फेरि किन चाहियो संस्कृत भाषा ?

फेरि किन चाहियो संस्कृत भाषा ?


■ बबिता बस्नेत

२०४६ सालको प्रजातन्त्रसँगै पाठ्यक्रमबाट हटाइएको संस्कृत शिक्षा फेरि लागु गर्नका लागि आधारभूत तहको पाठ्यक्रम निर्माण गरिएको छ । सरकारको यो कार्यले करिव ३० वर्षपछि संस्कृत भाषाले पुनर्जीवन पाउने आशा जागेको छ ।

तथापि, आधारभूत शिक्षाका लागि यसलाई अनिवार्य भने गरिएको छैन । अध्यापन गराउन चाहने विद्यालयहरूले मुलुकमा रहेका १२९ वटा मातृभाषा, कला, संस्कृति, इतिहास, भूगोल, संस्कृत वा अन्य कुनै पनि विषय छानेर पढाउन सक्ने छन् । १२९ भाषा मध्ये २६ मातृभाषाको पाठ्यक्रम बनेकोमा संस्कृतलाई पनि एउटा भाषाको रूपमा समावेश गरी नमूना पाठ्यक्रम बनाइएको छ । संस्कृत भाषाको पुनरागमनलाई लिएर कतिले ‘यो केका लागि ?’ भनी प्रश्न उठाएका छन् भने कतिले संस्कृत जस्तो सभ्रान्त र प्राचीन भाषालाई पुनर्जीवित गराएकोमा खुशी ब्यक्त गरेका छन् ।

संस्कृत भाषा ध्वनी र उच्चारणसँग सम्बन्धित छ । संस्कृतको उच्चारण गर्दा सबै मांसपेशीको अभ्यास हुन्छ भनिन्छ । ‘ओम’लगायतका शब्दहरू यसका उदाहरण हुन् । संस्कृतमा शब्दसँगै ध्वनी महत्वपूर्ण छ । संस्कृतमा बोल्दा ४९ प्रकारका ध्वनी प्रवाह हुन्छ, जसले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ भन्ने छ । रोचक कुरा के छ भने संस्कृतमा लेखिएको शास्त्र वेदमा ब्रम्हाण्डको ध्वनीका बारेमा उल्लेख गरिएको छ । यता अन्तरिक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नासाले ब्रम्हाण्डको ध्वनी पत्ता लगाई थप अध्ययन गर्दैछ ।

यसको अर्थ प्राचीन ऋषिमुनीहरूलाई ब्रम्हाण्डको ध्वनीका बारेमा थाहा थियो भन्ने हो । संस्कृत भाषा र ब्रम्हाण्डको ध्वनीबीचको अन्तरसम्बन्धलाई बुझ्ने वैज्ञानिक प्रयास जारी छ । अन्तरिक्षमा कुनै पनि सन्देश पठाउनका लागि सबैभन्दा उपयोगी भाषा संस्कृतलाई मानिएको छ । अन्तरिक्षमा अरु कुनै पनि भाषामा सन्देश पठाउँदा उल्टो भएर पुग्ने गरेको पाइएको जसका कारण कति कुरा बुझ्नै नसकिएको र कतिको अर्थ फरक परेको तर संस्कृत भाषामा सन्देश पठाउँदा जस्ताको तस्तै पुगेको वैज्ञानिकहरूको भनाई छ । उल्टो हुँदा पनि संस्कृत शब्दको अर्थमा फरक नपर्ने भएकाले संस्कृत सफल भएको हो ।

अन्तरिक्षमा कुनै पनि सन्देश पठाउनका लागि सबैभन्दा उपयोगी भाषा संस्कृतलाई मानिएको छ । अन्तरिक्षमा अरु कुनै पनि भाषामा सन्देश पठाउँदा उल्टो भएर पुग्ने गरेको पाइएको जसका कारण कति कुरा बुझ्नै नसकिएको र कतिको अर्थ फरक परेको तर संस्कृत भाषामा सन्देश पठाउँदा जस्ताको तस्तै पुगेको वैज्ञानिकहरूको भनाई छ ।

