‘लकडाउन’पछि पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

‘लकडाउन’पछि पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘लकडाउन’पछि पहिलोपटक सचिवालय बैठक बोलाएको छ । मङ्गलबार (२५ चैत) अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ ।