‘लकडाउन’ उल्लंघन गर्ने बीस जनाको सवारीचाबी प्रहरी नियन्त्रणमा

‘लकडाउन’ उल्लंघन गर्ने बीस जनाको सवारीचाबी प्रहरी नियन्त्रणमा


■ विकास रौनियार, गजुरी (धादिंग)

कोभिड–१९ को महामारी रोक्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्दै मोटरसाइकल चलाउँदै हिँडेका २० जना सवारीधनीबाट गजुरी प्रहरीले चाबी नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख इन्स्पेक्टर नेत्रप्रसाद भट्टका अनुसार सरकारको निर्देशन अवज्ञा गरेर सम्भावित महामारीप्रति खेलाँची गर्नेहरुलाई सचेत गराउन चाबी नियन्त्रिणमा लिइएको हो ।

लकडाउनका बेला पनि रमिता देखाउँदै र रमिते बन्दै हिँडेका सवारीधनीको चाबी प्रहरीले नियन्त्रणमा लिएकोमा स्थानीयवासीले प्रशंसा गरेका छन् । यसरी जान–अनजानमा लापर्वाही गर्ने थुप्रैलाई सम्झाइबुझाइ पठाएको जानकारी दिँदै इन्सपेक्टर भट्टले भने, ‘स्वास्थ्यकर्मी वा बिरामीलाई आउजाउ गर्न दिएका छौँ ।’