नासाको रिसर्चको आधारमा अन्तरिक्ष तथा अन्य खोज अनुसन्धानका लागि संस्कृतमा आधारित कम्प्युटर निर्माण हुँदैछ जुन सन् २०३४ सम्ममा पूरा हुने लक्ष्य लिइएको छ । संस्कृतमा सबैभन्दा थोरै शब्दमा वाक्य बन्ने भएकाले पनि यो सहज हुने वैज्ञानिकहरूको धारणा छ । यसरी संस्कृत प्राचीन मात्र होइन वैज्ञानिक भाषा पनि बन्न पुगेको छ ।

विश्वमा ४० देशका २ सय ५४ विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ । जर्मनीमा संस्कृत पढाइ हुने १४ वटा विश्वविद्यालयहरू छन्, जहाँ ३४ देशका विद्यार्थी अध्ययन गर्छन् । पछिल्लो समय बेलायत र आयरल्याण्डका केही विद्यालयहरूमा संस्कृतलाई अनिवार्य गरिएको छ । जर्मनीमा राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सको नाम नै लुफ्थान्सा रहेको छ, जुन संस्कृत शब्द हो । हिटलर आफूलाई आर्य ठान्ने भएकाले आर्य–संस्कृति र संस्कृत भाषाप्रति उनको अगाध प्रेम थियो । हिटलरलाई शास्त्रमा भएका कुराहरू सही हुन्छन् भन्ने विश्वास थियो भनिन्छ । शास्त्रहरू संस्कृतमा हुने भएकाले उनले शास्त्र बुझ्नका लागि संस्कृतको ज्ञान अपरिहार्य ठानेका थिए ।

भारतीय विद्वान् राजीव दीक्षितका अनुसार चिकित्सा शास्त्रका विद्वान् चरक महाऋषिको नामबाट जर्मनीमा चिकित्सा विभागको नाम नै चर्कोलोजी राखिएको छ । जर्मनीपछि भारतले संस्कृतमा लगानी गरेको छ । नेपाली, अंग्रेजीमा जस्तो सीमित शब्द नभई संस्कृतमा शब्दहरूको असीमित भण्डार छ । संस्कृतका विद्वान्हरूका अनुसार, ‘संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भइसकेको छ । भविष्यमा संस्कृत कम्प्युटरको भाषा बनेपछि अझ बढि शब्दहरू प्रयोग हुनेछन् ।’ अनन्त शब्द भण्डार भएको संस्कृत सबैभन्दा कम शब्दमा सबैभन्दा बढि कुरा ब्यक्त गर्न सकिने भाषा हो । उदाहरणका लागि ‘अहं ब्रम्हास्मी’ यति छोटो शब्दले ब्यक्तिदेखि ब्रम्हाण्ड सम्म समेट्छ ।

कैयौँ अंग्रेजी शब्दहरू दुई वटा अर्थ दिने छन्, जसलाई कम्प्युटरले कुन अर्थमा भनिएको हो भनेर बुझ्न र उल्था गर्न सक्दैन । तर संस्कृतमा शब्दको अनन्त भण्डार छ, एउटा शब्दको एउटा मात्रै अर्थ हुन्छ । त्यसैले कम्प्युटरमा संस्कृत भाषाको महत्व भविष्यमा धेरै हुनेछ ।

