कञ्चनलाई बेलायतमा सम्मान, बढाइन् नेपालीको शान

कञ्चनलाई बेलायतमा सम्मान, बढाइन् नेपालीको शान


राजन घिमिरे

प्रवासमा रहेकी एक नेपाली चेलीले समग्र नेपाल र नेपालीहरूको शान बढाएकी छिन् । अमेरिका रहँदै आएकी नेपाली चेली कञ्चन अमात्यले बेलायतमा शाही सम्मानको साथ मानवता सेवा पुरस्कार प्राप्त गरेकी छिन् ।

अमात्यलाई बेलायती शाही परिवारद्वारा मानवता र सामाजिक क्षेत्रमा सक्रियताका साथ उलिलेखनीय कार्य गरेको भन्दै उक्त सम्मान गरिएको हो । यो सम्मानलाई बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान र उच्च पुरस्कारको रूपमा लिइने गरिन्छ ।

यो पुरस्कारका लागि अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूको छनौटमा परेकी थिइन् । उत्कृष्ट २० मा पर्नेहरूले विभिन्न क्षेत्रमा नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने मामिलामा आफ्नो क्षमता प्रदर्शन गरेका जानकारी दिइएको छ ।

कञ्चन अमात्य यो सम्मान पाउने पहिलो नेपाली युवा हुन् । ललितपुर स्थायी घर भएकी अमात्य लामो समयदेखि अमेरिका बस्दै आएकी छिन् ।