कोरोना :  पूर्वीयता र एसियाली सम्भाव्यता

कोरोना :  पूर्वीयता र एसियाली सम्भाव्यता


■ धीरज निष्पक्ष

भनिन्छ, जति पनि विकास, प्रविधि र मानवसभ्यताको आवरण देखिन्छन् ती सबैको मुहान पूर्वीय सभ्यता नै हो । यो भनिएको मात्रै होइन, तथ्य र प्रमाणिकताले त्यतैतिर डोऱ्याउँछ । धर्म, शिक्षा, कला, संस्कृति, भाषालगायत विज्ञान–प्रविधिको हिसाबले पूर्वीय सभ्यता जहिल्यै अगाडि छ । बस्, अहिले पछाडि देखिए पनि उहिले अगाडि नै थियो । फेरि यो पुनःस्थापित हुने दौडमा निस्किसकेको छ ।

विश्वको पहिलो तक्षशीला विश्वविद्यालय, संस्कृत भाषा, संस्कृति आदित्यादि नै हाम्रा प्रमाणित तथ्य हुन् । मौर्य साम्राज्य हुन् वा किराँत साम्राज्य, कुनैताका आधा संसारको स्वामी कहलिएका थिए । अझ अगाडि जानुपर्दा राजा भरतद्वारा हालको चितवनबाट पूरै दुनियाँ शासित थियो । उनकै नामबाट हाल भरतपुर महानगरपालिका नामाङ्कित हुन पुगेको छ । उनको वीरताको विरासत राख्न छिमेकी मुलुकले भारत नाम राखेको छ ।

समयको अन्तरालमा आन्तरिक तथा बाह्य शक्ति–सन्तुलनबाट वैश्विक संरचना परिवर्तन हुँदै आएको छ । मुलतः मुगल साम्राज्यको पतनसँगै पश्चिमाहरू क्षेत्रीय रूपमा रणनीतिक, सामरिक, राजनीतिक तथा कूटनीतिक हिसाबले अघि बढ्दै जाँदा अर्थतन्त्र, शिक्षातन्त्र तथा वैश्विक नेतृत्व नै उनीहरूको हातमा पुग्न गयो ।

तथापि, परिवर्तित समयले पुनः वैश्विक केन्द्र पूर्वीय भाग एवम् एसियातिर सर्दै गएको अवस्था छ । पछिल्लो कालखण्डमा ५२ वटा देशमा शासन गरेको र घाम नडुब्ने देश भनेर कहलिएको बेलायत सम्झौता गर्दै आफ्नो सामर्थ्य अमेरिकातर्फ सार्दै गयो । विशेषतः शीतयुद्धकालीन परिवेशबाट विश्व दुई कित्ताको ध्रुवमा उभिँदा सोभियत सङ्घको पतन र उअन्तर्गतका गणराज्यहरू १५–१६ टुक्रामा विभाजित हुँदा विश्व राजनीतिमा महाशक्तिको रूपमा अमेरिका उदायो । तर त्यो सामर्थ्य अब अमेरिकाले चाहेर पनि बचाएर राख्ने अवस्था छैन ।

कोरोनाले निम्त्याएको एसिया–पश्चिमा स्थिति :

कोरोना प्रकोपअघि नै विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपणले पनि सन् २०३० पछिका दशकमा विश्वसंरचना हुने किटान गर्दै एसियाली मुलुकहरू चीन, भारत, इण्डोनिशिया र जापानतर्फ त्यो सम्भाव्यता सोझ्याएको थियो । त्यस्तो हुनुको प्रमुख कारण अर्थतन्त्रमा उदीयमान चीन, भारत, इण्डोनेशिया र जापानजस्ता मुलुक तेजीसँग अगाडि बढिरहनु, वैचारिक मतमा निरन्तर पूर्वीय सभ्यताले उछिनिरहनु, प्राकृतिक तथा मानवीय श्रोत र साधन तुलनात्मक रुपमा पूर्वतिर ज्यादा हुनु इत्यादि छन् । एउटा सानो उदाहरण यतिबेला सान्दर्भिक बन्न पुगेको छ- कोरोना-प्रकोपको त्रासबीच विश्वभर पूर्वीय संस्कारको ‘नमस्कार’ स्थापित भइरहँदा पाश्चात्य संस्कृतिको ‘हात मिलाउने’ प्रचलन विस्थापित भएको छ ।

