लम्बियो लकडाउन, ०७७ वैशाख ३ सम्म जारी रहने

लम्बियो लकडाउन, ०७७ वैशाख ३ सम्म जारी रहने


कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारद्वारा यही चैत ११ देखि जारी गरिएको लकडाउनको अवधि पुनः थप गरिएको छ । सोमबार (चैत २४) बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधि पुनः ८ दिन थप गर्ने निर्णय गरेको हो ।

सरकारको नयाँ निर्णयअनुसार आगामी २०७७ वैशाख ३ गते सम्म लकडाउन जारी रहने छ । यसअघि गत १८ देखि २५ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको थियो ।