धादिङबेसीमा मोटरसाइकल चालकलाई प्रहरीले कुटेको भिडियो भाइरल

धादिङबेसीमा मोटरसाइकल चालकलाई प्रहरीले कुटेको भिडियो भाइरल


■ विकास रौनियार, धादिङ

धादिङको सदरमुकाम धादिङबेसीमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले एक मोटरसाइकल चालक युवामाथि लाठी बर्षाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

महिला प्रहरी सहायक निरीक्षक (असई)ले मोटरसाइकल चालकलाई लाठीले प्रहार गर्दै गरेको भिडियोमा देखिन्छ ।

उक्त घटना मंगलबार (२ वैशाख) साँझको हो । महिला असईसँगै रहेका छन्, अरु दुई प्रहरी । मोटरसाइकल रोकेर ती असईले असभ्य भाषामा ‘तँ कहाँ जान लागेको, लकडाउन छ भन्ने थाहा थिएन ?’ भन्दै कटवासको लौराले कुटेको भिडियोमा देखिन्छ ।

मोटरसाइकल चालक समस्या परेर सडकमा निस्केको हो कि होइन भन्नेबारे नबुझी बल प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले भिडियोबारे आफूले भर्खरै सुनेको भन्दै भिडियो हेर्न नपाएको बताए । ‘कोही जरुरी काममा निस्केको छ भने त हामीले छाडेका छौँ, तर अनावश्यक निस्कनेलाई चाहिँ कारवाही गरिएको छ’ खड्काले भने– ‘भिडियोको वास्तविकता के हो म बुझ्छु ।’

हेर्नुहोस् भिडियो-