अनलाइन शिक्षा : रहर कि बाध्यता ?

अनलाइन शिक्षा : रहर कि बाध्यता ?


■ लक्ष्मणप्रसाद खतिवडा

कोरोना भाइरस (कोभिड(१९) को विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ । यो भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय लकडाउन तथा सामाजिक दूरीको कारण विद्यालय तथा विश्वविद्यालयहरु खुल्न सकेका छैनन् । कोरोनाको प्रकोपसँगै भय र त्रासका कारण पठनपाठन रोकिएको छ । हाम्रो देशको मात्र होइन विश्वका अधिकांश देशहरुको अवस्था यस्तै नै छ ।

विश्वका करोडौँ बालबालिकाहरु विद्यालय जानबाट बञ्चित बनेका छन् । लकडाउनका कारण उनीहरु घरभित्रै कैद भएका छन् । घरबाहिर जान पनि पाएका छैनन् । अझ कोरोना नियन्त्रण भनिएको स्थानमा समेत पुनः संक्रमण देखिनुले विद्यालयहरु कहिलेदेखि खोलिन्छन् भन्नै नसकिने अवस्था सृजना भएको छ । अब छिट्टै विद्यालय खोलेर प्रत्यक्ष शिक्षा दिन सकिने अवस्था हाल देखिएको छैन । यस्तो अवस्थामा कसरी बालबालिकाको ध्यान पढाइमा केन्द्रीत गर्दै शिक्षालाई निरन्तरता दिन सकिन्छ भन्ने विषय सोचनीय बनेको छ ।

अबको युगमा सिकाइ विद्यालयको कक्षाकोठामा मात्र होइन जहाँ जुन रुपमा पनि हुन सक्छ । हाल कोरोनाको महामारी रोक्न लकडाउन एवं भौतिक दूरी कायम गर्नुपर्ने भएकोले शिक्षा क्षेत्रमा परेको असरलाई केही न्यूनीकरण गर्न अनलाइन शिक्षा उपयुक्त देखिन्छ । अनलाइन शिक्षा आधुनिक शिक्षा पद्धतिको एक नविनतम प्रयोग पनि हो । त्यसैले इन्टरनेट, कम्प्युटर, मोबाइल, रेडियो, टिभि सबै वर्गका बालबालिकाहरुको पहुँचमा पुऱ्याई उनीहरुलाई थोरै समय भए पनि व्यवहारिक ज्ञान र सीप सिकाउनु पर्दछ । शिक्षालाई नागरिकको मौलिक हक मान्ने सरकार यसप्रति संवेदनशील बन्नैपर्छ ।

कोरोना भाइरससँग जुध्नको लागि सूचना प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने देखिन्छ । विद्यालय बन्द भए पनि पठनपाठन बन्द हुनु हुँदैन । यसको लागि सहरका विद्यार्थीहरुलाई अनलाइनबाट शिक्षा दिन सकिन्छ भने दूरदराजका विद्यार्थीहरुलाई सरकारले श्रव्यदृश्य तथा दूरशिक्षाबाट भए पनि शिक्षा दिन जरुरी छ ।

राज्यले प्रदान गर्ने सेवाहरु अनलाइनमैत्री हुँदै गएको परिप्रेक्ष्यमा शिक्षा पनि अनलाइनमैत्री हुनुपर्छ । अनलाइनको माध्यमबाट शिक्षक तथा विद्यार्थीको प्रत्यक्ष भेट हुन्छ । विद्यार्थीले नबुझेका कुरा तुरुन्त शिक्षकसँग सोध्न सक्छन् । स्मार्टफोनको बढ्दो प्रयोग सँगसँगै राज्यले गुणस्तरीय इन्टरनेटको पहुँच बढाउँदै लानु पर्दछ । अनलाइन शिक्षा अपरिहार्य भएकोले सबैको पहुँचमा पुऱ्याउन सरकारले जोड दिनैपर्छ । अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीहरुका लागि कक्षाको अडियो, भिडियोको रेकर्ड सुन्ने व्यवस्था गर्नुपर्दछ । हुन पनि कोरोना भाइरससँग जुध्नको लागि सूचना प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने देखिन्छ । विद्यालय बन्द भए पनि पठनपाठन बन्द हुनु हुँदैन । यसको लागि सहरका विद्यार्थीहरुलाई अनलाइनबाट शिक्षा दिन सकिन्छ भने दूरदराजका विद्यार्थीहरुलाई सरकारले श्रव्यदृश्य तथा दूरशिक्षाबाट भए पनि शिक्षा दिन जरुरी छ ।