संस्कृतले मानिसलाई मात्र होइन ब्रम्हाण्डलाई एकर्कामा जोड्ने काम गर्छ । सुष्मा स्वराजले ‘संस्कृतका विद्वान्हरू पृथ्वीलाई परिवार मान्छन्, अंग्रेजी बोल्नेले विश्वलाई बजार मान्छन्’ भनेकी छन् । परिवारमा आफ्नोपन हुन्छ र बजारमा ब्यापार हुन्छ । विश्व विभाजित र मानिस आफैमा सीमित भइरहेका बेला संस्कृतको महत्व एकार्कालाई जोड्नुमा पनि छ । ‘बसुधैव कुटुम्बकम’को अर्थ नै यो पृथ्वी, यो संसार एउटै परिवार भन्ने हो । संस्कृत ब्याकरणका प्रवर्तक महाऋषि पाणिनी हुन्, जसले हजारौँ वर्षअघि सूत्र निर्माण गरे । यस्तो सूत्र जसमा कहिल्यै परिवर्तन आएन । विश्वको कुनै पनि भाषा परिवर्तन भइरहन्छ तर संस्कृत भाषा शुरुमा जे थियो अहिले पनि त्यही हो, अलिकति पनि परिवर्तन भएको छैन । हजारौँ वर्षअघि वेदब्यासले बोलेको, लेखेको संस्कृत र हामीले बोल्ने, लेख्ने संस्कृत एउटै हो । तर दुई सय पैंतालिस वर्षअघि पृथ्वीनारायण शाहले बोलेको, लेखेको नेपाली र अहिलेको नेपालीमा परिवर्तन आइसकेको छ ।

विभिन्न सोध तथा अनुसन्धानका अनुसार नेपाली, हिन्दी, मराठी, फ्रेन्च, जर्मनलगायत विश्वमा ५६ भाषाहरू संस्कृतमा आधारित छन् । इन्डोनेशियामा ब्यक्तिदेखि टापुहरूको नामसम्म संस्कृतमा राखिएको छ । सुकार्नो, महापुत्र, देवी, अनि, अदि, आदित्य, बुदी, पुत्री लगायतका नामहरू इन्डोनेशियामा हाम्रो राम, श्याम, सीता भनेझैं साझा नाम हुन् । कतिपय मुस्लिम धर्मावलम्बीहरूले पनि त्यहाँ संस्कृत नाम राख्ने चलन छ । यो पङ्क्तिकारका केही इन्डोनेशियन साथीहरू मुस्लिम धर्म मान्छन् तर नामचाहिँ संस्कृत छन् । सुमात्रा टापु संस्कृत नाम हो ।

यस्तै, थाइलेण्डमा संस्कृत नामबाट धेरै ठाउँका नाम राखिएको छ । सूवर्णभूमि एयरपोर्ट नै संस्कृत नाम हो । थाइलेण्डमा राजपरिवारका सदस्यहरूको नाम प्रायः संस्कृतबाटै राख्ने गरिएको छ । संस्कृत ब्याकरणका सूत्राधार महाऋषि पाणिनीको जन्मस्थलका बारेमा फरक–फरक धारणाहरू पाइए पनि उहाँले नेपालको अर्घाखाँचीमा तपस्या गर्नुभएको थियो भन्ने छ । अर्घाखाँचीमा पाणिनी तपोभूमि भन्ने ठाउँ छ जसलाई अहिले पर्यटकीय स्थल बनाउनका लागि विभिन्न प्रयास भइरहेका छन । पाणिनी तपोभूमिलाई आधार मानेर विगतमा गाविसको नाम नै पणेना गाविस राखिएको थियो । अहिले गाउँपालिकाको नाम नै पाणिनी छ । नेपाल धेरै ऋषिमुनीहरूले तपस्या गरेको तपोभूमि हो भन्ने त दोहोऱ्याइरहनै पर्दैन ।

संस्कृतलाई ब्राम्हणकै भाषामा सीमित राख्न चाहनेहरूको ठूलो जमात यो क्षेत्रमा छ जसले संस्कृतलाई सीमित बनाउन अहिलेसम्म योगदान गऱ्यो । संकुचित घेराबाट माथि उठेर ब्यापक दृष्किोण राख्ने नेतृत्व संस्कृत विद्यालय र विश्वविद्यालयहरूलाई चाहिएको छ ।

