पेस्तोल ‘थन्क्याउँदै गर्दा’ पड्किएर प्रहरी हवल्दारको मृत्यु

पेस्तोल ‘थन्क्याउँदै गर्दा’ पड्किएर प्रहरी हवल्दारको मृत्यु


दिनभर ड्युटी निर्वाह गरेर साँझ हतियार थन्क्याउने क्रममा पेस्तोल पड्किँदा स्याङ्जाको हरिहर गाउँपालिका–२ स्थित चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत हवलदार पौडेलको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले ड्युटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जानकारी गराएका छन् भने अस्पतालका चिकित्सकले चाहिँ उनको पहिले नै मृत्यु भएको घोषणा गरेका थिए ।

मृतकको शव हाल पोखरा मणिपाल अस्पतालमै रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङको भनाई छ । घटना कसरी घट्यो भन्ने बारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच मृतक पौडेलका परिवारले घटना रहश्यमयी रहेको भन्दै छानविनको माग गरेको छ ।