनएले पनि गर्न सक्थ्यो । पहल अलिक पुगेन । जे होस् पत्रकारले शुरु गरेका यस्ता केही आधारमा टेकेर एनआरएन वा नियोगहरूले विज्ञ लगतका विषयमा आगामी होम्वोर्क गर्दै जान सक्छन् ।

संसारभरिको अवस्था भयाबह छ । महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहका विश्वभरका ९० हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् भने लगभग ८ सय भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको अबस्थामा अमेरिका र युरोपमा नेपाली स्वास्थ्यकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका छन् । यी नेपाली स्वास्थ्यकर्मीका अनुभव नेपालको स्वास्थ्यक्षेत्रको लागि अत्याधिक महत्वपूर्ण हुन सक्छन् ।

टिमोर वा फिजीमा आधुनिक उखुखेतीका नेपाली सिप, मकाउका पर्यटकीय कौशल, कोरियाको औद्योगिक सुत्र, युरोप र अमेरिकाका स्वास्थ्यकर्मीका संक्रमण महायुद्धका अनुभवहरू, मध्यपूर्वको निर्माण कला र जापानी तरक्कीको फ्युजनले बिस्तारै नेपालमा पनि समृद्धिका आधार बन्न सम्भव देखिन्छ । कालीको बगरमा भेटिने सुनका टुक्राजस्तै यी कौशलकर्मीहरूलाई संसारभरीबाट जोड्न सके मुलुकको समृद्धि देख्न अर्को पुस्ता पर्खनु पर्ने थिएन ।

क्षमताको किनबेच र प्रयोग :

नेपालले समृद्धिको अभियानमा चाहिने आवश्यक दिमाग नेपालीसँगैबाट प्राप्त गर्न सक्ने अवस्था छ । युरोप, एसियालगायत मध्यपुर्वमा ठुलाठुला भवन, पुल र रंगशालाहरू निर्माण गर्ने शिल्पी, प्रयटन विज्ञहरू, कुसल कारिगढ़, प्लम्बर, आइटी, कृषि, जीव, भौतिक र स्वास्थ्य विज्ञहरू संसारभरि छरिएर आफ्नो सीप बेचिरहेका छन् । नीति बनाएर मुलुक निर्माणमा योगदानको लागि बोलाएमा उनीहरूमध्ये धेरै नेपाली विज्ञहरू नेपाल फर्किन सक्छन् ।

दक्ष जनशक्ति प्राविधिक जनशक्तिका हिसावले नेपाल अब गरिव छ भन्न मिल्दैन । बेल्जियमलगायत युरोपमा मात्रै नेपाली स्वास्थ्य विज्ञ ६ हजार भन्दा बढि छन् । निर्माण विज्ञ १७ सय भन्दा बढी छन् । अन्य विज्ञहरू त्यस्तै संख्यामा छन् । अमेरिका, क्यानाडा, मध्यपूर्वमा यस्ता विज्ञहरू अझ धेरै छन् । राज्य समृद्धिको गुरु योजना चुस्त हुने हो र उपयुक्त आधार तय गरेर नेपाल बोलाउने हो भने मुलुकको निर्माण अभियानमा विज्ञहरूको कमी हुँदैन ।

निराशा र आशाबीच द्वन्द्व :

जति समृद्धिका गफ गरे पनि नेपालमा भ्रष्ट कर्मचारीहरूको समेत कमी छैन । डायस्पोरामा पनि केही अपराधी मानसिकताका नेपालीहरूले धेरै सुन्दर मनहरूलाई कलंकित बनाइरहेका छन् । मुलुकको तुलनामा प्रवासमा त्यस्ता क्रियाकलाप यदाकदा देखिन्छन् । भूकम्पको बेला पनि त्यस्तो अवस्था देखियो । प्रवासमा अमूल्य श्रम बेचेर परोपकारीहरू मार्फत सहयोग पुर्याउने कर्म पनि उत्तिकै भैरहेका छन् । यी कदमहरूले हाम्रो समाजमा जलिरहेका आशाका दियोहरूलाई अझैसम्म निभ्न दिएका छैनन् ।

नेपालमा जस्तै डायस्पोरामा पनि हाम्रा प्रवृत्तिका राम्रा नराम्रा प्रवृतिबीच निरन्तर द्वन्द्व चलिरहेको हुन्छ । डायस्पोराका नेपालीहरूलाई आफ्नो बन्धु सम्झेर भावनामा देश र आत्माभित्र सीमा खोज्ने प्रक्रियाको शुरुवात आउँदो समयको माग हो । यही सुत्रले नै संसारभरका नेपालीहरूलाई दीर्घकालसम्म जोडीरहने छ ।

अन्त्यमा, टिमोर वा फिजीमा आधुनिक उखुखेतीका नेपाली सिप, मकाउका पर्यटकीय कौशल, कोरियाको औद्योगिक सुत्र, युरोप र अमेरिकाका स्वास्थ्यकर्मीका संक्रमण महायुद्धका अनुभवहरू, मध्यपूर्वको निर्माण कला र जापानी तरक्कीको फ्युजनले बिस्तारै नेपालमा पनि समृद्धिका आधार बन्न सम्भव देखिन्छ । कालीको बगरमा भेटिने सुनका टुक्राजस्तै यी कौशलकर्मीहरूलाई संसारभरीबाट जोड्न सके मुलुकको समृद्धि देख्न अर्को पुस्ता पर्खनु पर्ने थिएन ।