नेपालमा संस्कृत किन आवश्यक छ त ? यो विषयमा हामीले ब्यापक बहस, छलफल गरेर सरकारले ऐच्छिक राखेको संस्कृतलाई मुलुकका ७ सय ५३ वटै स्थानीय तहले अनिवार्य शिक्षाको रूपमा लागु गर्दा राम्रो हुन्छ । कतिले यसलाई बाहुनको भाषा हामीले किन पढ्ने ? भन्ने तर्क पनि गर्ने गरेका छन्, तर संस्कृतलाई ब्राम्हणको भाषा भन्ने बुझाइका कारण नै हामी पछि परेका हौँ । यो बुझाइले गर्दा विगतमा ब्राह्मण बाहेक अरुले संस्कृत पढेनन्, पढ्न पाएनन् जसका कारण संस्कृतमा के छ थाहै भएन । वास्तवमा संस्कृतलाई कर्मकाण्डी भाषाको रूपमा मात्र हेरियो भने त्यो गलत हुनेछ । कर्मकाण्ड चल्दै रहोस् आपत्ति भएन, तर भविष्यमा विश्वसामु विद्वता प्रमाणित गर्नका लागि पनि हामीलाई अब संस्कृतको अध्ययन गर्न जरुरी छ ।

निकट भविष्यमै आउन लागेको ‘टकिङ कम्प्युटर’ (बोल्ने कम्प्युटर) को भाषा संस्कृत हुने निश्चित छ । ब्यक्तिले जे बोल्यो कम्प्युटरले त्यो टिप्नुपर्ने हुन्छ । अंग्रेजीलगायत विश्वका अनेक भाषामा यसको प्रयोग हुँदा संस्कृतभन्दा उपयुक्त भाषा अर्को भेटिएन । अंग्रेजीमा कतिपय शब्दहरू दुइ अर्थ लाग्ने खालका छन् । उदाहरणका लागि नो भन्यो भने ‘होइन या छैन’ भन्ने मात्र हुँदैन ‘थाहा छ’ भन्ने पनि हुन्छ । फेयर, लिड, मिनट, डेजर्ट, प्रोजेक्ट, चीप लगायत कैयौँ अंग्रेजी शब्दहरू दुई वटा अर्थ दिने छन्, जसलाई कम्प्युटरले कुन अर्थमा भनिएको हो भनेर बुझ्न र उल्था गर्न सक्दैन । तर संस्कृतमा शब्दको अनन्त भण्डार छ, एउटा शब्दको एउटा मात्रै अर्थ हुन्छ । त्यसैले कम्प्युटरमा संस्कृत भाषाको महत्व भविष्यमा धेरै हुनेछ ।

नेपालमा अहिले संस्कृत अध्ययन गर्न चाहनेहरूका लागि उत्साहित वातावरण छैन । संस्कृत अध्यापन गराउनेहरू सङ्कीर्ण सोचबाट माथि उठ्न सकेको देखिँदैन । विभिन्न जातजाती सबैलाई अध्ययनका लागि आह्वान गर्दै सोहीअनुरूपको वातावरण दिनुपर्नेमा ससाना छात्रवृत्तिहरूमा अल्झिएर आफ्ना मान्छेहरूलाई ती वृत्तिमा कसरी घुसाउने भन्ने सोचबाट निर्देशित मानसिकता भएका मानिसहरूको बाहुल्यता छ । संस्कृत सम्हालेर बसेका असल विद्वान्हरू नभएका होइनन् तर नेतृत्वमा तहमा उनीहरूमध्ये कमैले अवसर पाउने गरेका छन् । संस्कृतको अध्यापन क्षेत्रमा रहेका नेतृत्वले सहज वातावरण बनाएर महत्व बुझाउन सकेका भए संस्कृत बाहुनको मात्रै भाषा हो भन्ने बुझाइ हुने नै थिएन । यो क्षेत्र सम्हालेर बसेकामध्ये कतिपय ब्यक्तित्वहरू आफू र आफूवरपरका बाहेक अरुले पनि जानुन्, बुझुन्, विद्वान् होउन् भन्ने मान्यता राख्दैनन् । संस्कृतलाई ब्राम्हणकै भाषामा सीमित राख्न चाहनेहरूको ठूलो जमात यो क्षेत्रमा छ जसले संस्कृतलाई सीमित बनाउन अहिलेसम्म योगदान गऱ्यो । संकुचित घेराबाट माथि उठेर ब्यापक दृष्किोण राख्ने नेतृत्व संस्कृत विद्यालय र विश्वविद्यालयहरूलाई चाहिएको छ ।

