कोरोना-आतङ्कका कारण घर बस्दा हात्तीको त्रास

कोरोना-आतङ्कका कारण घर बस्दा हात्तीको त्रास


सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती फुलवती धामी घाइते भएका हुन् ।

घाइते दम्पतिलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिएका राससले जनाएको छ ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई धामी दम्पतिलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन् । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ भने हात्तीले घर पूर्णरूपमा क्षति गरेको छ ।

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको स्थानीयको भनाई छ । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको कोइरालाले बताए ।