‘कोभिड-१९’बाट विश्वभरी करिव साढे चौध लाख सङ्क्रमित; ८३,४१६ को मृत्यु

‘कोभिड-१९’बाट विश्वभरी करिव साढे चौध लाख सङ्क्रमित; ८३,४१६ को मृत्यु


कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १४ लाख ४८ हजार १२३ सङक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार यस प्रकोपबाट संसारभरि ८३ हजार ४१६ को मृत्यु भएको छ ।

यस क्रममा कोरोना भाइरस संक्रमण भएर पनि यस रोगबाट ३ लाख ९ हजार १८३ जना भने निको भएका छन् । बुधबार (८ अप्रिल) साँझसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।