लकडाउनको चपेटामा परेका गरिब परिवारलाई राहत वितरण

लकडाउनको चपेटामा परेका गरिब परिवारलाई राहत वितरण


■ सनिउल्ला धोबी, कपिलवस्तु

नेपाल सरकारले लागु गरेको लकडाउनको चपेटामा परेका कपिलवस्तुका गरिब घरपरिवारलाई राहत वितरण गरिएको छ । लकडाउनको अवस्थामा खाद्यान्न अभाव भएका कपिलवस्तुका करिब चार सय परिवारलाई राहत वितरण गरिएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका युवा व्यवसायीहरु र किमाम फाउन्डेशन नेपालले राहत सामाग्री वितरण गरेका हुन् । किमाम फाउण्न्डेशन नेपालले ४ लाख ५० हजार बराबराको राहत प्याकेट जिल्लाका विभिन्न स्थानमा वितरण गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र कृष्णनगर नगरपालिकाको करिव ४ सय गरिब घरपरिवारलाई राहत वितरण गरिएको किमाम फाउण्डेशन नेपाल कपिलवस्तुका प्रतिनिधि मुजीब खानले जानकारी दिए ।

किमाम फाउण्डेशनले २५ किलोग्राम चामल, ५ किलोग्राम दाल, तेल ३ लिटर, आलु ५ किलोग्राम, साबुन, सर्फलगायतका सामाग्री वितरण गरेको छ ।

त्यस्तै लक डाउनको छैठौं दिन चन्द्रौटाका युवाहरुले गरिब तथा निम्न आय भएका शिवराजका १२ घर परिवारलाई युवाहरुले राहत वितरण गरेका छन् । चन्द्रौटामा रहेको जय माँ लक्ष्मी ट्रेडर्सका व्यवस्थापक तथा नेपाली कांग्रेस महासमिति सदस्य विजय जयसवाल, लक्ष्मी ट्रडर्स तथा ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमाल र युवा प्रकाश चौधरीले संयुक्त रुपमा खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

शिवराज नगरपालिकाको वड नं। ५ को उत्तर रहतकोलमा ४, पूर्व रहतकोलमा ४, दक्षिण रहतकोलमा ४ र भलुही गाउँमा ४ गरी १२ घरलाई चामल, दाल, नुन, तेल, मसला, आलु, सोयाविन र साबुन वितरण गरिएको छ ।