कोभिड-१९ : विश्वभर ६४ हजार सात सयको मृत्यु, सङ्क्रमित सङ्ख्या १२ लाख नाघ्यो

कोभिड-१९ : विश्वभर ६४ हजार सात सयको मृत्यु, सङ्क्रमित सङ्ख्या १२ लाख नाघ्यो


विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको सङ्ख्या १२ लाखभन्दा ज्यादा पुगेको छ । हालसम्म ६४ हजार सात सय मानिसको कोभिड–१९ सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ ।

इटलीमा शनिबार मात्रै ६८१ ज्नाको मृत्यु भएको छ भने योसँगै कुल मृतक–सङ्ख्या त्यहाँ १५ हजार नाघेको छ ।

यस्तै, न्यूयोर्क (अमेरिका)मा बितेको २४ घण्टामा ६३० जनाको मृत्यु भएको छ । पछिल्लो आँकडाअनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या ८ हजार चार सय पुगेको छ ।

यता भारतमा कुल सङ्क्रमित सङ्ख्या तीन हजार बहत्तर रहेको र मृतक सङ्ख्या ७५ रहेको छ । भारतमा शनिबार (४ मार्च) देशभर ११ हजार एक सय बयासी जनाको नमूना टेष्ट भएको थियो, जसमध्ये ३२४ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको बताइएको छ ।