ज्वालामुखीमा अवैध काठसहित ट्रक प्रहरीको नियन्त्रणमा

ज्वालामुखीमा अवैध काठसहित ट्रक प्रहरीको नियन्त्रणमा


■ विकास रौनियार, धादिङ

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सिंगो देश नै ‘लकडाउन’ गरेको छ । तर, यस्तो संकटको मौका छोपेर अवैध धन्दा गर्नेहरु सल्बलाएका पनि भेटिएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिकामा अवैध सालको काठ लोड गरिएको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ज्वालामुखी गाउँपालिका वडा नं. १ को मैदी र खरीको सीमानामा रहेको ढल्पु सामुदायिक वनबाट ल्याईंदै गरेको सालको काठ र ट्रक बरामद गरेको प्रहरीले जनाएको छ ।

चिरान गरेका ३७ थान (६०.७३ क्यूफिट) सालको काठ र बा. ४ ख १७२७ नम्बरको स्वराज कम्पनीको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि काठ ओसारपसारमा संग्लन व्यक्ति र ट्रकका चालक एवम् ट्रकधनी फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले बताए ।