वैज्ञानिक बनेर नासामा खोज–अनुसन्धान गर्नेका लागि संस्कृत अनिवार्य हुने अवस्था आउँदा कुनै पनि जात, वर्ग, लिङ्ग, धर्म, समुदायका हाम्रा सन्ततीहरूले उक्त अवसरबाट वञ्चित हुन मिल्दैन ।

निधन हुनुभन्दा केही वर्षअघि सुष्मा स्वराजले भारतमा एउटा सभालाई सम्बोधन गर्दै भनेकी थिइन्– ‘भविष्यमा यस्तो नहोस् कि जसलाई कम्प्युटर आउँछ उसलाई संस्कृत आउँदैन, जसलाई संस्कृत आउँछ उसलाई कम्प्युटर आउँदैन ।’ हो, यो अवस्था आउन नदिनका लागि नेपालमा बालबालिकालाई अहिलेदेखि नै संस्कृत शिक्षा दिनु आवश्यक छ । सानैमा सिक्न सजिलो पनि हुन्छ । हामीमध्ये धेरै त्यस्तो अवसरबाट वञ्चित भयौँ, अबका सन्ततीले संस्कृत अध्ययन गर्ने अवसरबाट बन्चित हुनु नपरोस् । नेपालमा विभिन्न जातजाती, भाषाभाषी, महिला, दलित, पछाडि पारिएका वर्ग, दृष्टिविहीन सबैका लागि संस्कृतको महत्व बराबरी छ । यो ब्राम्हणलाई मात्र आवश्यक पर्ने भाषा होइन ।

वेददेखि गीता हुँदै अष्टबक्र गीतासम्म हाम्रा शास्त्रहरू समृद्ध छन् । तिनमा लेखिएका कैयन कुराहरू अहिले जस्ताको तस्तै मेल खाइरहेका छन् । विगतमा लेखिएका शास्त्र बुझ्नका लागि मात्र नभइ भविष्यमा कम्प्युटरमैत्री हुनका लागि सम्म संस्कृत महत्वपूर्ण मानिएको छ । वैज्ञानिक बनेर नासामा खोज–अनुसन्धान गर्नेका लागि संस्कृत अनिवार्य हुने अवस्था आउँदा कुनै पनि जात, वर्ग, लिङ्ग, धर्म, समुदायका हाम्रा सन्ततीहरूले उक्त अवसरबाट वञ्चित हुन मिल्दैन । त्यसैले संस्कृत शिक्षा शुरुमा अनिवार्य र पछि ऐच्छिक गर्नु राम्रो हुनेछ । अहिले जसरी अंग्रेजीवालालाई विश्वब्यापी अवसर प्राप्त हुने ठानेर पनि हामी सबैले अंग्रेजीलाई मुख्य विषय मानेर अध्ययन गर्दैनौँ, संस्कृतमा पनि यही कुरा लागु हुनेछ । इच्छा हुनेले यसमा अध्ययन अघि बढाउँछन्, नहुनेले बढाउँदैनन् । तर आधारभुत जानकारीका लागि प्राथमिक तहमा अनिवार्य गर्न सकियो भने बालबालिकालाई सिक्न सहज हुनेछ । सर्वे भवन्तु सुखिनः ।