असहायको सहयोगार्थ अन्तर्राष्ट्रिय धादिङ समाजको अभियान

असहायको सहयोगार्थ अन्तर्राष्ट्रिय धादिङ समाजको अभियान


अन्तर्राष्ट्रिय धादिङ समाजले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण एवम् लकडाउनका कारण पीडित बन्न पुगेका असहायको लागि आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि गरेको ‘लकडाउन’का कारण धादिङका गरिब, असहाय, दैनिक ज्यालामा काम गर्ने मजदुरहरूलाई समस्या भएकाले समाजले आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेको हो ।

लकडाउनका कारण सबै रकम बैंक खातामा आइनसके पनि बिहीबारसम्म प्रतिबद्धताअनुसार ६ लाख बढी रुपैयाँ संकलन भएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ ।

सहयोग गर्न चाहने व्यक्तिले हिमालयन बैंकको ०१९००२४९७१००१८ खाता नम्बरमा रकम जम्मा गर्नसक्ने समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिएका छन् ।