लकडाउनमा पढाइ : अनलाइन क्लास कसरी लिने ?

लकडाउनमा पढाइ : अनलाइन क्लास कसरी लिने ?


■ प्रकाश उप्रेती

प्रविधिसँग जोडिएका सबै कुरालाइ येही प्रविधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिङ सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, ऱ्याम, हार्डडिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिदपहुँच हुँदै गएको छ । आज कम्प्युटरले धेरै क्षेत्रलाई ठुलो सहयोग गरेको छ । कम्प्युटर भन्नाले डेस्कटप कम्प्युटर मात्र नभई ल्यापटप, स्मार्ट मोबाइल फोन, साथै कम्प्युटरकृत ठुला ठुला परियोजनाका मेसिन अनि स्वचालित इन्जिन आदि पनि हुन् जसले डाटाहरुलाई निकै द्रुत गतिले प्रोसेस गर्दछन् । ऱ्याम कम वा धेरै चाहिने हो भन्ने कुरा येही डाटा प्रोसेस गर्नको लागि हुने प्रक्रियाले निर्धारण गर्दछ ।

वर्कफ्रम होम

वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसैअनुसार केही परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुँदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थान पाउने छ ।

अनलाइनमार्फत कक्षा र अनलाइन पठनपाठन भिन्नै कुरा भने हैनन् तर अनलाइन कक्षा भन्नाले अनलाइनमार्फत पढाउने अनि अनलाइन पठनपाठन भन्नाले भौतिक कक्षाजस्तै हाजिर गर्ने, होमवर्क दिने, आदि पर्दछन् ।

इन्टरनेटमार्फत गुगल क्लासरुम, मुडल, माइक्रोसफ्ट टिम्स, ब्लाकबोर्ड अनि तेस्तै केही अन्य ई–लर्निङ म्यानेजमेन्ट सिस्टमको प्रयोगबाट अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । भिडियो कन्फ्रेसिङ गर्ने योग्य भएको इन्टरनेट स्पिडबाट सजिलैसँग यस्ता कक्षा संचालन गरिन्छ, जसमा विद्यार्थी र शिक्षक बीचमा हुने हरेक क्रियाकलापलाई यस्ता लर्निङ म्यानेजमेन्टका प्लाटफर्मले सहज बनाउँछन् ।

लर्निङ म्यानेजमेन्ट सिस्टम कुनै ओपन सोर्स पनि हुन्छन् जसलाई आफ्नै सर्भरमा होस्ट गर्नु पर्दछ भने कुनै फ्रिमियम मोडलका हुन्छन् भने कुनै लाइसेन्स भर्सन हुन्छन्, जसलाई बार्षिक रुपमा केही रकम बुझाउनु पर्ने हुन्छ ।

लर्निङ म्यानेजमेन्ट सिस्टममार्फत कक्षा, ट्रेनिंग, परीक्षा साथै सर्टिफिकेटहरु बनाउन सकिने हुन्छ । यस्तो लर्निङ म्यानेजमेन्ट सिस्टममा विभिन्न युजर रोलहरु हुन्छ जसले गर्दा कुन कक्षामा के भैरहेको छ, कस्तो पर्फर्मेन्स छ, कक्षाको फ्लो कस्तो जाँदै छ भन्ने विषयमा एडमिनका रोलअनुसार हेर्ने प्रावधान हुन्छ ।

सास (क्बबक् सफ्टवेयर एज अ सर्भिस) मा आधारित लर्निङ म्यानेजमेन्ट सिस्टम क्लाउडमा होस्ट भएको हुन्छ सफ्टवेयर एज अ सर्भिसका सबै प्लाटफर्महरू क्लाउडमा होस्ट भएका हुन्छन् जसले गर्दा ग्लोबल एक्सेसमार्फत सिडीएन टेक्नोलोजीमा आधारित भइ नजिकको सर्भर लोकेसनमार्फत एक्सेस गर्न सकिन्छ । ओपन सोर्स लर्निङ म्यानेजमेन्ट सिस्टमका कोडलाई आफ्नै लोकल वा कुनै पनि रिमोट सर्भरमा आफ्नो आवश्यकताअनुसारको ऱ्याम, अपटाइम, डिस्क स्पेसछानेर भीपीएस सर्भरमा होस्ट गरी संचालन सकिन्छ । गुगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता अरु विभिन्न सब्स्क्रिप्सन बेस्ड या फ्रिमियम (बेग्ला बेग्लै प्लान मद्धे कुनै एक निशुल्क र अन्य शुल्क लाग्ने) बेस्ड लनिङ म्यानेजमेन्ट सिस्टमको सब्स्क्रिप्सनहरु निश्चित मासिक वा वार्षिक रकम तिरेर मात्र लिन सकिन्छ ।

माइक्रोसफ्ट क्लास रुम ः माइक्रोसफ्ट टिममार्फत संचालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम विद्यार्थी र शिक्षक बीचमा होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि असाइनमेन्टको वर्क फ्लो हेर्न सकिने हुन्छ । यसै मार्फत माइक्रोसफ्टको क्लाउडड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमाइन्डर निश्चित गर्न सकिने छन् । माइक्रोसफ्ट क्लासरुम संचालन गर्न अफिस ३६५ को शैक्षिक सब्सक्रिप्सन हुनु पर्दछ ।

मुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न लर्निङ म्यानेजमेन्ट सिस्टमका सास बेस्ड, फ्रिमियम बेस्ड र ओपन सोर्स बेस्ड टुलहरु उपलब्ध छन् । एड मोड़ो एलएमएस (Edmodo LMS) टिचर (Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट एलएमएस (Talent LMS), क्लास लाइफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology) लर्न ड्यास (LearnDash), सी श एलएमएस (Seesaw LMS), लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल (Teachable) आदि छन् जुन आवश्यकताअनुसार उपयोग गरी अनलाइन क्लासरुम संचालन गर्न सकिन्छ ।

(लेखक सुचना-प्रविधिका विद्यार्थी हुन् -मदफिसे)