‘कोभिड-१९’का कारण लण्डनमा ज्यान गुमाउने बाबुछोरीको मुल थलो कहाँ ?

‘कोभिड-१९’का कारण लण्डनमा ज्यान गुमाउने बाबुछोरीको मुल थलो कहाँ ?


लन्डन हिथ्रो विमानस्थलमा सेवा गर्दै आएका एक अध्यागमन अधिकारी र लण्डनमै एक अस्पतालमा फर्मासिस्ट दर्जामा काम गर्दै आएकी उनकी छोरीको कोरोना भाइरसबाट २४ घण्टाको अन्तरलामा मृत्यु भएको छ।

हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा शर्माको कोरोना भाइरसबाट एक दिनको फरकमा ज्यान गएको हो ।

हिथ्रोको टर्मिनल-३ मा कार्यरत शर्माको गत बुधबार (२५ मार्च) र फर्मासिस्ट छोरी पूजाको बिहीबार निधन भएको थियो । शर्मा हिथ्रो विमानस्थलमा मिलनसार र सर्वप्रिय अध्यागमन अधिकारीका रुपमा परिचित थिए ।

गत जनवरी पहिलो सातदेखि हिथ्रो विमानस्थलमा काम थालेका शर्मालाई कोरोना भाइरस कहाँबाट लाग्यो भने पुष्टि भएको छैन । दुःखको कुरा यो रह्यो कि जीवीत रहँदा सबैका जति नै प्रिय रहे पनि शर्माको अन्त्येष्टिमा कोही पनि मलामी जान मानेनन् । पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगका पनि पीडित भएको बताइएको छ।

कोरोना भाइरस संक्रमणका कारण बेलायतको स्थिति पनि भयावह बन्दै गएको छ। बेलातको चर्चित पत्रिका द सनका अनुसार सुधीर पूजा बेलायती नागरिक नै थिए, तर उनीहरुको मुल थलो खुलाइएको छैन । स्मरणीय छ, होन्स्लो क्षेत्रमा करिव तीन हजार नेपाली परिवार बसोबास गर्दै आएका छन् ।