भक्तपुर प्रवेश गर्ने सवारी साधनहरुको ‘सेनिटराइजेसन’

भक्तपुर प्रवेश गर्ने सवारी साधनहरुको ‘सेनिटराइजेसन’


भक्तपुर रेडक्रससँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले भक्तपुर प्रवेश गर्ने सबै सवारी साधनमा सेनिटाइजर छर्कने कार्य शुरु गरेको छ ।

गट्ठाघर र लोकन्थलीबीचमा पर्ने सडकमा प्रत्येक सवारी साधनलाई रोकेर बिहीबार (४ चैत) सेनिटराइज गर्ने काम गरिएको थियो ।

एक लिटर सोडियम हाइपोक्लोराइटमा पाँच लिटर पानी मिसाएर तयार गरिएको सेनिटाइजर छर्किएपछि सवारी साधन र सवारी चालक कुनै पनि खतर्नाक जीवाणुबाट मुक्त हुने सो कार्यमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए ।

काठमाडौंको पेप्सिकोलास्थित सनसिटीमा कोरोना भाइरसबाट संक्रमित सम्भावित व्यक्तिहरु रहेको भनी नमूना परीक्षण गरिएको सन्दर्भपछि काठमाडौं महानगरपालिकाले भक्तपुर रेडक्रससँगको सहकार्यमा सवारी साधन एवम् सवारीचालकलाई सेनिटराइजेसन गर्ने कार्य शुरु गरेको हो ।

 

तस्बिर : प्रवीण श्रेष्ठ