एक करोडबराबरको सेनिटाइजर हस्तान्तरण

एक करोडबराबरको सेनिटाइजर हस्तान्तरण


सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार (२८ चैत) मन्त्रालयमा कम्पनीका सुमीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले बाँडिने बताए । सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा कर्मालाई उनले धन्यवाद दिए ।

कम्पनीका प्रोपाइटार समेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको जानकारी दिए ।

औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारदेखि नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो । हस्तान्तरण गरिउको सेनिटाइजर करिव एक करोड रुपियाँ बराबरको रहेको दाबी गरिएको छ ।