इटालीलगायत पुरै युरोप कोरोनाबाट आक्रान्त छ । इटालीमा त दैनिकजसो औषतमा लगभग ७ शय शव निस्किरहेका छन् । ती शवहरू बुझ्न आफन्त कोही नहुँदा स्थानीय नगरपालिकाले फोहर उठाउने कन्टेनरमार्फत व्यवस्थापन गरिरहेको छ । घरमा थुनिएका करोडौँ जनतामा मानसिक रोग शुरु भएको छ, भने आधारभूत उपभोग्य वस्तुसँगै इन्टरनेटले धान्न नसक्ने अवस्थामा पुगेको छ ।

अमेरिकाको केही समयअघिको मत सर्भेक्षणमा २४ प्रतिशत जनताले हिन्दू चिन्तन रोज्नु, युरोपका ऐतिहासिक चर्च तथा गिर्जाघरहरू भटाभट मन्दिरमा परिणत हुँदै जानु तथा भारत र चीनका वर्तमान शासकहरू विश्वव्यापीकरणको भूमरीबाट उम्कँदै मौलिकतातर्फ झुकाव राख्न थाल्नुले पनि केही हदसम्म पाश्चात्य समाजलाई पूर्वतर्फ फर्कन बाध्य बनाएको छ ।

सूचना प्रविधि र विज्ञानमा अग्रस्थानमा रहेको दाबी गर्ने पाश्चात्य मुलुक यतिबेला कोरोनाको सङ्क्रमण र क्षतिबाट तहसनहस हुने दिशातर्फ गइरहेको छ । सारा संसारको कुनाकाप्चामा कोरोनाले आक्रान्त बनाइरहेको बेला चीनको वुहान शहरबाट शुरु भएको कोरोनाले राजधानी बेइजिङलाई छुन सकेको छैन । चीनले आन्तरिक शक्ति प्रयोग गरी प्रकोपको न्यूनीकरण गरिसकेको छ । त्यस्तै गरी भारतले पनि जनसङ्ख्याको अनुपातका आधारमा प्रकोपलाई राम्ररी व्यवस्थापन गरेको छ । जापान तथा कोरियाले पनि कोरोनाविरुद्ध उल्लेख्य विजय हासिल गर्दै गएको छ ।

तर, पश्चिमाहरूको अनेक प्रयत्नका बाबजुद कोरोनासँग निरीह हुनुपरिरहेको छ । अमेरिकाले भर्खरै कोरोनाविरुद्ध तयार गरेको खोप पनि असफल हुन पुगेको छ । श्रीमान् र श्रीमतीलाई परीक्षणस्वरुप लगाइएको खोपबाट श्रीमानको मृत्यु भइसकेको छ भने, श्रीमती इन्तु न चिन्तुको अवस्थाबाट मृत्युसँग जुझिरहेकी छन् ।

यतिबेला इटालीलगायत पुरै युरोप कोरोनाबाट आक्रान्त छ । इटालीमा त दैनिकजसो औषतमा लगभग ७ शय शव निस्किरहेका छन् । ती शवहरू बुझ्न आफन्त कोही नहुँदा स्थानीय नगरपालिकाले फोहर उठाउने कन्टेनरमार्फत व्यवस्थापन गरिरहेको छ । घरमा थुनिएका करोडौँ जनतामा मानसिक रोग शुरु भएको छ, भने आधारभूत उपभोग्य वस्तुसँगै इन्टरनेटले धान्न नसक्ने अवस्थामा पुगेको छ । युरोपको अर्थतन्त्र दैनिकजसो धरासयी हुँदैछ । युरोप सामान्य अवस्थाबाट माथि उठ्न २८ वर्ष लाग्ने अर्थ–विश्लेषकहरूले अनुमान गरिरहेका छन् ।

ध्यान रहोस्, यो पङ्क्तिकारले यी सबै घटना प्रसङ्गगत रूपमा उल्लेख गरेको मात्रै हो । यसबाट खुशी वा दुःखी नभई निरपेक्ष रुपमा प्रस्तुत गरिएको छ । बरु मानवीयताको सापक्षतामा यी र यस्ता घटनाप्रति दुःख लागेको छ ।

