टोरोन्टो वर्ल्ड मास्टर एथलेटिक्स स्थगित

टोरोन्टो वर्ल्ड मास्टर एथलेटिक्स स्थगित


क्यानडाको टोरोन्टोमा आयोजना हुने वर्ल्ड मास्टर एथलेटिक्स टोरोन्टो २०२० स्थगित भएको छ ।

विश्वमा माहामारीको रुपमा रहेको कोरोना (कोभिड–१९) का कारण आगामी जुलाई २० देखि अगष्ट १, २०२० मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको आयोजक कमिटीले जानकारी गराएको नेपाल मास्टर्स एथलिट एसोसियशनका महासचिव भैरव शाहीले जानकारी गराए ।

खेलभन्दा पनि खेलाडी, कर्मचारी, भोलेन्टियर्स, अफिसियल तथा खेलसंग सम्बन्धित अन्यको स्थास्थ्य र सुरक्षा पहिलो प्राथमिकता रहेकोले च्याम्पियनसीप हाललाई स्थगित गरिएको आयोजक कमिटीले पठाएको पत्रमा जानकारी गराइएको छ ।

च्याम्पियनसीपलाई माहामारी समाप्त भएपश्चात अर्को वर्ष संचालन गर्नेतर्फ पनि आयोजक कमिटीले विचार गरिरहेको र उक्त कुराको जानकारीपछि सूचित गरिने पनि पत्रमा जनाइएको छ ।