कोभिड-१९ का कारण विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

कोरोनाका कारण करिव ४४ हजार ७६५ जनाको स्वास्थ्यावस्था अत्यन्त जटिल

कोरोना भाइरसका कारण आजसम्म (मे १९) विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ ।



जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्यान गएको छ ।

बताइएअनुसार विश्वभर करिव ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९१ हजार ९८१ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लोदिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ९९, स्पेनमा ५९ र फ्रान्समा ७५३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार ८५३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७३५ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति :

 

 

प्रतिक्रिया