रहेनन् अभिनेता ऋषि कपुर

रहेनन् अभिनेता ऋषि कपुर


वलिवुडका पुराना अभिनेता ऋषि कपुरले हालै उदघोष गरेका थिए– ‘मेरो आगामी फिल्म दीपिका पादुकोणको साथ हुनेछ…’

तर, उनको यो चाहना अब अधुरो हुन पुगेको छ, अर्थात् बलिवुडका ‘शो म्यान’को रूपमा प्रसिद्धि कमाएका अभिनेता/निर्माता/निर्देशक राजकपुरका छोरा लोकप्रिय अभिनेता ऋषि कपुर अब यस दुनियाँमा रहेनन् । उनको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि क्यान्सरसँग जुझिरहेका ऋषि कपुरलाई ब्यथाले च्यापेपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनका दाजु रणधीर कपुरले बुधबार नै यसबारे जानकारी दिँदै ऋषिलाई स्वास फेर्न गाह्रो भइरहेको जनाएका थिए ।

सन् १९७३ मा ‘बबी’ फिल्मबाट सिने–करिअर शुरु गरेका ऋषि कपुरले वलिवुडलाई अनेक ‘हिट’ फिल्म दिएका छन् ।

दिवंगत कपुरका छोरा रणवीर कपुर पनि वलिवुडका स्टार हुन् भने पत्नी नीतू सिंह पनि पूर्व सिनेअभिनेतृ नै हुन् ।