कोरोनाको प्रकोपलाई अलि नजिकबाट एसियाले बुझेको पनि यसकारण मान्न सकिन्छ कि चीन, जापान तथा कोरियाले न्यून क्षतिबाट यसको व्यवस्थापन गरेको छ । हुन त अझै जोखिम बढ्दो छ । त्यस्तै चीनमाथि प्रकोपको विवरण तथा तथ्याङ्क लुकाएको सङ्गीन आरोप लागेकै छ । तथापि, उपलब्ध तथ्यले उपलब्धि भएकै देखिन्छ । अर्को ठूलो जनसङ्ख्या भएको भारतको प्रकोप नियन्त्रणको तयारीलाई चीन र विश्व स्वास्थ्य सङ्गठनसमेत उच्च प्रशंसा गरेको छ ।

चीनबाट शुरु भएको महामारीको आज युरोप र अमेरिकी देशहरूमा केन्द्रविन्दु बनिरहेका छन् । र, उनीहरू चीन तथा भारतसँग सहयोगको याचना गरिरहेका छन् । पश्चिमा अझ विशेषगरी युरोपमा आर्थिक सङ्कट चुलिँदै जाँदा अबको २४–२८ वर्षपछि युरोप पूरै चीनको अधीन आउँछ भन्नु अत्युक्ति नहोला ।

यद्यपि चीनमाथिको आरोपको खण्डन गर्न विश्वमञ्चमा चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेको छ । त्यसैको पूर्तिवापत चीनले भारतको प्रशंसा गरेको एकखालको विश्लेषण पनि छ । जुन विश्लेषणलाई सुविधा प्रदान गरेको छ, भारतका लागि चीनका राजदूतले गरेको ट्वीटले । ट्वीटमा आशाका साथ भारतले अन्तर्राष्ट्रिय समुदायमा चीनको पैरवी गरोस्, भन्ने मनसायसहितको आशक्ति थियो ।

नभन्दै सी जीन पिङ्ग तथा भ्यादिमिर पुटिनदेखि लिएर डोनाल्ट ट्रम्पसम्मलाई समन्वय, सन्तुलन र विश्वासमा लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो समय सक्रियता ह्वात्तै बढेर गएको छ । सार्कदेखि जी–२० सम्मको बैठक नरेन्द्र मोदीको अग्रसरता सम्पन्न भयो । दुवै संगठनमार्फत कोरोनाविरुद्ध करिव ६ खर्ब डलरको कोष खडा गर्नेमा सहमति भएको छ ।

चीनबाट शुरु भएको महामारीको आज युरोप र अमेरिकी देशहरूमा केन्द्रविन्दु बनिरहेका छन् । र, उनीहरू चीन तथा भारतसँग सहयोगको याचना गरिरहेका छन् । पश्चिमा अझ विशेषगरी युरोपमा आर्थिक सङ्कट चुलिँदै जाँदा अबको २४–२८ वर्षपछि युरोप पूरै चीनको अधीन आउँछ भन्नु अत्युक्ति नहोला । हुन त सार्वभौमसम्पन्न मुलुकमाथि यसरी नजरअन्दाज गर्नु वाञ्छनीय नहोला, तर पनि घटनाक्रमले युरोपको आर्थिक पराधीन चीनप्रति बढ्न सक्ने सम्भावना अधिक छ भन्नुचाहिँ न्यायसंगत होला ।

पूर्वीय संस्कारमा यसकारण प्रकोप न्यूनीकरण हुनेछ

पूर्वीय संस्कारमा आफैमा एउटा अनुशासित व्यवहार हो । पूर्वीय सभ्यतामा खानपान र अन्य चालचलन एवम् विभिन्न घटनाक्रमलाई सुहाउँदो नीति प्रशस्तै छन् । वर्तमान समयमा चिकित्सकहरूले भनेबमोजिमकै हजारौँ वर्षअघिदेखि उल्लेख समय–सान्दर्भिक एक श्लोक छ– अनातुरः स्वानि खानि न स्पृशेदनिमित्ततः ।। (मनुस्मृति)

