श्रीलंकाका जेलबाट झण्डै तीन हजार रिहा

श्रीलंकाका जेलबाट झण्डै तीन हजार रिहा


कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कर्फ्यू लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १६६ जना संक्रमित भएका छन् भने अरु पाँच जनाको मृत्यु भइसकेको छ ।

श्रीलंकन राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत मार्च १७ देखि अहिलेसम्म जेलमुक्त हुनेमा दुई हजार ९६१ जना रहेका छन् ।

श्रीलंकाका अधिकांश कारागारमा वास्तविक क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएकाले रिहा गरेर कटौती गरिएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जाएको छ