बर्मेली साहित्यकार थापाको ‘भ्रम र यथार्थ’ विमोचित

बर्मेली साहित्यकार थापाको ‘भ्रम र यथार्थ’ विमोचित


बर्मामा स्थायी बसोबास भएका नेपाली साहित्यकार कवि कथाकार तथा भाषा सेवी ज्ञानबहादुर थापा बगालेको सातौँ साहित्यिक कृति ‘भ्रम र यथार्थ’को हालै विमोचन भएको छ ।

नेपाल म्यान्मा फ्रेण्डशीप काउन्सिलद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको ‘भ्रम र यथार्थ’को विषयमा लेखक ज्ञानु अधिकारीले समीक्षात्मक मन्तव्य व्यक्त गरिन् । उनले कथाकार थापाको कथा पढ्दा कुनै फिल्म हेरेको जस्तै अनुभव भएको बताइन् ।

बर्माका साहित्यकार एवम् सर्जक ज्ञानबहादुर थापा बगालेले आफ्नो किताब नेपालबाट पनि प्रकाशित होस् भन्ने चाहेको बताउँदै यस कथा संग्रह ‘भ्रम र यथार्थ’ले आफ्नो सपना पुरा भएको बताए ।

पुस्तक प्रकाशन संस्था दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राडा लक्ष्मण गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि कृसु क्षेत्री, डा. चिन्तामणि योगी, राधेश्याम लेकाली, देवेन्द्रनाथ अधिकारी, यादव भट्टराईले बोलेका थिए ।

कार्यक्रममा बर्माबाट आएका केही साहित्यकारका सहित नेपाली साहित्यकारहरूको पनि उपस्थिति थियो ।