अर्थात्, स्वस्थ मान्छेले बिनाकारण नाक मुख आँँखा कानजस्ता शरीरका छिद्र नचलाउनू । त्यसैगरी, यो सभ्यताको खानपानमा आयुर्वेदको कुनै न कुनै प्रतिनिधित्व हुने नै गर्दछ । सनातन संस्कृतिले मानिसको वर्ग अनुसारको सात्विक, रजसिक वा तामसिक खान सिफारिस गरिए तापनि समग्रतामा सात्विकलाई नै प्रोत्साहन गरिएको छ । सादा, शाकाहार र साजी (ताजा) खाना खानु भन्छ । धेरै तातो, धेरै चिसो, खुला ठाउँमा पकाएको, मलमुत्र त्याग्दा र सुतेको कपडा लगाएर पकाएको, धूम्रपान (चुरोट, खैनी, गुट्का) आदि खानेले पकाएको, रक्सी र मासु–माछा खानेले पकाएको नखानु भन्छ शास्त्रमा ।

यस्तै, दुर्गन्धित, मन खिन्न भएको, रिसाहा, ननुहाएको, नङ्ग, कपाल नकाटेको व्यक्तिले पकाएको नखानु भन्ने विधान छ शास्त्रमा । परसर्दा नबार्ने, सुत्केरी हुँदा र मर्दा आशौच नबार्ने, मनलागी गर्ने र सनातन हिन्दूधर्म नमान्नेकहाँ नखानु पनि भन्छ शास्त्रमा । किनभने, उनीहरूकहाँको भोजन ग्राह्य नहुन पनि सक्छ । त्यस्तैगरी रौँ परेको, नङ्ग परेको, कपडा नफेरि पकाएको, गिद्ध, कुकुर, काग आदि मासु र बिष्टा खाने प्राणीले छोएको, बासी र भावदूषित खाना नखाने सनातन शास्त्रीय विधान छ । खाना खाने बेलामा पवित्र भई अन्नदाता भगवान् , अन्नदेवतालाई नमन गरी वलिवैश्यदेव र अग्न्यार्पणादि गरी वरिपरि जल छरेर पञ्चग्रास ग्रहण गरी नबोलिकन, भान्से र पकाएर पस्किएको भोजनको प्रशंसा गर्दै भोजन गर्नुपर्ने सनातन परम्परा छ । सुतेर नखानु, हिँड्दै नखानु, बोल्दै नखानु, काँचोकचिलै र हतारमा नचपाइकन नखानु भनेर शास्त्रमा विधि वर्णन गरिएको छ । यी सबैभित्र केलाउँदै जाँदा विज्ञान लुकेको छ ।

त्यस्तैगरी मासु खान पनि नियम लगाइएको छ-

■ जलचरहरूमा माछाबाहेक नखानु ।
■ पाँचनङ्ग्रे (बाघ, बिराला, चितुवा, सिंह आदि) नखानु ।
■ नराकार (बाँदर, ढेंडुवा आदि) नखानु ।
■ हिङ्स्रक र पुरिषपुरक (मासुखाने र दिसा पुर्ने) आदि नखानु ।
■ साथै भुइँफुट्टा चरा (कुखुरा, अष्ट्रिच आदि) नखानु ।
■ सरीसृप (छातीले घस्रिएर हिँड्ने (छेपारो, माउसुली, गोहोरोलगायतका) नखानु ।
■ उभयचर (सर्प, भ्यागुता) आदि नखानु ।

केवल मृग वर्गको तृणाहारीलाई पनि दुःख नदिई मारेर खानु भन्ने विधान छ । यो वर्गमा मृग मात्र पर्दछ । प्राचीन साहित्यमा मृगबाहेक अरूको शिकार गरेको उल्लेख पाईंदैन । घरायसी बाख्रा र भेँडाहरू यही वर्गमा पर्ने हुनाले सामान्यतया मांशाहारी हिन्दूहरूमा यही वर्गको मासु प्रचलनमा थियो ।

तसर्थ, संयमित होऔँ यद्यपि सावधानी पनि अपनाऔँ । कोरोनादेखि चनाखो होऔँ तर नआत्तिऔँ । दृढ आत्मविश्वासले पनि कोरोनालाई जित्न सकिन्छ । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाले पनि क्षितिज सूर्य कालान्तरमा नवदीप लिएर उदाउँछ भनेजस्तै एसियालाई अझ पूर्वीय सभ्यताको मूल्य–मान्यतालाई पुनःस्थापित गर्ने बिहानी त होइन ?