आईसीयुमा उपचाररत प्रधानमन्त्री जोन्सन उत्साहित अवस्थामा !

आईसीयुमा उपचाररत प्रधानमन्त्री जोन्सन उत्साहित अवस्थामा !


कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गत आइतबार (५ अप्रिल) प्रधानमन्त्री जोन्सनलाई लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताललाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । उनलाई अझै भेन्टिलेटरमा भने राखिएको छैन ।

मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको र निकै उत्साहित अवस्थामा रहेको बताएका थिए ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पिएका छन् ।