भारतबाट फर्किएलगत्तै उच्च ज्वरो, उपचारको क्रममा मृत्यु

भारतबाट फर्किएलगत्तै उच्च ज्वरो, उपचारको क्रममा मृत्यु


■ विकास रौनियार, धादिङ

विदेशबाट फर्किएलगत्तै बिरामी परेर पाटन अस्पतालमा उपचार गराइरहेका धादिङका एक युवकको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयुमा उपचार भइरहेको भारतीय सेनामा कार्यरत धादिङका एक युवकको सोमबार (१७ चैत) मृत्यु भएको हो ।

मृतक युवा यही चैत १४ गते भारतबाट स्वदेश फर्किएका थिए । नेपाल फर्किएलगत्तै बिरामी भएका उनलाई उच्च ज्वरो आएकाले उपचारका लागि आइतबार दिउँसो पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार उच्च ज्वरो देखिएका उनका शरीरका भित्री अंगहरुले एकसाथ काम गर्न छाडेपछि मृत्यु भएको हो । उनको मृत्यु कोरोना भाइरस संक्रमणका कारणले नभएको पाटन अस्पताल सुत्रले दाबी गरेको छ ।