अब प्रविधिको माध्यमबाट शैक्षिक सँस्थामा पठनपाठन सञ्चालन गर्नुपर्दछ । त्यसैले विद्यालय, शिक्षक एवं विद्यार्थीको समेत प्रविधिमा पहुँच बढाउन जरुरी छ । देशभरका विद्यायलमा इन्टरनेट सुविधा पुऱ्याउन नसकेको वर्तमान अवस्थामा रेडियो, स्थानीय एफएम, टेलिभिजन लगायतका वैकल्पिक माध्यमबाट भएपनि शिक्षा दिनुपर्छ । चीनका विद्यालयहरु धेरै पछि खुल्दासमेत संक्रमण रोक्न कक्षाकोठामा पनि सामाजिक दूरी कायम गरी पढाइएकोले हामी त्यसरी पढाउन समर्थ छौं ? विचार गर्न जरुरी छ । सयौं विद्यार्थीहरुलाई एउटै कक्षाकोठामा राखी पढाउनुपर्ने हाम्रो जस्तो देशमा के सामाजिक दूरी कायम गरी प्रत्यक्ष पठनपाठन गराउन सहज छ त ? त्यसैले नियमित कक्षा सुरु हुन अझै समय लाग्ने भएकोले अनलाइन शिक्षामा जोड दिन जरुरी छ । अहिलेकै अवस्थामा पूर्ण रुपमा अनलाइन शिक्षा दिन नसके पनि सुरुवात गर्नैपर्ने देखिन्छ । यो नै हाम्रो लागि चुनौतिको साथसाथै सुनौलो अवसर पनि हो ।

नियमित कक्षा सुरु हुन अझै समय लाग्ने भएकोले अनलाइन शिक्षामा जोड दिन जरुरी छ । शिक्षालाई अनलाइनमा रुपान्तरण गर्ने यो राम्रो अवसर पनि हो । लकडाउनबाट शिक्षा क्षेत्रमा परेको प्रभावबाट विद्यार्थीलाई केही हदसम्म राहत दिन पनि अनलाइन कक्षाको सुरुवात गर्नैपर्दछ ।

आम शिक्षकहरुलाई प्रविधिमैत्री बनाई शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । यसले प्रभावित भइरहेको शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउँछ । लकडाउन कहिले खुल्छ ? खुलेपछि पनि जनजीवन सहज बन्न कति समय लाग्छ निश्चित छैन । विश्व स्वास्थ्य संगठनले खोप नबनेसम्म यो संक्रमणबाट विश्व मुक्त हुन नसक्ने बताइरहेको समयमा शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्छ । अब विद्यार्थीहरुलाई व्यस्त बनाउन अनलाइन कक्षा सञ्चालन गरी अनलाइन कक्षाको आधार बनाउन सकिन्छ । ‘नहुनु मामा भन्दा … मामा जाति’ भनेझै शैक्षिक क्रियाकलाप बन्द हुनु भन्दा अनलाइन माध्यमबाट शिक्षण सिकाइ हुनु राम्रो हो ।

वास्तवमै शिक्षालाई अनलाइनमा रुपान्तरण गर्ने यो राम्रो अवसर पनि हो । लकडाउनबाट शिक्षा क्षेत्रमा परेको प्रभावबाट विद्यार्थीलाई केही हदसम्म राहत दिन पनि अनलाइन कक्षाको सुरुवात गर्नैपर्दछ । अहिले विद्यार्थी जम्मा गरेर पढाउन नसकिने अवस्था भएकोले अनलाइन विधिमार्फत पढाउनुपर्दछ । स्मार्टफोनको बढ्दो प्रयोग तथा मोबाइल इन्टरनेटको प्रयोग र पहुँचमा व्यापक सुधार गरी अनलाइन शिक्षा दिनुपर्दछ । सक्नेसँग छँदैछ नसक्नेलाई सरकारले उपलव्ध गराइदिएर भए पनि शिक्षा दिनु जरुरी छ । हुन पनि प्रत्यक्ष पढाइ हुने तथा गृहकार्य समेत दिइने हुँदा अन्य विकल्प भन्दा अनलाइन शिक्षा विश्वभर नै प्रभावकारी देखिएको छ । अहिलेको अवस्थामा पूर्ण रुपमा अनलाइन शिक्षा दिन नसकिए पनि सुरु गनुपर्दछ ।

सूचना प्रविधिको पहुँच विभिन्न तहसम्म विस्तार गरिसकेका देशहरुले अनलाइन शिक्षा चलाएर शैक्षिक क्षेत्रलाई व्यवस्थित गरिसकेका छन् । चीन, भारत, भुटान, पाकिस्तान, युगान्डा लगायतका देशहरुले अनलाइन कक्षा सुरु गरिसक्दा हामी भने अल्झिरहेका छौँ । भौतिक शिक्षण प्रणालीबाट अनलाइन शिक्षण प्रणालीमा परिवर्तन गर्दा जटिलता बढी हुन्छ तर सम्भावना पनि हेर्नुपर्दछ । यसले विद्यार्थीहरुलाई वैकल्पिक रुपमा नै भए पनि सक्रिय पार्दछ । अनलाइन शिक्षा महामारीसँगै आएको बाध्यता हो अब रहर बन्नुपर्दछ ।