बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु

बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु


जियादी लडाकुहरूको अतिवादी समूह बोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । चाडको लेकचाड क्षेत्रमा भएको यस घटनाको पुष्टि राष्ट्रपति इडिस डेबी इट्नोले गरेका एएफपीले जनाएको छ ।

घटनास्थल क्यामरुन नाइजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाइजेरियावाट आफ्नो अभियान सुरु गरेका हुन् ।

‘आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौँ’– राष्ट्रपति इट्नोले भनेका छन् । उनका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो ।

नाइजेरियावाट बोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।