लकडाउनबाट रोकिएका नेपाली पुगे जापान

लकडाउनबाट रोकिएका नेपाली पुगे जापान


विशेष प्रतिनिधि, टोकियो (जापान)

कोरोना संक्रमणपछि नेपालमा लकडाउनका कारण जापान आउने तयारीमा रहेर रोकिएका नेपाली यात्रुहरु बोकेर पहिलो चार्टर विमान जापान आइपुगेको छ ।

यसअघि जापानी राजदूतावासले चार्टर गरेको भए पनि नेपाली यात्रु लक्षित गरेर भएको चार्टर फ्लाइलबाट शनिबार २ सय ५४ यात्रु जापान आइपुगेका छन् । चार्टर फ्लाइटमा नेपालबाट आएका यात्रुमध्ये २७ जना जापानी नागरिकहरु रहेका छन् । जसमा २ सय ५४ मध्ये २ सय २७ जना नेपाली यात्रुहरु रहेका छन् ।

तर चार्टर उडानमा आउने तयारी गरेका ८ जना भने श्रम स्विकृति नभएकै कारण काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् । चार्टर उडान भरेको सुमेघ ट्राभल्सका प्रमुख मेघ केसीले दिनुभएको जानकारी अनुसार विमानस्थलमा श्रम स्विकृति दिने भनिएपनि सरकारी व्यवस्थापनको कमजोरीका कारण ८ जना विमानस्थलसम्म पुगेर पनि फिर्ता हुनु परेको हो ।