लकडाउनको बेला समूह बनाएर जुवातास खेल्नेहरु प्रहरी नियन्त्रणमा

लकडाउनको बेला समूह बनाएर जुवातास खेल्नेहरु प्रहरी नियन्त्रणमा


विकास रौनियार, धादिङ

जिल्लाको सदरमुकाम धादिङबेसीमा एक होटेलबाट जुवाडेहरु पक्राउ परेका छन् । धादिङबेसीको पुछारबजारस्थित एक होटलबाट ६ जना जुहाडेलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीका अनुसार उक्त होटलमा लकडाउनको समयमा जम्मा भएर जुवा खेलिरहेको सूचनाको आधारमा जुवातास खेलिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

खेल्ने र खेलाउने विरुद्ध कारवाही प्रकृया अघि बढेको प्रहरीको भनाई छ । धादिङमा जुवातास खेल्नेलाई मात्र नभइ लकडाउन उल्लंघन लगायत अन्य अपराधजन्य क्रियाकलापमा संलग्न हुने जोकोहीलाई पनि कडाईका साथ कारवाही गरिने धादिङका प्रहरी प्रमुख एस्पी रविन्द्र रेग्मीले बताउनुभयो ।