सिफारिसमा परेका तीन प्रहरी अधिकारीको एआईजी पदमा बढुवा

सिफारिसमा परेका तीन प्रहरी अधिकारीको एआईजी पदमा बढुवा


नेपाल सरकारले तीन डिआईजीलाई एआईजी पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट एआईजीमा बढुवा पाउनेहरुमा तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।

गृह–सचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको बढुवा समितिले गत फागुन १५ मा उनीहरुलाई अतिरिक्त महानिरिक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो । सो बढुवा समितिको सिफारिसको आधारमा सरकारले तारिणी लम्साललाई एक नम्बर एआईजीको रुपमा बढुवा गरेको छ ।

ज्ञातव्य छ, लम्सालकै ब्याचका ठाकुरप्रसाद ज्ञवाली २७औँ प्रहरी महानिरिक्षकका रुपमा हालै नियुक्त भई सेवारत छन् । आगामी असार २४ मा आइजिपी ज्ञवालीसँगै तारिणी लम्साल पनि अनिवार्य अवकासकासमा घर जानेछन् । त्यसपछि शैलेश थापा र हरि पालमध्ये एक जना मुलुकको २८औँ प्रहरी महानिरीक्षक बन्ने छन् ।