जापानमा कोरोना भाइरस संक्रमित संख्या १८ सय नाघ्यो

जापानमा कोरोना भाइरस संक्रमित संख्या १८ सय नाघ्यो


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति गत जनवरी १६ तारिखमा फेला परेको जापानमा ६७औँ दिनमा त्यो संख्या बढेर १८ सय नाघेको छ । अर्थात्, मार्च २३ तारिख मध्यान्हसम्ममा जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८ सय १४ पुगेको छ ।

योकोहामा तटमा डाइमण्ड प्रिन्सेस पानीजहाजबाट उद्दार गरिएका ७ सय १२ जना संक्रमितसमेत यस संख्यामा जोडिएको छ ।

यदि त्यो नजोड्ने हो भने जापानभित्रै भेटिएका संक्रमितको संख्या केवल ११ सय २ रहेको छ ।

सोमबार (१० चैत) मध्यान्हसम्ममा जापानमा कोरोना भाइरसबाट संक्रमित भएका ७ सय ६६ जना उपचारपछि भाइरस संक्रमण नदेखिएपछि घर फर्किसकेका छन् । यस अर्थमा अब अस्पतालमा उपचार गराइरहेका केवल १ हजार ४८ जना रहेका छन् ।

उपचार गराइरहेका मध्ये ६१ जनाको अवस्था भने गम्भीर रहेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै एनएचके टेलिभिजनले प्रशारण गरेको तथ्यांकअनुसार डाइमण्ड प्रिन्सेस पानीजहाजका ८ र जापानभित्रै संक्रमित पाइएका ४९ जनाको अवस्था गम्भीर रहेको छ ।