मजदूरको चुल्हो बाल्न गजुरीमा फुड बैंक सञ्चालन

मजदूरको चुल्हो बाल्न गजुरीमा फुड बैंक सञ्चालन


विकास रौनियार, धादिङ

लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई सहयोग गर्न धादिङ जिल्लाको गजुरी गाउँपालिकाले फुड बैंक (खाध्य गोदाम) सञ्चालन गरेको छ ।

राहत वितरणमा एकरुपता ल्याउन र लकडाउन को समस्यामा परेका मजदुरहरुको चुलो बन्द हुने अवस्था आउन नदिन गजुरी गाउँपालिकाले फुड बैंक सञ्चालनमा ल्याएको हो ।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरू तथा लकडाउनका कारण खाध्यान्न अभाव भएका विभिन्न वर्गलाई सहयोग गर्नको लागि गाउँपालिकाले सहयोग गरेको छ ।

लकडाउनका कारण रोजगारी गुमाई भोकै बस्नुपर्ने विवशतामा परेका व्यक्तिलाई सहयोग गर्न फुड बैंकको स्थापना गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए ।