समूहमा खाना खाएका अठार प्रशिक्षार्थी चिकित्सकमा कोरोना भाइरस संक्रमण

समूहमा खाना खाएका अठार प्रशिक्षार्थी चिकित्सकमा कोरोना भाइरस संक्रमण


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

टोकियोस्थित केइयो युनिभर्सिटी हस्पिटलका १८ जना प्रशिक्षार्थी डाक्टरहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हस्पिटल प्रशासनले दिएको जानकारीअनुसार उनीहरुले कम्तीमा ४० जनाको समूहमा सँगै बसेर खाना खाएका थिए ।

हस्पिटलले समूहमा भेला नहुन आग्रह गरिरहँदा पनि उनीहरुले अटेर गरेका कारण कोरोना भाइरस संक्रमण भएको अनुमान गरिएको छ ।

संक्रमितहरु कम्तीमा ९९ जना प्रशिक्षार्थी डाक्टरहरुको प्रत्यक्ष सम्पर्कमा आएको पाइएको छ । यो घटनाप्रति केइयो युनिभर्सिटीका प्रमुख युको कितागावाले माफी समेत मागेका छन् ।

संक्रमितहरुको सम्पर्कमा आएका ९९ जना डाक्टरहरुलाई कम्तीमा दुई साता घरमै बस्नका लागि आदेश दिइएको छ ।